Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियराहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोा अरोप

राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोा अरोप


एजेन्सी । भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले काङ्ग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोा अरोप लगाएका छन् ।

अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना राज्यका भाजपाका प्रवक्ता एनभी सुभाषले बताएका छन् ।

नयाँ संसद् भवनमा स्थापित पवित्र राजदण्डप्रति प्रधानमन्त्री मोदीले दर्शाएको सम्मानबारे कटाक्ष गर्दै संसद्मा उनको मूल्यवृद्धि, बेरोजगारी, शिक्षा प्रणालीलगायत जनचासोका विषयलाई वेवास्ता गरेको टिप्पणी गरेका थिए । भाजपा प्रवक्ताले भारतीय परम्परा र संस्कृतिलाई विकृत तुल्याउन गान्धी र उनको पार्टी लागेको आरोप लगाए । देशको संस्कृतिलाई गान्धी र उहाँको दलले अस्वीकार गरेको उनले बताए ।

विदेशमा भारतको छविलाई बदनाम गराउने नेता गान्धीको पुरानो बानी भएकाले त्यसबाट खासै फरक नपर्ने तथा भारतीयले पनि उनलाई विश्वास गर्दैनन् भन्दै भाजपाका प्रवक्ताले प्रधानमन्त्री नरेन्द्र मोदी जन्मजात हिन्दू भएको, उनमा भारतीय संस्कृति र परम्पराको गहिरो ज्ञान भएकाले राजदण्डप्रति सम्मान प्रदर्शन गरेका बताए । नवनिर्मित संसद् भवन उद्घाटनका बेला त्यहाँ स्थापित धार्मिक मान्यताका निधि तथा राजदण्डलाई प्रधानमन्त्री मोदीले साष्टाङ्ग दण्डवत गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT