सगुनमा लगानी गर्ने समय आइतबार सकिदै

  • शनिबार, १६ मंसिर, २०७४
  • 1 week ago
  • अर्थ

लण्डन  । लगानीकर्ताहरुको व्यापक रुची तथा मागलाई ध्यान दिंदै सामाजिक सन्जालमा आधारित व्यावसायिक कंपनी 'सगुन' मा लगानी गर्नका लागि थप गरिएको ७२ घण्टाको समय आईतवार सकिदैछ ।

यसअघि लगानी गर्ने म्याद ३० नोभेम्बर रातीसम्म रहेकोमा डिसेम्बर ३ तारिख, आइतबार मध्यरात (न्यूयोर्क समय) सम्म लगानी गर्न म्याद थपिएको सगुनले जनाएको छ ।


'सगुनमा शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको छ । लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आउनु भएको छ', सगुनका संस्थापक गोविन्द गिरीले भने। 'अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएकाकारण हाल खुल्ला रहेको शेयर बिक्री अवधि ७२ घण्टाका लागि थप गरिएको जानकारी गराउन चाहन्छौं ।'

 

सगुनको लगानीको प्रकृयामा प्रवेश गरेका तर व्यावहारिक र प्राविधिक कठिनाइका कारण शेयर खरिद प्रकृया पूरा गर्न नपाएका लगानीकर्ताहरुको आग्रहलाई मध्यनजर गरेर ७२ घण्टाको समय थप गरिएको सो कंपनीले जनाएको छ ।

 

अष्ट्रेलिया, भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएका कारण त्यहाँको समस्या समाधान गर्न र लगानीकर्तालाई सहज वातावरण बनाउन थपिएको समय पर्याप्त हुने विश्वास गिरीले व्यक्त गरे ।

 

उनले सगुनको साइटमा उपलब्ध फाराम भरेर लगानी प्रकृया पुरा गर्न अनुरोध गर्दै अब यो भन्दा अरु समय थप नहुने जानकारी पनि दिए ।

हाल थप गरिएको यो ७२ घण्टाको समय भित्र इच्छुक लगानीकर्ताहरुले https://m.sagoon.com/invest मा गएर लगानी गर्न सक्नेछन् ।

 

लगानी सम्बन्धि कुनै प्रकारको जिज्ञासा वा प्रश्न भएमा सगुनको साइटमा २४ सै घण्टा उलपब्ध 'लाइभ च्याट' बाट सहयोग लिन सकिने पनि सगुनले जनाएको छ ।



    Your Comment

    थप समाचार

    राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

    • 1 hour ago
    राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

    लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

    आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

    • 5 hours ago
    आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

    नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

    शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

    • 5 hours ago
    शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

    काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

    अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

    काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

    जीवनशैली

    क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

    क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

    एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

    विचित्र विश्व

    विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

    विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

    एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।