संशोधन विधेयकमा मंगलबार मतदानः पास होला कि फेल ? यस्तो छ अंकगणितीय खेल

काठमाडौं, साउन २७ । संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथिको थप प्रक्रिया मंगलबारदेखि अघि बढ्ने भएको छ । शुक्रबार सरकार–राजपाबीच संविधान संशोधन प्रक्रिया अघि बढाउने र राजपा चुनावमा सहभागी हुने सहमति भएपछि सरकारले मंगलबारको संसद बैठकमा संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गर्न लागेको छ ।

 

प्रतिपक्षी दलहरुको सहमतिबेगर नै संशोधन प्रस्ताव अघि बढनउन लागेकाले विधेयक पारित हुने हो वा होइन अनिश्चित छ । यद्यपि, राजपाले संशोधन विधेयक फेल भए पनि चुनावमा भाग लिने प्रतिवद्धता व्यक्त गरिसकेको छ ।

 

राजपासँगको सहमतिपछि सरकार जसरी पनि संशोधन विधेयक दुई तिहाई बहुमतले पारित गराउने गरी अघि बढेको छ भने प्रतिपक्षी दलहरु जसरी पनि फेल गराउने गृहकार्यमा जुटेका छन् । तर, संशोधनको पक्षमा दुई तिहाई पुर्याउने कुरा निकै चुनौतीपूर्ण छ ।

 

यस्तो छ अंकगणितीय खेल

 

संविधान संशोधन पारित हुन सदनमा तत्काल कायम कुल सदस्य संख्या ५९३को दुई तिहाइ अर्थात् ३९६ मत आवश्यक पर्छ । संसद्मा संशोधनको विपक्षमा एमालेका १८१, राप्रपा नेपालको २०, नेकपा मालेका ५, नेमकिपाका ४, राष्ट्रिय जनमोर्चाका ३, परिवार दलका २ र नेपा पार्टी (बौद्धिक परिषद्), बहुजन शक्ति र मधेस समता दलको एक÷एक गरी २१८ सिट छ ।


संशोधनको पक्षमा सत्तारूढ कांग्रेसको २०७, माओवादी केन्द्रको ८१, राष्ट्रिय जनता पार्टीको २५, संघीय समाजवादी फोरमको १५, फोरम लोकतान्त्रिकको १४ र नेकपा संयुक्तको ३ र बाँकी १० सिट साना दलको गरी ३५५ सिट छ । फुटेको राप्रपाको १७ सिट जोड्दा पनि ३७२ हुन्छ । जबकि दुई तिहाई पर्याउन ३९६ मतको आवश्यकता पर्छ ।

 

यसमा दुबै पक्षको मत जोड्दा कुल संसद संख्याको भन्दा पनि बढी हुन आउछ । किनकि, यो दलहरुको दाबीका आधारमा लगाइएको भागबण्डा हो । यसले पनि संकेत गर्छ कि, संशोधनको पक्ष वा विपक्षमा स्पष्ट मत छैन । मंगलबारसम्म सत्तापक्ष र प्रतिपक्षले गर्ने छेलोफड्कोले मात्रै संशोधन विधेयक पास हुन्छ या फेल हुन्छ ? भन्न सकिन्छ ।



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 1 hour ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि