२८ हजार मुल्यको सामसुङ ‘जे–सेभेन म्याक्स’मा के के छन् त विशेषता ?

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ‘ग्यालेक्सी जे–सेभेन म्याक्स' मोबाइल नेपाली बजारमा भित्र्याएको छ ।

 

नेपालमा धेरै रुचाइएको स्मार्ट फोन जे सिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जित भई जे–सेभेन म्याक्सका रुपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

 

कम्पनीका अनुसार यसमा नवीनतम विशेषताहरु जस्तै फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी ¥याम तथा ३२ जिबी मेमोरि तथा अन्य उत्कृष्ट विशेषता रहेका छन् ।

 

आइएम बिज, सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ‘यसमा भएका अद्वितीय विशेषता सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि ४ जिबी ¥याम तथा ३२ जिबी रोम मेमोरि तथा नबीनतम फिचरहरु जस्तैएस बाइक मोड, एससेक्युर एसपावर प्लानर स्मार्टग्लो र एडप्टिभ वाईफाई जस्तासुविधाहरुले गर्दा यो डिभाइसले अग्रणी स्थान प्राप्त गर्ने छ ।’

 

यस्ता छन्  विशेषता:


जे–सेभेन म्याक्समा मा १३ एमपीको फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ, जसमा एफ१.९ को लेन्स लगाइएको छ भने १३ एमपीकै ब्याक क्यामरामा एफ १.७ लेन्सको साथै फ्ल्यास पनि रहेको छ ।

 

यस्तो विशेष सुविधा यस अघि सामसुङका अग्रणी मोबाइलहरुमा मात्र उपलब्ध रहदै आएका थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालो भएको अवस्थमा पनि उत्कृष्ट फोटो तथा सेल्फि खिच्न सक्दछ ।

 
ग्यालेक्सी जे–सेभेन म्याक्समा मा भएको १.६ जिएचजेड अक्टाकोर प्रोसेसर, ४ जिबी र्यामले निर्बाध रुपमा मल्टि टास्किङको सुविधा प्रदान गर्दछ । यसमा भएको धेरै टिकाउ ब्याट्रिले समग्र मोबाइलको कार्य क्षमतालाई चुस्तता एवम् भरपर्दो अनुभव प्रदान गर्दछ । त्यस्तै यसमा भएको मेटल युनिबडीले स्मार्टफोनलाई अझ स्टाइलिस बनाएको छ ।

 

जे–सेभेन म्याक्स मा फुल एचडी स्क्रिन रहेको छ जसले गेमहरु खेल्दा र मुभिहरु हेर्दा सहजता प्रदान गर्दछ । यसमा भएको टचमा आधारित फिङ्गर प्रिन्ट सेन्सर, वेभसाइटमा एकाउन्ट भेरिफाइ सुविधा, तथा फेस रिकग्निसन जस्ता प्रमाणिकरण सुरक्षा रहेका छन् ।

 

यसमा भएको एडप्टिभ वाईफाई जुन वाईफाइ रेन्ज भित्र रहँदाको अवस्थामा स्वतः एक्टिभ हुन्छ भने वाइफाई रेन्ज बाहिर रहदाँ आफै निष्कृय हुन्छ । यो विशेषताले गर्दा मोबाइल डाटा बचत हुन जान्छ ।

 

यसमा भएको अद्वितीय विशेषता जस्तैः स्मार्ट ग्लो जसले कलरफुल नोटिफिकेशन दिन्छ, ग्राहकले आफ्नो छनौट अनुसासर स्मार्ट ग्लोलाई छनौट गर्न पनि सक्छन्


जे–सेभेन म्याक्स मोबाइलमा म्यासेजिङलाइ थप सहजता प्रदान गर्न 'डुअल म्यासेन्जर' फिचर पनि छ । यो सुविधाले गर्दा मोबाइलमा दुई कपि एप्स इन्स्टल गर्न सकिन्छ र दुई भिन्न भिन्न एकाउन्टबाट लगिन गरी च्याट गर्न पनि सकिन्छ ।

 

अर्को सुविधा भनेको इन्स्टा स्विचिङ हो यो नयाँ सुविधाले एप्स र होम स्क्रिनमा भर्टिकल स्वीप गरी सहजै स्विच गर्न सकिन्छ ।

 

हालको अफर अन्तर्गत जे–सेभेन म्याक्स २८,२९० रुपैंयामा खरिद गर्न सकिन्छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी जे–सेभेन म्याक्स मोबाइल अगष्ट १ देखि रिटेल स्टोरमार्फत् उपलब्ध हुँदै आएका छन् ।

 

यगैगरि नेपाल टेलिकम डाटा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्न, जे–सेभेन म्याक्सले नेपाल टेलिकमसँग सहकार्य गरी जे–सेभेन म्याक्स ग्राहकहरुलाई ७ महिनासम्म प्रतिमहिना १ जिबीका दरले निःशुल्क डाटा तथा निःशुल्क सिमकार्ड प्रदान गरेको छ । निःशुल्क सिमकार्ड सामसुङ ब्राण्ड सपहरुबाट मात्र प्राप्त गर्न सकिन्छ ।



Your Comment

थप समाचार

 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

  • 31 minutes ago
 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

लण्डन । बेलायतबाट डिग्री पूरा गरी विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट इन्टरप्रेनर्स नेप्लिज सोसाइटी (जेन्स) यूकेको वार्षिक सम्मेलन सम्पन्न भएको छ ।

बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

  • 46 minutes ago
बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

लन्डन । बेलायतको वकिंगस्थित ग्रेसट भिलेजमा अवस्थित नेपालीद्वारा सञ्चालित इण्डियन रेष्टुरेन्ट द बे लिफ यस वर्ष ब्रिटिस करी अवार्डसको फाइनलिष्टमा पर्न सफल भएको छ ।

वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

  • 50 minutes ago
वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

काठमाडौं, मंसिर २७ । कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले डिसेम्बर १३ देखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवा सञ्चालन संगै वतानिया एयरवेज् कुवेत


Loading...

भिडियो

hamropatro

नेपाल

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

काठमाडौँ, मंसिर २७ । अमेरिकामा नेपाली मूलका एक परिवारका तीन सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका थिए ।

जीवनशैली

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

बिबिसी । अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्।