राप्रपाको महाधिवेशन आजदेखी काठमाडौंमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

 

दिउसो १ बजे काठमाडौंको भृकुटिमण्डपमा महाधिवेशको उद्घाटन हुनेछ । राप्रपा अध्यक्ष कमल थापाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

कार्यकर्ता तथा सर्वसाधारण गरी महाधिवेशनमा एक लाखभन्दा बढीको उपस्थिती ने राप्रपाले जनाएको छ ।

 

महाधिवेशनका लागि देशभरबाट तीन हजार चार सय सत्तरी जना प्रतिनिधि काठमाडों आइसकेका छन् ।

 

महाधिवेशन सुरु हुनुभन्दा अघि काठमाडोंका विभिन्न स्थानबाट र्याली निस्कनेछन् । पार्टीका विभिन्न जनवर्गीय संगठनले ५४ स्थानबाट निकाल्ने र्याली भृकुटिमण्डपस्थित महाधिवेशन स्थल पुग्नेछ ।

 

शनिबारदेखि बन्दसत्र सुरु हुने महाधिवेशनले अध्यक्षको नेतृत्वमा एक सय ६१ केन्दीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन गर्नेछ ।

 

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते एकता भएपछि पहिलोपटक महधिवेशन हुन लागेको हो ।



Your Comment

थप समाचार

विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

  • 2 hours ago
विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

काठमाडौँ, १३ साउन । बिहीबार राजधानीको विद्यालयबाटै हराएका एक बालकको अझै पत्तो लाग्न सकेको छैन । 

बार्सिलोनामा रेल दुर्घटना

  • 2 hours ago
बार्सिलोनामा रेल दुर्घटना

बार्सेलोना (स्पेन), १३ साउन । स्पेनको बार्सेलोनामा शुक्रबार बिहान रेल दुर्घटनामा परी ५६ जना यात्रु घाइते भएको जनाइएको छ । 



भिडियो

hamropatro

नेपाल

टाटा सुमो दुर्घटनामा चौध घाइते

टाटा सुमो दुर्घटनामा चौध घाइते

पाँचथर, साउन १३ । सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् ।

जीवनशैली

यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

एजेन्सी । बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ ।