मधेसको माग काँग्रेसले मात्र सम्बोधन गर्न सक्छः महामन्त्री कोइराला

  • सोमबार, १३ बैशाख, २०७३
  • 10 months ago
  • नेपाल

वासिङटन डिसी । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांङ्क कोइरालाले मधेसको माग काँग्रेसले मात्र सम्बोधन गर्नसक्ने बताएका छन् ।

 

अमेरिका भ्रमणका क्रममा आइतबार भर्जिनियामा जनसम्पर्क समिति भर्जिनियाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने – “काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अडानका कारण संविधान जारी भएको हो । सातदशक लामो अथक प्रयासबाट संविधान आएकामा खुसी छु ” कोइरालाले थपे –“अब संविधान आएको छ, यसको कार्यान्वयन गर्ने जिम्मा हामीहरुको हो ।”

 

महामन्त्री कोइरालाले तेह्राैँ महाधिवेशनले काँग्रेसमा ६० र ४० को भागबण्डा अन्त्य गरेको पनि दाबी गरे ।

 

कोइरालाले पार्टीको आन्तरिक संरचनामा परिवर्तन गर्दै प्रविधि मैत्री ढाँचामा अगाडि बढाउनुपर्नेमा जोड दिँदै भने– “अब हरेक गाविसलाई सूचना सञ्जालबाट जोड्न सक्दो प्रयत्न गर्नेछु ।”

 

आफुहरु सरकार हामी सरकार परिवर्तनको पक्षमा नरहेको बताउंदै कोइरालाले व्याप्त कालोबजारी, भूकम्पपीडितको मर्का र दातृनिकाय मार्फत संकलित रकमको उपयोगविहीनताले सरकारको नैतिक आधार गुमेको बताए । रासस


Loading...

Your Comment


भिडियो


Related Post

ओलीको सरकारले मधेसको समस्या समाधान गर्न सक्दैन : गगन थापा

  • 1 year ago
ओलीको सरकारले मधेसको समस्या समाधान गर्न सक्दैन : गगन थापा

महोत्तरी, पुस २३/संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले सम्मानपूर्वक संविधान संशोधन गरेर पूरा गर्नुपर्ने नेपाली कांग्रेसका युवा नेता गगन थापाले बताएका छन् । कार्यकर्ता भेटघाटका लागि बुधबार महो

काँग्रेसले प्रधानमन्त्री ओलीलाई संसदमा सम्बोधन गर्न दिएन

  • 8 months ago
काँग्रेसले प्रधानमन्त्री ओलीलाई संसदमा सम्बोधन गर्न दिएन

काठमाडौं । भूकम्पपछिको पुनः निर्माण कार्य सुस्त भएकोबारे सरकारले जवाफ दिनुपर्ने माग गर्दै बिहिबारको संसद बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रब

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अचानक बेहोस भएपछि अस्पताल भर्ना

  • 8 months ago

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला हिजो बेलुका अचानक बेहोस भएपछि अहिले चावहिल स्थित ओम अस्पतालमा उपचार भइरहेको छ । बेलुका करिब ७ बजे पिज्जा खाएप

hamropatro

नेपाल

आफ्ना कुरा सुन्न प्रधानमन्त्रीलाई संसदहरुको आग्रह

आफ्ना कुरा सुन्न प्रधानमन्त्रीलाई संसदहरुको आग्रह

काठमाडौँ, चैत्र १० । नेकपा माओवादी केन्द्र संसदीय दलका नेताहरुले आफ्ना आवाज सुन्न प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

 

सिहदरवारस्थित संसदीय दलको कार्यालयमा बिहिबार बसेको संसदीय दलको बैठकमा नेताहरुले प्रधानमन्त्री दाहालसँग यस्तो आग्रह गरेका हुन् । बैठकमा नेताहरुले लामो समयपछि मात्रै संसदीय दलको बैठक आह्वान गरिएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने माग राखेका थिए ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

महँगो पर्यो माया–प्रेमीद्वारा एसिड प्रहार

दक्षिणपुर्वी संगम बिहार इलाकामा मायामा धोका भएको भन्दै एक युवकले १८ वर्षीय एक युवतीलाई एसिड हानेका छन् जसका कारण ती युवतीको हालत गम्भिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।