दाङका सबै क्षेत्र वामगठबन्धनले जित्ने निश्चितः शंकर पोखरेल(अन्तरवार्ता)

नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेल यतिबेला दाङमा प्रचारको क्रममा रहेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश नम्बर पाँचको मुख्य मन्त्रीका रुपमा दाङको क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट उमेदवार बनेका पोखरेलले आज अन्तिम चुनाव प्रचारमा रहेका छन् । एक महिनासम्म चुनाव गर्ने क्रममा आफ्नो क्षेत्रसंगै पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा पुगेका पोखरेलसंग चुना प्रचारको कुराकानी गरिएको छ । मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुदैछ । उमेदवाहरुले मतदाता भेटघाटको क्रम पनि करिव सकेका छन् । यतिवेला दाङ जिल्लामा प्रदेशको राजधानी घोषणाको एजेण्डाले बढी महत्व पाएको छ । यतिवेला बाम गठवन्धनले समृद्धिको मुद्दालाई जोड तोडले उठाइरहेको छ । यसै सन्दर्भमा बाम गठबन्धनको तर्फबाट पाँच नम्वर प्रदेशका प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार पोखरेलसंग कुराकानी गरेका छौं ।

 

निर्वाचन नजिकै आइसक्यो तयारी कस्तो छ ?

 

नेपालमा पहिलो पटक प्रदेशसभाको निवार्चन हुँदैछ । प्रतिनिधिसभाको निर्वाचन पछि धेरै बर्ष पछि भइसकेको छ । यतिवेला चुनाव ऐतिहासिक अवसरका रुपमा आएको छ । संविधानको कार्यान्वयन गर्ने महत्वपूर्ण विषयका रुपमा प्रदेश र केन्द्रको चुनाव हुदैछ । पहिले हाम्रो आन्दोलन अधिकारका बिषयमा केन्द्रीत रहेको थियो । संविधान बनेपछि नागरिकका अधिकारहरु संस्थागत भएका छन । अव ति अधिकारहरुलाई जनताको समृद्धिमा र राष्ट्रको समृद्धिमा लगाउनु पर्नेछ । नेपालका वामपन्थी दलहरु खासगरी नेकपा एमाले र माओवादी केन्द्र समृद्धिको लडाईकालागि एकतावद्धरुपमा अगाडी बढ्ने संकल्पका साथ चुनावी तालमेलमा छौ र चुनावपछि एउटै वलियो कम्युनिष्ट पार्टी निर्माण गर्ने योजनामा छौ ।

बामगठवन्धन कसरी अघि बढीरहेको छ ?

 

बाम गठबन्धनप्रति नेतृत्व, कार्यकर्ता जति उत्साहित छन त्यो भन्दा बढी जनता उत्साहित छन । त्यसअर्थमा जनताले पार्टीहरुवीचको एकता चाहेका रहेछन भन्ने कुरा पुष्टि भइसकेको छ । नेपालको राजनीतिको सवभन्दा ठूलो रोग भनेको राजनीतिक अस्थिरता हो ।

९÷९ महिनामा सरकार परिवर्तन हुने जुन चक्र छ त्यो चक्रलाई तोडन जरुरी छ भन्ने लागेर नै हामीले गठवन्धनलाई अघि बढाएका हौं । जिल्लाको सन्दर्भमा बामपन्थीको पक्षमा राम्रो माहौल बनिरहेको छ । जिल्लामा म प्रदेश तर्फ उमेदबार बनेको छु भने कृष्णबहादुर महराजी प्रतिनिधि सभा तर्फ उमेदवार बन्नुभएको छ । हामी यो क्षेत्रमा उमेदवार बनेको भएपनि सवै क्षेत्रमा पुग्यौं । आजसम्मको अवस्थालाई हेर्दा जिल्लाका सवै क्षेत्रमा निर्वाचन जित्ने निश्चित भइसकेको छ ।

तपाईहरुले गठवन्धन गरेपछि खासगरी नेपाली काँग्रेसले अधिनायकवाद ल्याउनका लागि गरिएको भनिरहेको छ नि ?

 

यो पूर्णतः मिथ्या आरोपमात्रै हो । आफूलाई लोकतन्त्रको च्याम्पीयन ठान्ने नेपाली काँग्रेसको नेतृत्व आन्दोलनबाट पलाएन भएका धेरै उदारण छन् । २०१७ सालको घटनापछि नेपाली काँग्रेसका हस्तीहरु नै पञ्चायत प्रवेश गरेका थिए । यो सत्यलाई हामीले बुझनुपर्छ ।

अर्को तर्फ हेर्ने हो भने जतिवेला शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुभयो त्यतिवेला नेपालको लोकतन्त्र संकटमा प¥यो । त्यसअर्थमा नेपाली काँग्रेसले लोकतन्त्रको रक्षा गर्छ भन्ने कुरा नेपालको राजनीतिमा अहवाफ सिद्ध भइसकेको छ । नेपालमा लोकतन्त्रको रक्षा बामपन्थीहरुले कसरी गरेका थिए र गर्न सक्छन भन्ने कुरा विगतले नै पुष्टि गरिसकेको छ ।

त्यसमाथि नेपालका कम्युनिष्टहरु लोकतान्त्रिक बाटोबाट प्रतिष्पर्धाको बाटोबाट उनीहरु समाजवाद निर्माण गर्न चाहन्छन । त्यसअर्थमा अधिनायकवादको आरोप लगाउने कुरा चाही पूर्ण रुपले गलत कुरा हो । अर्को कुरा दुनीयामा जतिपनि तानाशाहहरुको जन्म भएको छ । पुजीवादी संसदीय प्रणालिबाटै जन्म भएको छ ।

कम्युनिष्ट आन्दोलनमाथि एकदलीय व्यवस्थाका कारणले गर्दाखेरी कतिपयले अधिनायकवादी व्यवस्था भनेर चित्रण गर्ने कोशीस गरेको देखिन्छ । तर उनीहरुले कहिलेपनि शासन व्यवस्थालाई तानाशाही प्रणालिका रुपमा विकसीत गरेको होइन । पुजीवादी शासकहरुले नै तानाशाही व्यवस्था आरम्भ गरेका दृष्टान्तहरु छन चाहे हिटलरको कुरा गरौ चाहे मुसलोनीका कुरा गरौं चाहे मार्कोसको करा गरौ यी अनेक प्रकारका तानाशाहहरु पुजीवादी संसदीय प्रणालीबाटै जन्मीएका हुन ।

अहिले आएर नेपालका कम्युनिष्टहरु त एकदलीय शासन व्यवस्थाका पक्षमा छैनन । उनीहरु आफै बहुदलीय प्रतिष्पर्धा सहितको शासन व्यवस्थाका पक्षमा छन भनिसकेपछि परम्परागत कम्युनिज्मलाई आधार बनाएर नेपालको बामपन्थी गठवन्धनमाथिको प्रहार भनेको चाही यात अज्ञानता हो कुन्ठाको अभिव्यक्ति हो म ठान्छु ।

घरदैलोमा जाँदा मतदाताहरु के भन्छन नि ?

 

जनताले ठूलो कुरा माग गर्नुभएको छैन । ग्रामिण क्षेत्रको कुरा गर्ने हो भने विकास निर्माणसंग जोडिएका अपेक्षाहरु नै ज्यादा छन । कतिपय ठाउँमा रोजगारीका विषय उठ्ने गरेका छन् । यस्ता कतिपय विषयहरु छन जसलाई हामीले सम्वोधन गर्नुपर्नेछ । आर्थिक, सामाजिक विकास रुपान्तरण भनेको जनताको जीवनमा परिवर्तन ल्याउने कुरा नै हो ।

ग्रामीण विकासका सन्दर्भमा हामीले जुन प्रकारको स्थानीय सरकारको परिकल्पना गरेका छौ आगामी दिनहरुमा त्यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न वित्तिकै ति समस्याहरु हल हुन सक्छन । जेजति समस्याहरु बाँकी रहन्छन ती समस्याहरुलाई हामीले प्रदेश सरकारका माध्यमबाट हल गर्न सक्छौ । प्रदेश र केन्द्रीय सरकारहरु ठूला आयोजना र योजनावद्ध विकासका सन्दर्भमा उनीहरुले काम गर्छन ।

 


तपाई त प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि प्रस्तावित हुनुहुन्छ, मतदातासंग के भनिरहनुभएको छ ?

 

पहिलो कुरा दुइवटा ठूला दलहरुले प्रदेशको नेतृत्व गर्ने गरी मलाई उम्मेदवार बन्न आग्रह गनुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीले जुन आग्रह गर्नुभयो त्यसलाई मैले दाङ जिल्लाको विकासको सम्भावनाका रुपमा ग्रहण गरेर प्रदेशको उम्मेदवार स्विकार गरेको हुँ ।

 

मैले जित्दाखेरी प्रदेशको नेतृत्व हासिल गर्ने कुरा सुनिश्चित छ । अरु कसैले जित्दाखेरी प्रदेशको नेतृत्व तहमा पुग्ने सम्भावना छैन । त्यसैले पनि दङगाली जनताहरुले प्रदेशको नेतृत्व गर्ने सम्भावना बोकेको व्यक्तिलाई विजयी गराउनुपर्छ भन्ने मान्यता दाङमा बनिसक्या जस्तो मलाई लाग्छ । दोस्रो कुरा विकासका मेरा आफनै सोचहरु छन । समृद्धि कसरी प्राप्त गर्न सकिन्छ भन्ने मेरा आफना सोचहरुलाई म पाँचनम्वर प्रदेशको नेतृत्वकर्ताको हिसावले कार्यान्वयन गर्न चाहन्छु ।

 

म पाँच नम्वर प्रदेशमात्र नभई राष्ट्रको समृद्धिको प्रश्नमा पनि आफना सोचहरुलाई व्यवहारमा कार्यान्वयन गर्ने काम गर्नेछु र त्यसले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिनेछ भन्ने ठान्छु । तेस्रो कुराचाँही समग्र पाँच नम्वर प्रदेशको समृद्धिभित्र दाङको विकासलाई समेटन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै छलफल पनि चलाईसकेको छु ।

 

पाँच नम्वरका मुख्य तीनवटा केन्द्रहरु भैरहवा, वुटवललाई पर्यटकिय महानगरका रुपमा विकास गर्ने मेरो सोच छ भने नेपालगञ्ज कोहलपुरलाई औद्योगिक महानगरका रुपमा विकास गर्ने र सवैको विश्वास र साथमा दाङलाई प्रशासनिक केन्द्र राजधानीका रुपमा विकास गर्ने योजना बनाएको छु । यसलाई कार्यान्वयन गर्न मेरो भूमिका आवस्यक छ ।

 

दाङ जिल्लाको विकासको सन्दर्भमा कसरी सम्वोधन गर्ने विचार छ नि ?

 

दाङको विकासको सन्दर्भमा सवैभन्दा पहिले पूर्वाधार विकासको कुरा नै हो । अहिले जसरी दाङ सिमेन्ट उद्योगहरुको हव बनिराखेको छ त्यसले दुइवटा कुराको माग गर्छ । एउटा बलियो सडकको आवस्यकता छ । चलीरहेका सडकको विकल्प खोज्य योजना हाम्रो छ । हामी द्रुतगतिको वाइपास सडक निर्माण गर्ने खालको योजनाकासाथ अगाडि बढेका छौ ।

 

अर्कोतर्फ समग्र दाङ उपत्यकाको विकासका सन्दर्भमा कोइलावास नाकालाई नियमित गर्नकालागि त्यहाँ कालोपत्रे गर्ने कुरालाई प्रभावकारी रुपले अगाडी बढाउने र विभिन्न जिल्ला सदरमुकामहरुलाई दाङसंग जोड्ने कुरा हो । प्रदेशको केन्द्रको रुपमा विकास गर्ने हो भने जिल्लाका केन्द्रहरुलाई प्रदेशको केन्द्रसंग जोडन जरुरी छ ।

 

त्यो हिसावले पनि हामी पूर्वाधारको विकास गर्न चाहन्छौ । दाङलाई पश्चिमको व्यावसायिक हव बनाउनका लागि दाङ सुर्खेत सडकलाई छिटो सम्पन्न गर्न चाहन्छौ । त्यस्तै दाङमा सिंचाई र पिउने पानीको समस्यालाई पनि उत्तरतर्फको महाभारतबाट बग्ने खोलाहरुमा जलाशयहरु निर्माण गरेर त्यो समस्या समाधान गर्न चाहन्छौ । त्यस्तै थप पानीको अभावलाई माडी र शारदा डाइभर्सनको माध्यमबाट समाधान गर्न चाहन्छौ ।

यस्तै दाङमा पर्यटनको सम्भावना छ । यहाँको जातिय विविधता, प्राकृतिक सुन्दरतालाई ध्यानमा राखेर जिल्लामा बहुउद्देश्यीय पार्कहरु निर्माण गर्ने जहाँ ठूलाठूला तालहरु रहुन । म्यूजियम, पशुपंक्षि उद्यानहरु निर्माण गर्नेलगायतका परिकल्पना पनि हामीले गरेका छौ । हरेक वस्तीहरुमा पोखरी निर्माण गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारका सन्दर्भमा योजना तर्जुमा गरेका छौ र एउटा टिम बनाएर कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा छलफल गरिरहेका छौ ।

 

तपाईलाई निर्वाचित गरेपछिका पाँच बर्षमा के फरक हुन्छ ?

 

हामीले आगामी पाँचवर्ष भित्रमा प्रदेशको आधार तयार गर्छौ । रोजगारीका अवसरहरुलाई सुनिश्चित गर्छौ । युवाहरु विदेशीनुपर्ने वाध्यकारी अवस्थाको अन्त्य गर्न चाहन्छौ । कृषि, पशुपंक्षिपालनको आधुनिकिरण र व्यावसायिकरण गर्न रुपरेखा तयार गरेर जनताको आर्थिकस्तरलाई माथि उठाउने काम गर्नेछौ । त्यो कुरा जनताले प्रत्यक्षरुपमा अनुभूत गर्न पाउनेछन कि नयाँ सरकार बनिसकेपछि समृद्धिको आधार तयार भयो भन्ने कुराको अनुभूति गर्नेछन र पछि आउने सरकारहरुले पनि त्यसैलाई पछ्याउनुपर्ने स्थिति हामीले बनाउनेछौ ।

अन्त्यमा मतदाताहरुलाई केही भन्नुहुन्छ ?

 

दाङका मतदाताको इमान्दारीतामा खेलवाड गर्ने काम भएको छ । बाउवाजेकै पालादेखि तिमी फलानो पार्टीका हौ भन्ने आधारमा मत प्राप्त गर्ने काम भयो । अर्कोतर्फ जातियताका आधारमा मतदाताहरुलाई प्रभावित गर्ने कोशिस पनि विगतमा भयो । जसले गर्दा आफनो ठाउको भविष्यका सन्दर्भमा भूमिका खेल्नसक्ने नेतृत्वलाई स्थापित गर्न सकिएन । त्यो अहिले दाङवासीले महशुस भएको मैले पाएको छु ।

त्यसलाई हामीले कायम राख्नुपर्छ । जनताले आफनो जिल्लाको हित कसरी हुनसक्छ, मुलुकको हित कसरी हुनसक्छ भन्ने कुराका आधारमा लचिलो भएर निस्कर्षमा पुग्नुपर्छ भन्ने लाग्छ । यसपटक जनताको भावनाअनुसार एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यकासाथ चुनावी तालमेलद्धारा अगाडि आएका छौ वामपन्थी दलहरु यसलाई साथ दिनका लागि म सम्पूर्ण दङगाली जनतालाई आह्वान गर्न चाहन्छु र बामगठवन्धनको तर्फबाट मैले प्रदेशको र कृष्णबहादुर महराजीले देशको नेतृत्व गर्दा सिंगो दाङले देश र प्रदेशको नेतृत्व लिने अवसर आएको छ जसकालागि दाङका नौवटै निर्वाचन क्षेत्रमा बामपन्थी उम्मेदवारहरुलाई विजय गराउनका लागि अनुरोध गर्न चाहन्छु ।

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।