मलाई खल्बल्याएर कहाँ हरायो त्यो हेन्डसम ?

चैत लागे पनि जाडो हटेको थिएन । बिहानको समय चिया पसलमा चियाको चुस्किसँगै जाडोलाई भगाउने कोसिस गर्दै थिएँ । 

 

भर्खर झुल्किँदै गरेको घामले त्यो गोरो वर्णलाई चम्काएको थियो । उसको साथमै बसेको अर्काे मुहारमा पनि गोरो बनाउने अभियान घामले चलाइरहेको थियो । अन्यको मुहारमा पनि आफ्नै हिसाबले झुल्किँदै गरेको घामले वर्णअनुसार चमक दिँदै थियो ।

 

चिया ल्याउँदै थिए सानो भाइले । आफ्नो कपको चिया सकिए पनि फेरि अर्काे कप थप्ने अनुमति दिँदै थियो जाडोले । अर्को कप चिया अर्डर गरेँ ।

 

मेरो आँखा अगाडि रहेको उसको टेबलमा चिया आइसकेको थियो । चियासँगै हातका ३ औंलाको साहारामा अड्किएको चुरोटमा गएर मेरो नजर ठोक्कियो । चियासँगै चुरोट लिनुको औचित्य त म बुझ्न सक्दिनँ । तर चुरोट र चिया घनिष्ट मित्र हुन् जस्तो मलाई लाग्थ्यो । कोही पनि मानिस चुरोट तान्दै गर्दा चिया या चिसो पनि सँगै लिने गर्छन् । चियामा पनि निकोटिनको मात्रा बढी हुन्छ र चुरोटमा पनि । सायद चियालाई ब्वाईफ्रेन्ड र चुरोटलाई गर्लफ्रेन्ड या भाईस–भर्सा सम्झिन्छन् कि !

 

चुरोटको धुँवा र चियाको बाफसँग उनीहरु आफ्ना गफ पनि त्यसरी नै उडाइरहेका थिए । एकले अर्काेलाई उडाउँदै नजर म भएको टेबलतिर लगाउँदै थिए । एक्ली केटी देखेर जिस्काउँदै थिए केटाहरु ।

 

बाटोमा एक्लै हिँड्दा होस या कहीँकतै खाजा घरमा बस्दा जिस्काउने साधन बन्छन् केटीहरु । कहिले बाटोमा हिँड्दै गर्दा जिब्रो पडकाउँछन्, कहिले बाइकको चापीले खुट्टामा हिर्काउँछन्, कत्तिलाई केटी देखेपछि खोकी लाग्छ । हातमा आइफोन लिएर जतिसुकै आधुनिक बने पनि केटी जिस्काउने पुरातनवादी सोच परिवर्तन हुन सकेको छैन ।

 

झोलाबाट मोबाइल निकालेर कानमा एअरफोन घुसारेँ । गीत बजे पनि सुनिरहेकी थिएँ, उनीहरुका गफ । गीत बन्द गरेर कानमा एअरफोन मात्र घुसारेको बाहाना गरेँ अनि सुनिरहेँ एकछिन्सम्म गफ ।

 

ती चिया पसलका साहुजीलाई कति अल्छी लाग्दो हो अल्लारे बँैसका ठिटाहरुको गफ सुनेर ! हुन त कहिलेकाहीँ मज्जा पनि लाग्दो हो । उनीहरुका गफले आफ्नो जवानी याद गर्दा हुन् साहुजी ।

 

एकाएक आ–आफ्नो पोल खोल्दै थिए, ‘साला हिजो राति मज्जा गरिरहेको बेला तलाई गर्लफ्रेन्डकोमा जानुपर्ने । अर्काेले भन्दै थियो ‘तँ नि तँ ! विदेशमा भएकी गर्लफ्रेन्डसँग दाम्लो बाँधेको बाख्राजस्तै झुन्डिराथिस् ।’ अर्को बोल्यो, ‘बाख्रा होईन साला बोका जस्तो भन् न’ । ‘बिल्ला नगरो न यार, कहिलेकाहीँ रमाइलो त गर्नै पर्यो नि ।’ एकले अर्कोको खेदो खन्दै थिए ।

 

एकटकले कुरा सुनिरहेकी थिएँ, गफ । चियाको कप रित्तिएको पनि पत्तो नभएछ ।

 

‘बबाल थिइ नि यार हिजो बाटोमा भेटीएकी केटी । धन्नै झापड खाइनस् । खुब जिस्काउने भाथिस् नि । लौ यो उमेरमा केटी नजिस्काए के बुढेसकालमा जिस्काउनु ।’ यस्तै यस्तै कुरा गर्दै थिए ।

 

मेरो नजर भने त्यही चुरोट तान्दै गरेको हेन्डसममा अड्किएको थियो । भगवानले पनि निकै लामो समय लगाएर बनाएका होलान् । गोरो वर्ण, मुहारमा केही दाग नभएको, दाह्रीजुङ्गा सर्लक्क काटेको । कालो ज्याकेटले असाध्यै सुहाएको थियो ।

 

उठेर ‘आइ लभ यु भन्दिउ कि’ जस्तै लाग्याथ्यो । तर मोराको पोल खोलीहाले साथीहरुले । फेरि उसका सबै साथीहरुको अगाडि बोल्ने आँट नै कहाँ आउथ्यो र ! भन्न त खाली पोष्टमा पनि के गोल हान्नु र गोल किप्पर भएकै ठाउँमा हान्ने हो भन्छन् । तर त्यो भनाइमा मात्र सीमित हो जस्तो लाग्छ । कम बोल्ने खालको रहेछ मोरो । उसको आवाज कम नै सुनिन्थ्यो ।

 

नबोलेरै राम्रो लाग्छ केही मानिस । कोही धेरै बोलेर रिस उठ्छ । कुन बेलामा कसलाई मन पराउँछ यो मन पत्तै हुँदैन । कहिले एकाबिहानै मनपर्छ कोही, कहिले दिउँसो त कहिले साँझमा । मन पराउनु र समयको के नै सम्बन्ध रह्यो र ! जुन समयमा जतिबेला जो पनि राम्रो लाग्न सक्छ ।

 

छड्के नजरले उसलाई नै हेरिरहेकी थिएँ । तर उ भने मोबाइलमा ब्यस्त थियो । एकपटक हेर्यो भने ‘हाई...’सम्म भन्छु भन्ने सोचेकी थिएँ । तर म जाने बेला भइसक्यो उसले हेर्दै हेरेन । साहुजीलाई चियाको पैसा तिरेर निस्किएँ । भोलिपल्ट पनि त्यहीं समयमा चिया खान पसलमा पुगेँ । उसका ग्याङ भने आएनन् ।

 

तेस्रो दिन पनि गएँ । सबैजना आए तर उ आएन । सोध्ने आँट गरिनँ । भोलि आउँला नि भन्ने लाग्यो । तर ५ दिनसम्म लगातार जाँदा पनि उ आएन ।

 

पसलका साहुजीसँग नसोधी बस्न सकिनँ । उसको वर्णको बयान गर्दै सोधेँ । साहुजीले भने, ‘को त्यो चुरोट पिउने सरोज ? त्यो त बिदेश गहिसक्यो ।’ अन्तिम दिनमा किन देखेँ होला उसलाई । टेबलमा बसेर चुरोट तानिरहेको उसको मुहारको याद आयो । मनले मन पराएको उ विदेश पो पुगिसकेछ । म जस्तै कति अभागी होलान् मन परेको मान्छेलाई ‘आइ लाइक यू’ भन्न नपाउँदै विदेश होमिएका ।’

 

सायद धेरै होलान्, धेरै नेपालीहरु ।

 



Your Comment

थप समाचार

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

  • 9 hours ago
काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • 9 hours ago
राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

क्यानवेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

  • 9 hours ago
ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

लण्डन । संसारभर रहेका गोर्खा गोर्खालीहरुलाई संगठित गर्दै गठन भएको ग्लोबल गोर्खा समाज नेटवर्कले गृहजिल्ला गोर्खा पुगेर आफ्नो पहिलो अधिवेसन गर्ने भएको छ ।


Loading...

भिडियो

hamropatro


नेपाल

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

जीवनशैली

अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

 अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

काठमाडौ, असार १३ । अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’

विचित्र विश्व

यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

एजेनसी–विश्वमा केही यस्ता राष्ट्रहरु रहेका जुन खानाका लागि चर्चीत रहेका छन् । तर, कतिपय देशमा यस्ता खानाहरु खाने गर्छन् तपाईलाई आश्चर्य लाग्न सक्छ । तपाई विश्वास पनि गर्न सक्नुहुन्न कि यस्तो खाना पनि खान सक्छन् ।