Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजोर्डनले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्याे

जोर्डनले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्याे


एजेन्सी । इजरायल र हमास युद्धका बीच जोर्डनले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोडेको छ ।

जोर्डनले इजरायलबाट राजदूत फिर्ता बोलाएको छ ।

जोर्डनको विदेश मन्त्रालयले यो जानकारी दिएको हो ।

इजरायलले गाजामा बमबारी नरोकेसम्म आफ्नो राजदूत तेल अवीभ नफर्किनेमन्त्रालयले जनाएको छ।

जोर्डनभन्दा पहिले बोलिभिया र चिलीले पनि इजरायलसँगको कूटनीतिक सम्बन्ध तोडेका थिए ।

जोर्डनका उपप्रधानमन्त्रीले ट्वीटरमा भने, ‘हामीले इजरायलबाट राजदूतलाई फिर्ता बोलाएका छौं। इजरायलले गाजामा युद्ध बन्द गरेपछि मात्रै हामीले हाम्रा कूटनीतिज्ञलाई तेल अभिभमा पठाउनेछौं। गाजामा इजरायली हमलामा हजारौं प्यालेस्टिनी नागरिक मारिएका छन्। यो मानवीय विपत्ति हो । यसले भावी पुस्तालाई समस्यामा पार्ने र क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT