बाल्यकालमा यस्ता हर्कतहरु गर्थे सलमान खान

एजेन्सी । जब सलमान खान ग्वालिएरको सिंधिया स्ुकलमा पढ्थे उनको छुट्टी मनाउने मनपर्ने स्थान इन्दोर रहेको थियो । सलमान खानको धेरै जसो समय साइकल चलाउनमा व्यस्त थिए । साथीहरुसँग मिलेर आँप झार्ने जामुन खसाल्ने जस्ता काम उनले बाल्यकालमा धेरै गरे ।

 

सलमान खानसँग सम्बन्धित किस्साहरु धेरै नै रहेका छन् । आउनुहोस् हेरौ केही यस्तै रोचक तथ्यहरु


जब सलमान खानलाई पौडी खेल्न सिक्नका लागि बाधेर कुवाँमा फालियो


सलमान खानका नजिकका रिलेटिभ्सका अनुसार सानोमा पानीदेखी सलमान निकै डराउँथे । एकदिन उनको ठुलो आमाले सलमान खानलाई रस्सीले बाधेर छिमेकीको कुवाँमा फालिदिए । यो सलमान खानका लागि पौडीको पहिलो शिक्षा थियो । यस पश्चात सलमान खान निरन्तर कुवाँमा तैरिन जाने गर्थे ।


इन्दोरको सडकमा स्कुटर चलाउँथे सलमान


सलमान खानको स्कुलको शिक्षा धेरै स्कुलबाट लिए पनि इन्दोरको सडकमा स्कुटर चलाउन भने उनी आइनै रहे । सलमान खानलाई साझँपख इन्दोरको सडकमा साइकल र स्कुटर चलाउन धेरै नै मनपथ्र्यो । इन्दोरमा नै सलमान खानले घोडागाडी चलाउन पनि सिके ।


सलमान खानको हात भाँचिएको थियो


सलमान खानका कजिन मतिन खानका अनुसार बाल्यकाल र युवा अवस्था निकै रमाइलो गरेर बिताएका थिए । आसपासमा रहेका गाउँमा जीप जो भएका कारण धुलोले भरिएको बाटोमा बाइक स्टन्ट सलमानले गर्थे । यस्तैमा रेसिंङ स्टन्ट गर्दा सलमान खानको हात भाचिएको थियो ।


सलमान खानका अंकल नईम खानका अनुसार सलमान खान बाल्यकालमा निकै घमण्डी र चुलबुले खालका थिए । उनका अनुसार सलमानले एकपटक कुनै कुरा लियो भने अरुको कुरा सुदैन्थे । १२ वर्षको उमेरमा सलमान सिडीमा साइकल चलाउने तथा व्यालेन्स गरेर साइकलिङ स्टन्ट गर्ने काम गर्थे ।


पढाइभन्दा खेलकुदमा उनको ज्यादा रुची थियो


सलमान खान सानोदेखी नै खेलकुदमा बढी रुची राख्थे । यसै कारण पनि सलमान खानका पिताले उनलाई राम्रो स्कुलमा भर्ना गरे । बोडिङ स्कुलमा सोझै पठाउने काम समेत उनले गरे । तर, हाइ प्रोफाइल स्कुलले समेत उनलाई पढाईमा रुची दिलाउन सकेनन् । उनलाई मुम्बईमा स्टेनिस्लास कान्वेट हाईस्कुलमा भर्ना भए तर उनको पढाइमा रुची भने गएन ।


संगीता होइनन् सलमान खानको पहिलो प्रेम


सलमान खानको बायोग्राफी ‘बिङ सलमान’ मा उनको पहिलो प्रेमिकाबारे लेखिएको छ । सलमान खान कसरी उनीसँग भेटे, कसरी लबस्टोरी सुरु भयो र कसरी प्रेम टुट्यो त्यो सबै जानकारी दिइएको छ । उनको पहिलो प्रेमिकाको नाम हो शाहीन जाफरी । जब सलमान खान १९ वर्षका थिए तब उनको पहिलो प्रेम भएको थियो ।


युवतीहरु झिस्काउन सलमान खान सदैव अगाडि नै रहे ।


मुबिनका अनुसार सलमान खान धेरै युवतीसँग ख्याल ठ्ट्टा गर्ने गर्थे । सलमान खानको आफ्नो हर्कतहरुबाट युवतीहरुलाई डराउने समेत गर्थे ।

 

 

 

 

 

 



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 1 hour ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि