शुक्रबार संसदको अन्तिम दिन, विशेष विदाई कार्यक्रम गरिने

काठमाडौं, असोज २६ । २० सालमा भएको संविधानसभा निर्वाचनपछि बनेको संविधानसभा तथा रुपान्तरित व्यवस्थापिका संसदको म्याद शुक्रबार सकिँदैछ । संसदको म्याद सकिएसँगै शुक्रबार नै संसद सचिवालयले विशेष विदाई कार्यक्रम राखेर सांसदहरुलाई विदाई गर्ने कार्यक्रम तय गरेको छ ।

 

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूची बुझाउने दिन असोज २९ गतेका लागि तोकेपछि अहिलेको संसदको म्याद कानुन अनुसार असोज २८ गतेसम्म मात्रै कायम रहनेछ । तर, त्यसको एक दिनअघि नै शुक्रवार नै विदाई कार्यक्रम गरी सांसदहरु विदावारी हुने जनाइएको छ ।

 

सभामुख ओनसरी घर्ती र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुको बैठकले शुक्रवारदेखि संसद अन्त्य गर्ने समझदारी गरी विदाई गरिने कार्यक्रम बनेको हो । ०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनबाट निर्वाचित सदस्यहरुको कार्यकाल संविधान जारी भएलगत्तै सकिने थियो । तर, नयाँ संविधानमा नयाँ चुनाव नहुञ्जेलका लागि कानुनहरु बनाउनु पर्ने भन्दै प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ता नहुञ्जेलसम्म संसदको अवधि रहने उल्लेख गरिएको छ ।

 

अब नयाँ निर्वाचनपछि मात्रै देशले सांसदहरु पाउनेछ ।



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।