सामसुङ ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लस नेपाली बजारमा, कति छ त मुल्य ?
- बिहीबार, ७ बैशाख, २०७४
- 1 year ago
- प्रबिधि

काठमाडौं, बैशाख ७ । सामसुङ इलेक्ट्रोनिक्सले बुधबारबाट नेपाली बजारमा दुई मोडलका बहुप्रतिक्षित नयाँ स्मार्टफोन ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ ।
बैशाख २२ देखि नेपालमा केहि छानिएका स्टोरहरुमात्रै उपलब्ध हुने बताइएको ग्यालेक्सी एस ८ को मुल्य ८८ हजार ९ सय रुपैंया र ग्यालेक्सी एस ८ प्लसको मुल्य ९८ हजार ९ सय रुपैंया तोकिएको छ ।
यसलाई कम्पनीकाे वेवसाइट www.s8prebooking.com मा गई प्रि–बुक गर्न पनि सकिने सामसुङले जनाएको छ ।
यस्तो छ डिजाइनः
बटन बिनाको दुवै फोनमा स्मुथ डिस्प्ले भएकोले १८ प्रतिशत बढि स्क्रिन दिनेछ जसले एकै चोटी धेरै काम गर्न सरल हुनेछ ।
ग्यालेक्सी एस ८ मा ५ दशमलब ८ इन्चको स्क्रिन रहेको र ग्यालेक्सी एस ८ प्लसमा ६ दशमलब २ इन्चको स्क्रिन इन्च रहेको छ । दुबै फोनमा होम कि को सट्टामा प्रेसर सेन्सर भएको इन्ट्युटिभ सफ्ट कि राखिएको छ ।
ठूलो स्क्रिन भएतापनि गोलाकार किनार भएकाले दुवै मोडलका फोनलाई एक हातलै प्रयोग गर्नको लागि उपयुक्त बनाएको सामसुङले जनाएको छ । यसको साथै अगाडि र पछाडि दुवैतिर प्रयोग भएको गोरिल्ला ग्लासले भएकाले फोनलाई टिकाउ र उच्च क्वालिटीको बनाएको छ ।
सामसुङ नेपालका आइएम बिज प्रमुख प्रणयरत्न स्थापितका अनुसार ग्यालेक्सी एस ८ र एस ८ प्लसमार्फत सामसङले अर्थपूर्ण नवीनताको सिमा फैलाउने स्मार्टफोन ल्याएको छ जसले कम्पनीको भरोसा अनि नयाँ आविष्कार र अलौकिक डिजाइनको परम्परालाई अघि बढाएको छ ।
सुरक्षाको सुविधाः
दुवै मोडलका फोनमा मा डिफेन्स ग्रेड सेक्युरिटी प्ल्याटफर्म सामसुङ नक्स रहेको छ ।
साथै स्मार्टफोनमा फिङ्गर प्रिन्ट र फेस रिकग्निसन जस्ताबायोमेट्रिक प्रविधिसँगै एकदमै सुरक्षितबायोमेट्रिक पहिचान प्रणाली आइरिस स्क्यानरसामसङको एस सिरिजमा मा पहिलो पटक राखिएको छ । पारम्परिक पिन र प्याट्रनसँगै ग्राहकहरुले आफ्नो चाहना अनुरुप सुरक्षा अपनाउन सक्नेछन् ।
यस्तो छ क्यामेराः
एफ १.७ लेन्स जडित ८ मेगापिक्सल फ्रन्ट क्यामेरा, कम प्रकाशमा पनि उज्यालो र उच्च रेजोलुशन सेल्फी लिनकालागि उपयुक्त छ । यसका अन्य विशेषतामा अटोफोकस, फेसियल रिकग्निसन प्रविधि फन स्टिकर्स र स्ट्याम्प्सहरु छन् ।
१२ मेगापिक्सलको रियर क्यामेरामा रहेको डुअल पिक्सेल प्रविधिले द्रुत अटोफोकस प्रदान गर्दै एक्सन् फोटोग्राफिलाई पनि सहज बनाउँछ । साथै यसको एफ १.७ लेन्स र १.५ माइक्रोन पिक्सेल्स ले कम प्रकाशमा पनि उज्यालो र उच्च क्वालिटीको फोटो खिच्दछ ।
सामसुङले मोबाइल उद्योगमै पहिलो १० एनएम प्रोसेसर जडित फोनले २०५ कम ब्याट्रि खपत गर्ने र सजिलो मल्टीटास्किङ र ग्राफिक इन्टेन्सिभ गेमको अवरोधरहित अनुभव हुने सामसुङले जनाएको छ ।
डाटा र बिमा सुविधा सित्तैमा
यी दुवै मोडलका फोनका का खरिदकर्ताहरुलाई, टेलिकम पार्टनर एनसेलको सहकार्यमा ८ महिनाको लागि प्रत्येक महिना १ जिबि को दरले ८ जिबि डाटा र शिखर इन्सुरेन्सको साझेदारीमा ६ महिनाको बे्रकेज इन्सुरेन्स उपलब्ध हुनेछन्
यसका साथै विभिन्न बैंकहरुको सहकार्यमा ६ महिने किस्ताबन्दिमा खरिद गर्ने सुृविधा पनि प्रदान गरिने सामसुङले जनाएको छ ।
ग्यालेक्सी एस ८ मिडनाइट ब्ल्याक, म्यापल गोल्ड रङमा उपलब्ध छ भने ग्यालेक्सी एस ८ प्लस माकोरल ब्लु पनि थपिएको छ । यी दुवै फोन किन्दा उच्च कार्यक्षमताको इयरफोन पनि उपलब्ध हुनेछन् ।
यस्ता छन् अन्य विशेषताहरुः
पानी र धुलो प्रतिरोधी
हाइब्रिड डुअल सिम स्लट
६४ जिबी इन्टरनल मेमोरी/२५६ जिबी सम्म थप गर्न सकिने
छिटो र वायरलेस चार्जिङ गर्न सकिने क्षमता
थप समाचार
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा
- 28 minutes ago

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने
- 1 hour ago

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक
बेलायत नेपाल प्रज्ञा परिषद अध्यक्षमा डा. अधिकारी निर्वाचित
- 1 hour ago

परिषदको हालै सम्पन्न निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको हो ।
भिडियो
नेपाल
ठूलाे मात्रामा अमेरिकी डलरसहित सुन्धारामा १ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठूलो मात्रामा अमेरिकी डलर सहित एक जनालाई पक्राउ गरेको छ ।
जीवनशैली
अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।
विचित्र विश्व
२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।
Your Comment