चर्चामा रोल्पाको चुनावः कसले मार्ला बाजी ? यस्तो छ अंकगणित

दाङ, कात्तिक २८ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावका कारण अहिले रोल्पा र रुकुम खुब चर्चामा छ । मंसिर १० गतेका लागि तय गरिएको रोल्पामा शनिबार र आइतबार बम विष्फोट र गोली फाइरिङले चर्चामा रहेको छ । जसले गर्दा रोल्पा र रोल्पाबाट बाम गठबन्धनका तर्फबाट प्रतिनीधिसभा सदस्यका उमेदवार बर्षमान पुन अनन्त चर्चामा रहेका छन् ।

 


सधैभरी केन्द्रीय राजनीतिमा प्रभाव पार्ने नेता बर्षमान पुन अनन्तलाई लक्षित गरी शनिबार माइट विष्फोट गराइयो भने आइतबार गोली प्रहार समेत भयो । त्यसअघि पश्चिम रुकुममा प्रतिनीधिसभा सदस्य जनाद्र्धन शर्मालाई पनि लक्षित गरी बम विष्फोट गराइएको थियो । जसले गर्दा अहिले रोल्पा र रुकुममा चर्चामा रहेका छन् ।

 

केन्द्रीय राजनीतिमा प्रभाव पार्ने नेता पुन पहिलो पटक रोल्पाबाट निर्वाचन लडीरहेका छन् । पुनसँग सामाना गर्नका लागि नेपाली काँग्रेसले सिचाई राज्य मन्त्री अमरसिंह पुनलाई अगाडि सारेको छ । यसअघि ललितपुरबाट निर्वाचित भएर पछिल्लो पटक झापाबाट पराजित भएका बर्षमान पुन यसपटक रोल्पा आएका छन् भने यसअघि समानुपातिक कोटाबाट सांसद बनेका सिचाई राज्य मन्त्री अमरसिंह पुन चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।

 

यस्तो अवस्थामा कसले बाजी मार्छ ? भनेर रोल्पामा मात्रै नभएर देशमा राम्रै चर्चा चलेको छ । सिचाई राज्य मन्त्री समेत रहेका पुन पनि रोल्पामा पहिलो पटक चुनावी मैदानमा रहेका छन् । यसअघि माओवादी एक्लै हुदा विजय हासिल गर्दै आएको थियो तर यसपटक नेकपा एमालेले पनि बर्षमान पुनलाई सहयोग गर्दैछ ।

 

तर बाम गठबन्धनका उमेदवार बर्षमान पुनले आफूलाई घोषणा गर्न मात्रै बाँकी रहेको प्रतिक्रिया दिन्छन् भने काँग्रेसको तर्फबाट उमेदवार बनेका अमरसिंह पुनले पनि आफ्नो विजयी निश्चिमत भएको बताउँदै आएका छन् । यद्यपी त्यसको हिसाव रोल्पाली जनताले मंसिर १० गतेको मा्तदान मार्फत् गर्ने छन् ।

 

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट माओवादी उमेदवार विजयी भएका थिए । क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ३४ हजार दुई सय २० मत ल्याएर विजयी भएका थिए भने क्षेत्र नम्बर १ बाट जयपुरी घर्तीले २६ हजार पाँच सय ५ मत ल्याई विजयी भएकी थिइन् । कांग्रेसका उम्मेदवारले पाएको मत करिब आधा कम थियो ।

 

२०७० को निर्वाचनमा पनि दुबै क्षेत्र माओबादी केन्द्रकै पोल्टामा परेको थियो । क्षेत्र नम्बर १ बाट माओबादी केन्द्रका नेता कृष्णबहादुर महरा विजयी भएका थिए भने क्षेत्र नम्बर २ मा निर्तमान सभामुख ओनसरी घर्ती विजयी भएकी थिइन् । दोस्रो संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनसम्म माओवादी केन्द्र र काँग्रेसको मतान्तर साँघुरिदै गएको छ । एमाले र कांग्रेसको मत बढ्दो क्रममा देखिन्छ भने माओवादीको घट्दो क्रममा । रोल्पाका १० स्थानीय तहमध्ये माओवादी केन्द्रले ७ स्थानीय तहमा जित हासिल गरेको छ ।

 

रोल्पा नगरपालिकासहित ६ गाउँपालिकामा माओवादी केन्द्र, एमाले २ र कांग्रेस १ गाउँपालिकामा विजयी भएका छन् । एक्लाएक्लै चुनावमा भाग लिदा रोल्पामा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो दल बनेका थिए । एमाले र माओवादीबीच गठबन्ध भएकोले कांग्रेस ठूलो मतान्तरले पछि पर्ने देखिन्छ ।

 

प्रदेशमा के होला ?


प्रदेशसभाका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय कुलप्रसाद केसी र दीपेन्द्रकुमार पुन उमेदवार छन् । यता काँग्रेसबाट पार्टी सचिव शेरबहादुर महरा र खगेन्द्रप्रकाश हमाल उमेदवार छन् । निर्वाचन क्षेत्र ‘क’ मा केसी र महराको प्रतिस्पर्धा हुँदैछ भने ‘ख’ मा पुन र हमालको ।

प्रतिनिधिसभामा बर्षमान र अमरसिंहसहित ८ जना उम्मेदवार छन् भने प्रदेशसभामा केसी र महरासहित ९ तथा पुन र हमालसहित ८ जना उमेदवार छन् ।

 

यस्तो छ अंकगणित


७२ वडा रहेको रोल्पामा स्थानीय तहको चुनावमा माओवादी केन्द्रले ४८, काँग्रेसले ११, एमालेले ११ र स्वतन्त्रले २ वडा जितेका छन् । माओवादीले जितेको नगर र गाउँपालिकाका मत र प्रत्यसी बनेकाको मत संख्या ३३ हजार छ सय ७४ छ । कांग्रेसले जितेको लुंग्री गाउँपालिकाको प्रमुखको मत र प्रत्यसी बनेका स्थानीय तहको मत जोड्दा २३ हजार दुई सय ४७ हुन आउँछ । एमालेले १५ हजार छ सय ४६ मत ल्याएको थियो ।

 

स्थानीय तहको चुनावमा माओवादी केन्द्र र एमालेले प्राप्त गरेको मत जोड्दा ४९ हजार तीन सय २० हुन्छ । कांग्रेसलाई राप्रपासंगको तालमेलले राहत दिए पनि जितका लागि त्यो पर्याप्त छैन । राप्रपाको जिल्लाभरको मत एक हजार पाँच सय ९० मात्र हो । राप्रपाबाट विभाजित दुई समूह अलग्गै मैदानमा छन् ।

 

बाम गठबन्धन र कांग्रेसको दोब्बर मतान्तरले मात्रै जित हारको निक्र्यौल गर्न गाह्रो छ किनभने स्थानीय चुनाव यता करिब १० हजार मतदाता थपिएका छन् । जिल्लामा एक लाख २७ हजार छ सय २९ मतदाता छन् । त्यसैगरी नेकपा निकट कार्यकर्ताहरुले कसलाई भोट दिने हुन भन्ने विषयले पनि अर्थ राख्ने बताइएको छ ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 15 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 53 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 56 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।