प्रहरीकाे निशानामा राप्रपा नेतृ

काठमाडौं, चैत ७ । निर्वाचन आयोगको निर्णय बिरुद्ध राप्रपाले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा पशुपति शमशेर राण, कोमल वली सहित कुल ४७ जना घाइते भएका छन् ।

 

घाइते मध्ये १५ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी नेता तथा कार्यकर्ताकाे अन्य विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

 

घार्इतेमध्ये अधिकांश महिला रहेका छन् । पार्टी नेता माेहन श्रेष्ठले कुल ४७ जना घाइते भएका र घाइतेमध्ये अधिकांश महिला रहेकाे बताए । उनले भने, 'घाइतेमध्ये अधिकांश महिला नेता तथा कार्यकर्ता हुनुहुन्छ । उहाँहरूमध्ये धेरै सामान्य उपचार पश्चात घर फर्किसक्नुभएपनि ९ जना अझै चिकित्सककाे निगरानीमा हुनुहुन्छ ।'

 

झडपमा परी पुजा शाह, सिर्जना बर्मा, सरस्वती केसी, काेमल वली, मिना जाेशी, सिर्जना रानी वर्मा, सावित्री थापा, बबिता शाही लगायतका  २६ जना महिला नेता कार्यकर्ता घाइते भएका छन् । उनीहरूमध्ये केहीकाे मोडेल, वीर र मेट्राे अस्पतालमा उपचार भइरहेकाे छ । 

 

राप्रपाले पार्टीको विधानमा समेटेको ‘हिन्दुराष्ट्र’ र ‘संवैधानिक राजसंस्था’ शब्दावलि निर्वाचन आयोगले हटाएपछि आयोगको बिरोधमा उत्रिएको हो ।

 

सोमबार दिउसो पार्टी अध्यक्ष कमल थापा, बरिष्ठ नेता पशुपती शमशेर राणा लगायत नेता÷कार्यकर्ताहरुले आयोग अगाडि प्रदर्शन गरेका थिए ।

 



    Your Comment

    Loading...

    भिडियो


    Related Post

    अन्तत यसरी हुनेभयो दुई राप्रपाको एकता

    • 5 months ago
    अन्तत यसरी हुनेभयो दुई राप्रपाको एकता

    काठमाडौं । विगतमा एकाएक टुँगिएको हिन्दु र राजावादी पार्टी राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुने पक्का भएको छ ।   अन्तिम अवस्थामा केही घटना घटेन भने राप्रपाका अध्यक्ष पशुपति शम

    गृहमन्त्री निवाशमा गुण्डाको लस्कर

    • 7 months ago
    गृहमन्त्री निवाशमा गुण्डाको लस्कर

    काठमाडौं । पछिल्ला दुई वर्षमा राजधानीमा दुई डनको इन्काउण्टर भयो । एसएसपी पुष्कर कार्कीको निशानामा दिनेश अधिकारी चरी परे भने अर्का एसएसपी सर्वेन्द्र खनालको निशानामा कुमार श्रेष्ठ घैंटे परे ।

    एमालेको सरकार ढले मुलुक दुर्घटनामा पर्ने कांग्रेस नेतृ कोइरालाको दावी

    • 9 months ago
    एमालेको सरकार ढले मुलुक दुर्घटनामा पर्ने कांग्रेस नेतृ कोइरालाको दावी

    काठमाडौं । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन ।

    hamropatro


    जीवनशैली

    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

    नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

    विचित्र विश्व

    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

    तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।