अष्ट्रेलियामा समलिंङ्गी विवाहको पक्षमा जनमत, अब के हुन्छ ?

समलिङ्गी विवाहको पक्षमा जनमत प्राप्त भएपछि खुशी सांट्दै समलिङ्गी जोडी । Photo-AAP

सिड्नी । अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको छ ।

 

समलिङ्गी विवाहका विषयमा गरिएको जनमत संग्रहमा अधिकांश सर्वसाधारणले समलिङ्गी विवाहको पक्षमा मतदान गरेपछि यसले कानुनी मान्यता पाउने भएको हो । १२ सेप्टेम्बरदेखी ७ नोभेम्बरसम्म गरिएको जनमत संग्रहको बुधबार बिहान नतिजा सार्वजनिक भएको हो ।

 

जनमत संग्रहमा कुल मतदाताको ६१ दशमलब ६ प्रतिशत संख्याले अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउनुपर्ने पक्षमा आफ्नो मत राखेको थिए । कुल मतदाताको ७९ दशमलब ५ प्रतिशतले आफ्नो मत प्रदान गरेको सर्वेक्षणमा खसेको कुल मतको ३८ दशमलब ४ प्रतिशतले भने अष्ट्रेलियामा समलिङ्गी विवाहलाई मान्यता दिन नहुने पक्षमा मतदान गरेका थिए ।

 

अब यो जनमतको नतिजा आजै संसदमा प्रस्तुत गरिनेछ भने पास भएपछि उपल्लो सदनमा कानुन निर्माणका लागि पठाइनेछ ।

 

प्रधानमन्त्री माल्कम टर्नबुल र विपक्षी दलका नेता बिल सर्टनले यो कानुन छिटो प्रक्र्रियाबाट पास गरिने प्रतिकृया दिएका छन् । यसलाई छिटो पारित गर्नका लागि बिहिबारबाटै संसदमा प्राथमिकताका साथ समलिङ्गी विवाहका लागि आवश्यक कानुन निर्माणका सम्बन्धमा छलफल पनि अघि बढाइने भएको छ ।

 

जनमतद्धारा स्वीकृत भएपछि अष्ट्रेलियाका लाखौं समलिङ्गीहरु खुशी भएका छन् । यो नतिजा आएपछि देशका विभिन्न भागमा खुशीयाली मनाईएको छ ।

 

कहिलेदेखी विवाह गर्न पाउँछन् समलिङ्गीले ?

 

अष्ट्रेलियाको संसदमा अहिले नागरिकताको विषय पेचिलो बनेको छ । संसदमा यो विषय प्राथमिकताको विषय बनेको छ । सोही कारण समलिङ्गी विवाह प्रभावित हुनसक्ने अनुमान केहीले लगाएका छन् । तर प्रधानमन्त्री टर्नबुल र विपक्षी दलका नेता सर्टनले अष्ट्रेलियन जनताको मतलाई जतिसक्दो छिट्टो प्रक्रिया अघि बढाएर कानुन पारित गर्ने प्रतिवद्धता जारी गरेका छन् ।

 

प्रक्र्रिया सहज रुपमा अघि बढेको अवस्थामा अष्ट्रेलियाका समलिङ्गीहरुले अबको एक महिनामा कानुनी रुपमै विवाह गर्न पाउनेछन् ।



    Your Comment

    थप समाचार

    आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

    • 19 minutes ago
    आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

    मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

    प्रचण्डपुत्र प्रकाश दाहालको निधन

    • 57 minutes ago
    प्रचण्डपुत्र प्रकाश दाहालको निधन

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

    प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

    • 1 hour ago
    प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

    काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

    प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

    काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

    जीवनशैली

    कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

    कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

    एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।