Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालएनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छः सांसद सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छः सांसद सिंह


काठमाडौँ। प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन्। आज भएको पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन्।

सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे। “जुन कम्पनीको वार्षिक रु ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी रु साढे छ अर्बमा कसरी बिक्री हुन्छ? यो पत्याउन सकिन्न”, सांसद सिंहले भने।

सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर रु एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात रु एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो। तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात्, साढे छ अर्बमा बिक्री गरिएकोप्रति उनले शंका व्यक्त गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन्

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र

मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट

नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रिया

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक

Techie IT