सगुनमा आयो ५० करोडको लगानी प्रतिबद्धता

काठमाडौं, पुस २६ । सगुन डटकममा धेरैले उत्साहपूर्वक लगानी गर्ने चाहना व्यक्त गरेका छन् । स्टार्टअप कम्पनी सगुनले डलरमा मिनि आइपिओ जारी गर्ने तयारी गरेको छ । त्यसैको लागि सगुनले गरेको ‘वाटर टेस्टिङ’मा ५० करोड रुपैयाँ लगानीको इच्छा व्यक्त गरेका हुन् ।


अमेरिकामा बस्ने नेपाली गोविन्द गिरीले प्रवद्र्धन गरेको सोसल इकमर्स साईट हो सगुन डटकम । सगुनले मिनिआइपिओ जारी गर्ने दिन आउनुभन्दा अगाडि नै सगुनमा लगानी गर्न चाहने व्यक्तिलाई इच्छा जाहेर गर्न भनेको छ । यसरी सुरुमा नै लगानी गर्न चाहने व्यक्तिहरुको बारेमा बुझ्नुलाई ‘वाटर टेस्टिङ’ भनिन्छ ।


सगुन डटकमले अमेरिकी कानुन अनुसार मिनि आइपिओ जारी गर्न लागेको हो । अमेरिकी कानुन अनुसार डलरमा मिनि आइपिओ जारी गर्न लागेको नेपालीले प्रवद्र्धन गरेको सम्भवतः पहिलो कम्पनी हो । सगुन अमेरिकी कानुन रेगुलेशन ए प्लस व्यवस्था अन्तर्गत मिनी आइपीओको लागि अन्तिम स्वीकृतीको पर्खाइमा छ ।


सन् २०१४ मा सुरु भएको सगुन डटकम यसरी मिनि आइपिओ जारी गर्ने पहिलो सामाजिक सञ्चाल पनि हुने भएको छ । यसअघि अमेरिकी कानुन अनुसार ‘रेगुलेसन ए–प्लस’ अन्र्तगत अरु सामाजिक सञ्जालले आइपिओ जारी गर्न सकेका छैनन् ।


के हो सगुन ?


‘कनेक्ट, शेयर, अर्न’लाई मूख्य स्लोगन बनाएको सगुन सामाजिक सञ्जालकै रुपमा आए पनि यसको प्रकृति भने भिन्न छ । झट्ट हेर्दा अहिले चर्चामा रहेका सामाजिक सञ्जाल फेसबुक, ट्वीटर जस्तै लागेपनि यसको प्रयोग गर्ने शैली भने भिन्न छ । फेसबुक र ट्वीटरले विशेषगरी स्टाटस र फोटो शेयर गरेर व्यक्तिलाई सेलिब्रेटी बनाउने गर्दछ भने सगुनलाई भने ‘नलेज शेयर’ गर्ने र आफ्नो दैनिकी व्यवस्थापनलाई सहज बनाउने बताइएको छ । यति मात्रै होइन, आफ्ना प्रयोगकर्ताले सगुनमा समय विताउने उसले केही मात्रामा आम्दानी पनि गर्न सक्ने अवसर यसमा छ । प्रयोगकर्ताले गरेको आम्दानी ‘डिजिटल सोसल स्मार्ट कार्ड’मार्फत भुक्तानी पाउन सक्छन् ।


सगुनले मिनिआइपिओ मार्फत अहिले २० मिलियन डलर अर्थात करीब २ अर्ब रुपैयाँ सर्वसाधारणबाट उठाउने लक्ष्य लिएको छ । यसका लागि सगुनले २९९ डलर मूल्यमा मिनि आइपिओ जारी गर्दैछ ।


तर, अमेरिकी मिनिआइपिओमा नेपालको आइपिओमा जस्तो पहिले इच्छुकहरुको लगानी प्रस्ताव लिने र पछि दामासाहीले बाड्ने तरिका भने हुँदैन । मिनि आइपिओमा तोकिएको न्यूनतम लगानीभन्दा बढी जति लगानी ग¥यो त्यति मूल्यकै शेयर पर्छ । यसको मतलब दामासाहीमा नभई लगानीकर्ताले मागेजति शेयर पाउँछन् ।


विदेशमा बस्ने नेपालीलाई लगानीको अवसर


अमेरिकामा दर्ता भएको स्टार्टअप कम्पनी सगुनले मिनिआइपिओमा नेपाली लगानीकर्तालाई बढी प्राथमिकता दिने बताएको छ । कम्पनीको कसको लगानी लिने कसको नलिने निर्णय गर्ने अधिकार कम्पनीको मालिकसँग हुने भएकाले सगुनले यसमा लगानी गर्न चाहने नेपालीलाई पहिलो प्राथमिकतामा राख्ने बताएको छ । सगुनका संस्थापक गिरी भन्छन, ‘हामी नेपालीको स्वामित्व भएको सामाजिक सञ्जाललाई ग्लोबल कम्पनीको रुपमा स्थापित गर्ने सोचमा छौं । त्यसैले सगुनमा नेपाली गर्न चाहने नेपालीलाई पहिलो प्राथमिकता दिन्छौं ।’ तर, सगुनले नेपालीलाई पहिलो प्राथमिकता दिने भने पनि नेपालको कानुनले भने नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । यसको सिधा फाइदा भने विदेशमा बस्ने नेपालीले पाउन सक्छन् ।



    Your Comment

    थप समाचार

    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    • 25 minutes ago
    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

    २६ जना सैनिक मारिए

    • 35 minutes ago
    २६ जना सैनिक मारिए

    कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ ।

    देउवाले गरे मन्त्रिमण्डल विस्तार

    • 1 hour ago
    देउवाले गरे मन्त्रिमण्डल विस्तार

    काठमाडौं, साउन ११ । प्रधानमन्त्री निर्वाचित भएको करिब दुई महिनापछि शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गरेका छन् । बुधबार विस्तार भएसँग मन्त्रिपरिषद् २७ सदस्यीय भएको छ ।   प



    भिडियो

    hamropatro

    नेपाल

    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

    जीवनशैली

    बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

    बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

    हरेक आमा बुबाले आफ्नो बच्चाको राम्रो भविष्यको लागि उनीहरुमा असल बानीब्यहोरा को विकास हो भन्ने चाहन्छन् । बच्चाको नराम्रो बानी हटाउन आमाबाबुले आफ्नो बच्चालाई गाली पनि गर्छन् ।

    विचित्र विश्व

    यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

    यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

    बेइजिङ । रेष्टुरेन्टमा गएपछि आँफूलाई मन पर्ने खाना खाने चाहना सबैलाई हुन्छ । आँफूलाई मन पर्ने खानाको चक्करमा हामी यो कुरामा ध्यान दिँदैनौ कि जे हामी खान लागिरहेका छौं र त्यो हाम्रो स्वास्थको लागि ठिक छ कि छैन ।