अरुण नदी थुनिएर बनेकाे ताल अझै खुलेन, सप्तकोसी नदी क्षेत्रमा त्रास

इनरुवा, वैशाख ८ । सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
ताल एकैपटक फुटेमा सप्तकोसी नदीमा साविकभन्दा पानीको सतह बढ्ने भएकाले सो क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको हो । सुनसरीका प्रममुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलिको अध्यक्षतामा शुक्रबार जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले ताल फुटेर कोसीमा एकाएक कुनै पनि बेला पानीको सतह बढ्नसक्ने पूर्वानुमान गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।
सप्तकोसी नदी क्षेत्रका बराहक्षेत्र, प्रकासपुर, महेन्द्रनगर, श्रीपुर, पश्चिमकुशाहा, लौकही, श्रीपुरलगायतका स्थानमा उच्च सतर्कता अपनाउनका लागि सर्वसाधारणमा आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
नदीमा झण्डै २ दशमलव ५ किलोमिटरको ताल बनेकाले सो फुटेर सप्तकोसी नदीमा समेत ठूलो बाढी आउनसक्ने आशङ्का गर्दै कोसी आसपासका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन सुनसरी प्रशासनले आग्रह गरेको हो ।
समितिको बैठकले कोसीमा डुँगा सञ्चालन गर्न रोक लगाउने, गाईबस्तु चराउन नजान अपिल गर्ने, माछा मार्न निषेध गर्ने, आसपासका क्षेत्रमा रहेका वस्तीलार्य उच्च सतर्कताका साथ बस्न र सुरक्षा विकल्पका लागि वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको छ ।
थप समाचार
दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु
- 59 minutes ago

सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ ।
अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने
- 1 hour ago

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि छलफल भएको
२२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने
- 2 hours ago

एजेन्सी । अन्ततः आर्सिनी वेङ्गरको २२ वर्ष लामो आर्सनल बसाई यसै सिजनबाट अन्त्य हुने भएको छ । सन् १९९६ देखि निरन्तर रुपमा आर्सनलको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका वेङ्गर आर्सनलको व्यस्थापक भएपछि १
भिडियो
नेपाल
नारायणगढ-मुग्लिन सडकखण्ड : यात्रा सहज बन्दै, दुर्घटनाकाे जाेखिम बढ्दै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् ।
जीवनशैली
अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।
विचित्र विश्व
२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।
Your Comment