खुट्टाले परीक्षा दिँदै दुबै हात नभएकी सम्झना

  • शनिबार, ५ चैत, २०७३
  • 4 months ago
  • समाज

खोटाङ, चैत ५ । दुबै हात नभएकी खोटेहाङ गाउँपालिका– २ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् । भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन् ।

 

शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भए पनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताए ।

 

१७ वर्षीया सम्झना इन्द्रेणीपोखरीस्थित मावली बसेर भगवती दिनानाथ माविमा अध्ययन गरेकी हुन् । भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुलीका अनुसार उनी विद्यालयको जेहेन्दार र अनुशासित विद्यार्थीमा पर्छिन् ।

 

परीक्षा केन्द्र नजिकै सिम्पानीबजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहेका छन् । “आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढाइयौं ।” आमा सावित्राले भनिन् ।

 

सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिए । जन्मजात दुबै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको थियो ।

 

समाजले उपलब्ध गराएको रकम उच्च शिक्षा अध्ययनमा खर्च गरिने आमा सुमित्राले बताइन् ।

 

गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भए पनि पढेर समाजको सेवा गर्नमा आफ्नो जीवन बेतित गर्ने बताइन् । रासस



    Your Comment

    थप समाचार

    धनाढ्यहरुकाे शहर: जहाँ प्रत्येक तीन मध्ये एक जना करोडपति छन्

    • 23 seconds ago
    धनाढ्यहरुकाे शहर: जहाँ प्रत्येक तीन मध्ये एक जना करोडपति छन्

    वेल्थ इन्साइटको सीएनएनमा छापिएको रिपोर्ट अनुसार फ्रान्ससँग जोडिएको मोनाको शहरमा विश्वमा सबैभन्दा धेरै करोडपति मानिसहरु बस्छन् ।

    यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

    • 17 minutes ago
    यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

    केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् ।

    भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

    • 26 minutes ago
    भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

    एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।



    भिडियो

    hamropatro

    नेपाल

    अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

    अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

    काठमाडौँ, साउन १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका छन् ।

    जीवनशैली

    भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

    भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

    एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।