दुर्गममा चिकित्सक: उपकरण नहुँदा समस्या

काठमाडौँ, वैशाख ८ । सरकारले देशका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा दुई चिकित्सक पठाइसकेको जनाएको छ । हाल देशभरका १९८ स्वास्थ्य केन्द्रमा स्थायी, अस्थायी र छात्रवृत्तिका चिकित्सक पठाइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

 

स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासनका शाखा अधिकृत प्रेमलाल दुवाले धेरै स्वास्थ्य केन्द्रमा चिकित्सक गइसकेको बताए । उनले भने, “चालु आवमा मन्त्रालयले मेडिकल अफिसर आठौँ तहमा २०२ र १७९ अस्थायी चिकित्सक नियुक्त गरी स्वास्थ्य केन्द्रमा पठाइसकेको छ । तर अस्थायी चिकित्सक माग गरे जति आउँदैनन् । विशेषज्ञ चिकित्सक नौ तहमा हामीले १५९ जना मागेका थियौँ, १२८ निवेदन प¥यो । त्यसमा पनि अहिलेसम्म ४० जनाले मात्र पत्र बुझी जिल्ला गएका छन् ।”

 

मन्त्रालयले दुर्गमका सबै स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने लक्ष्यअनुसार विशेषज्ञ चिकित्सक स्थायी ११औँ तह ३३, नौ तहमा ८७ र डेन्टल सर्जन आठौँ तह पाँचजना नियुक्त गरेको छ । हरेक स्वास्थ्य केन्दमा आठौँ तहका चिकित्सक र क्षेत्रीय, अञ्चल र जिल्ला भने आठौँ सोभन्दा माथिका चिकित्सक रहने व्यवस्था सरकारले गरेको छ । सरकारले एउटा स्वास्थ्य केन्द्रमा दुई चिकित्सक पठाउने लक्ष्य राखेको छ ।

 

छात्रवृत्तिमा पढेका चिकित्सक पनि पठाएको छ । तर अस्थायी दरबन्दीमा माग गरेअनुसार चिकित्सक आउँदैनन् । शाखा अधिकृत दुवाका अनुसार अस्थायीको अवधि एक आव मात्र हुन्छ । त्यसपछि पुनः काम खोज्न समस्या हुने भएकाले धेरै चिकित्सक भएको काम छोडर छोटो समयका लागि अस्थायीमा काम गर्न मान्दैनन् ।

 

स्वास्थ्यमन्त्री गगनकुमार थापाको सबै स्वास्थ्यमा चिकित्सक पु¥याउने, उपकरण र भौतिक पूर्वाधार निर्माण गर्ने विषयमा विशेष ध्यान दिएको भनाइ छ । मुगु जिल्ला अस्पतालमा स्थायी नियुक्त लिएर पुग्नुभएका डा जितेन्द्र कँडेल दुर्गममा आवश्यक स्रोतसाधनको अभाव मुख्य समस्या भएको बताउए । उनले भने, “दुर्गममा मुख्य समस्या उपकरणको हो । आएका उपकरण पनि कतिपय प्रयोग नै नभएर स्टोरमा थन्किएको अवस्थामा छ । चाहिने चीजको मतलब नै धेरै परिवर्तन हुन नसकेको हो । दुर्गममा बाटोघाटो, पानी, बिजुली सबैको अभाव छ । दुर्गममा सोचभन्दा दयनीय स्थिति छ ।”

 

यसै वर्ष नियुक्ति लिएर जिल्ला पुगेका चिकित्सक मुख्यतयाः गर्भवतीका लागि चिकित्सक नहुँदा धेरै समस्या भोग्नु परेको अनुभव सुनाएका छन् । केशरापुर प्राथमिक स्वास्थ्य केन्द्र बैतडीमा गत फागनुमा नियुक्ति लिएर पुगेका डा. जीवन कार्कीले स्वास्थ्य संस्थामा बत्ती नभएकाले उपकरण ल्याएर पनि प्रयोगमा ल्याउन गाह्रो हुने बताए । उनले भने, “दुर्गममा चिकित्सक आउन नमान्नुको मुख्य कारण उपकरण, स्रोतसाधन नभएरै हो । स्वास्थ्यसंस्थामा पनि छ वर्षपछि म आएको हुँ । यहाँ बिरामीको उपचार गर्न नसक्ने भए रिफर गर्न साधन छैन । एम्बुलेन्स नहुदाँ अझ धेरै समस्या छ । जसले गर्भवतिलाई धेरै गाह्रो भएको छ ।”

 

पहिला चिकित्सक बन्नुको उद्देश्य असह्य बिरामीलाई उपचार गर्नु वा समाज सेवा गर्नु भन्ने थियो ।

 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अहिले समय फेरिएको छ, अब चिकित्सकको उद्देश्य पनि विस्तार भएको छ । पढ्दा लाग्ने खर्चदेखि सोही अनुसारको जीवनयापनलगायत विषयले निःस्वार्थ सेवाभन्दा पनि आर्थिक लाभ पनि यसैसँग जोडिएको बताउँछन् ।

 

सरकारले हरेक वर्ष दुई सयको हाराहारीमा छात्रवृत्तिका एमबिबिएस चिकित्सक उत्पादन गर्छ भने निजी लगानीमा त करिब दुई हजार जति चिकित्सक उत्पादन हुन्छन् । सल्लाहकार पौडेलले स्वास्थ्य केन्द्रमा उपकरण पु¥याउनका लागि मन्त्रालयले तत्कालका लागि ९६ करोड छुट्याएर उपकरण खरिद प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।

 

मन्त्रालयले सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्वताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण पु¥याउन रकम छुट्याएको हो ।



    Your Comment

    थप समाचार

    काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

    • 9 hours ago
    काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

    काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

    राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    • 9 hours ago
    राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    क्यानवेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

    ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

    • 9 hours ago
    ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

    लण्डन । संसारभर रहेका गोर्खा गोर्खालीहरुलाई संगठित गर्दै गठन भएको ग्लोबल गोर्खा समाज नेटवर्कले गृहजिल्ला गोर्खा पुगेर आफ्नो पहिलो अधिवेसन गर्ने भएको छ ।


    Loading...

    भिडियो

    hamropatro


    नेपाल

    काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

    काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

    काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

    जीवनशैली

    अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

     अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

    काठमाडौ, असार १३ । अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’

    विचित्र विश्व

    यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

    यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

    एजेनसी–विश्वमा केही यस्ता राष्ट्रहरु रहेका जुन खानाका लागि चर्चीत रहेका छन् । तर, कतिपय देशमा यस्ता खानाहरु खाने गर्छन् तपाईलाई आश्चर्य लाग्न सक्छ । तपाई विश्वास पनि गर्न सक्नुहुन्न कि यस्तो खाना पनि खान सक्छन् ।