Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलपोग्बाको ‘बी’ नमूनामा पनि टेस्टोस्टेरोन भेटिएको पुष्टि, चार वर्षको निलम्बन हुनसक्ने

पोग्बाको ‘बी’ नमूनामा पनि टेस्टोस्टेरोन भेटिएको पुष्टि, चार वर्षको निलम्बन हुनसक्ने


एजेन्सी । युभेन्टस र फ्रान्सका मिडफिल्डर पाउल पोग्बाको ‘बी’ नमूनामा पनि टेस्टोस्टेरोन भेटिएको पुष्टि भएको छ ।

सन् २०१८ को विश्वकप विजेता म्यानचेस्टर युनाइटेडका ३० वर्षीय पूर्व खेलाडीलाई चार वर्षको प्रतिबन्ध लगाइएको छ ।

इटालियन एन्टी डोपिङ एजेन्सी (नाडो)द्वारा मूल परीक्षणले नमूनामा ‘टेस्टोस्टेरोन मेटाबोलाइट्स’को उपस्थिति देखाएको थियो ।

शुक्रबार पोग्बाले बिहीबार गरिएको आफ्नो ‘बी’ स्याम्पलको विश्लेषणले पनि टेस्टोस्टेरोनको मिश्रण भेटिएको आफूले थाहा पाएको बताए ।

खेलाडीको टोलीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

विश्व एन्टी डोपिङ संहिताअनुसार पोग्बालाई चार वर्षको निलम्बन गर्न सकिन्छ । तर, यदि उनले आफ्नो गल्ती नभएको प्रमाणित गरेमा त्यसलाई आधा घटाउन सकिन्छ ।

यदि उक्त पदार्थको प्रयोग ‘प्रतिस्पर्धाबाट बाहिर र उसको प्रदर्शनको स्तरसँग सम्बन्धित छैन’ भने प्रतिबन्ध केही महिनाका लागि पनि सीमित हुन सक्छ ।

पोग्बाका प्रतिनिधिहरूले गत महिना टेस्टोस्टेरोन संयुक्त राज्य अमेरिकामा परामर्श लिएका एक चिकित्सकले सिफारिस गरेको फुड सप्लिमेन्टबाट आएको बताएका थिए । टेस्टोस्टेरोनले मांसपेशीको विकासलाई बढावा दिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT