भक्तपुरमा साझाले बस चलाउने अनुमति पाएन

काठमाडौँ, बैशाख ८। साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन ।

 

 

साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै विभागमा पत्राचार गरेको थियो । अनुमति लिएर नयाँ वर्षको अवसर पारी वैशाख १ गतेदेखि कोटेश्वरसम्म चल्ने साझा यातायात भक्तपुरमा गुडाउने योजना थियो ।

 

 

यातायात क्षेत्रको अध्ययन अनुसन्धानमा लागेका भक्तपुरका स्थानीयवासी रामबहादुर थापा यातायात व्यवसायीको दबाबमा विभागले अनुमति नदिएको बताउँछन् ।

 

 

“नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ देशभरका सडक कब्जा गर्ने योजनामा लागेको छ, जिल्ला प्रशासन कार्यालयमा सङ्घ संस्था ऐन २०३४ अनुसार सामाजिक संस्था दर्ता गरेर यातायात समितिले व्यापार गरिरहेका छन्, सामाजिक संस्था खोलेर व्यापार गर्दा पनि सम्बन्धित सरकारी निकायको ध्यान जान सकेको छैन”–उनले भने ।

 

 

साझा यातायातमा मन्त्रालय, विभाग एवम् सरकारी संस्थाको सबैभन्दा बढी सेयर छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले यातायातमा एकाधिकार लाद्न नपाउने व्यवस्था गरेको छ ।

 

 

उपभोक्ता अधिकारवादी ज्योति बानियाँ सर्वोच्च अदालतले पनि ‘रुट परमिट’ लगायत विषयमा एकाधिकार (सिन्डीकेट) अन्त्य गराउन सरकारका नाममा आदेश दिएको बताउछन् । सर्वोच्चको आदेशानुसार कुनै पनि यातायातलाई ‘रुट परमिट’ नै नदिनु गलत भएको आम उपभोक्ताको भनाइ छ ।

 

 

कार्यालयका प्रमुख बसन्त अधिकारी साझाका बस कोटेश्वरबाट भक्तपुर लैजादा जे पनि हुनसक्ने भनी केही यातायात समितिले उजुरी दिएकाले ‘रुट परमिट’ दिन ढिलाइ भएको बताँउछन् ।

 


“सवारी तथा यातायात व्यवस्था ऐनको दफा ८२ मा विवाद भएको मार्गमा ‘रुट परमिट’ दिन नसक्ने व्यवस्था भएकाले अहिले नदिइएको हो, यस विषयमा यातायात व्यवस्थापन समितिमा एक चरण छलफल भइसकेको छ, अब स्थानीय तह निर्वाचनपछि लगत्तै समितिको बैठकमा यो विषय प्रवेश हुनेछ”–उनले भने ।

 

 

हाल उपत्यकामा साझाका ४६ बस सञ्चालनमा छन् । सार्वजनिक बिदा, बन्द र हड्तालमा समेत साझाले सेवा सञ्चालन गर्ने भएकाले उपत्यकाका सबै मार्गमा चलाइनुपर्ने यात्रुको माग छ । अन्य यातायात समितिले मन नलागे सवारी थन्क्याएर बस्ने गरेकाले यात्रुले दुःख पाउने गरेका छन् । 



Your Comment

Loading...

भिडियो


Related Post

भक्तपुरमा साझालाई ‘नो इण्ट्रि’, किन दिइएन ‘रुट परमिट’ ?

  • 1 week ago
भक्तपुरमा साझालाई ‘नो इण्ट्रि’, किन दिइएन ‘रुट परमिट’ ?

काठमाडौँ, वैशाख ८ । साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन ।

अबदेखी साझाका बस चार रुटमा गुड्ने

  • 5 months ago
अबदेखी साझाका बस चार रुटमा गुड्ने

काठमाडौँ । साझा यातायातले उपत्यकाभित्र चार वटा बाटो (रुट)मा नयाँ बस गुडाउने भएको छ ।   साझाले भारतबाट खरिद गरेर ल्याएका ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्

विशेष अदालतद्वारा कनकमणिलाई १० दिन थुनामा राखेर छानविन गर्न अनुमति

  • 1 year ago
विशेष अदालतद्वारा कनकमणिलाई १० दिन थुनामा राखेर छानविन गर्न अनुमति

काठमाडौं—साझा यातायातका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई विशेष अदालतले १० दिन थुनामा राखेर छानविन गर्न अनुमति दिएको छ । आइतबार विशेष अदालतमा भएको बहसपछि अदालतका अध्यक्ष महेश भट्टराई तथा सदस्यहर

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।