मधेसी एकतामा सरिता गिरीको बिरोधः ‘झाले मलाई सिद्ध्याउन लागे’

काठमाडौं, बैशाख ८ । मधेसकेन्द्रित ६ दलको एकीकरणको भोलिपल्टै त्यसको बिरोध गर्दै मधेसी नेतृ तथा पूर्वमन्त्री सरिता गिरीले नेपाल सदभावना पार्टी ‘ब्यूँताएको’ घोषणा गरेकी छन् ।

 

आफू राजनीतिक गतिविधिमा सक्रिय रहँदैआएको दावी गर्दै उनले यो एकीकरणमा आफ्नो समर्थन नरहेको बताइन् ।

 

‘एकीकरण पूर्वको मूल नेपाल सदभावना पार्टीको नेता र कार्यकर्तासँग केही नसोधी पार्टीको इतिहास र अस्तित्व नै समाप्त गर्ने गरी एकीकरण घोषणा गरिएको छ,’ गिरीले भनेकी छिन् । गिरीले नेपालीपत्रसँग कुराकानी गर्दै अनिल झाले एकीकरणको नाममा पार्टी कब्जा गर्न खोजेको आरोप पनि लगाएकी छिन् ।


उनले भनिन्, ‘अनिल झाले एकीकरणको नाममा पार्टी कब्जा गरे । म लगायत मेरो निकटका साथीहरुलाई सिद्ध्याउन लागे । हाम्रो भुमिका खोसे । त्यसको बिरुद्ध पार्टी फिर्ता पाउँ भनी मुद्धा हालेका थियौँ ।’

डेढ बर्षअघि गिरीले दायर गरेको मुद्दा अहिले पनि बिचाराधिन छ । आगामी जेठमा उक्त मुद्दाको फैसला हुने बताइएको छ ।

 

गिरी अध्यक्ष रहेको नेपाल सदभावना पार्टी र झा नेतृत्वको संघीय सदभावनाबीच एकता भएर नेपाल सदभावना पार्टी बनेको थियो । तर, पार्टी एकताको केही समयपछि नै गिरीले पार्टी परित्यागको घोषणा गरी निस्क्रिय रहेकी थिइन् ।


तर पछिल्ले ८ महिनायता उनी लहान लगायत मधेसका क्षेत्रमा आफूहरु राजनीतिक गतिविधिमा सक्रिय रहँदैआएको बताइन् । गिरीले मधेसी दलहरुको एकतासँगै फेसबुक स्टाटसमार्फत आफ्नो पार्टीको राजनीतिक भेला समेत आयोजना गर्ने बताएकी छिन् ।


उनले आफ्नो पार्टी नेपाल सदभावना पार्टीको नाम र झण्डा कायम राख्न र पार्टीलाई सक्रिय बनाउन फेसबुक स्टाटसमार्फत नै कार्यकर्तालाई निर्देशन समेत दिएकी छन् ।

 



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 1 hour ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 1 hour ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 1 hour ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।