रोबोट प्रतियोगितामा भाग लिन नेपाली विद्यार्थीको टोली जापान जाँदै

साङ्केतिक तस्वीर

ललितपुर, साउन २०। जापानको राजधानी टोकियोमा हुन लागेको एबिओ रोबोकन–२०१७ मा भाग लिन नेपालको तर्फबाट पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीको एक समूह त्यसतर्फ जान लागेको क्याम्पस प्रमुख गोकर्णबहादुर मोत्राले बताएका छन् ।

 

क्याम्पसद्वारा आज यहाँ आयोजित रोबोट सम्बन्धी अवलोकन कार्यक्रममा उनले आगामी भदौ १२ गते (अगष्ट २७) मा हुने सो प्रतियोगितामा भाग लिन विद्यार्थी, शिक्षक र कर्मचारी गरेर १८ जनाको समूह भदौं ८ गते त्यसतर्फजान लागेको बताए । उक्त प्रतियोगितामा १९ वटा देशका २० वटा समूहबीच प्रतिस्पर्धा हुने उनको भनाइ छ ।

 

जापानमा हुनलागेको सो प्रतियोगितामा जापान, चीन, थाइल्याण्ड, भियतनाम, मलेसिया, हङकङ, इरान, काजिकस्तान, फिजी, इण्डोनेसिया, भारत, नेपाल,, बंगलादेश, श्रीलंका, पाकिस्तान, कम्बोडिया, इजिप्ट, रसिया र मंगोलियाबाट आउने इञ्जिनियरिङका विद्यार्थीले तयार पारेका रोबोटको प्रदर्शन हुने जनाइएको छ । 



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 1 hour ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि