‘प्रोल्लास सिन्धुलिय’लाई साताको साहित्य पुरस्कार

सिड्नी । यस बर्षको साताको साहित्य पुरस्कार कवि प्रोल्लास सिन्धुलियको कविता ‘एउटा प्रश्न पत्र’ लाई प्रदान गरिने कुरा साताको साहित्यडटकमले प्रेस विज्ञप्ति मार्फत सार्बजनिक गरेको छ ।

 

‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१६ देखि जुलाई २०१७ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि नवीन प्यासीको कविता ‘झुसिलकीरा’ र कवि सुशील सुब्बाको कविता ‘आमा, अधुरो यात्रासँगै’ छानिएका थिए ।

 

निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे र निष्प्रभ सजी) ले बहुमतको आधारमा ‘एउटा प्रश्न पत्र’ लाई चयन गरेका हुन् । लेखकले पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नेछन् ।

 

‘असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनिय योगदान दिँदै आइरहेको साताको साहित्य डट कमले हरेक बर्ष आफ्नो वेभसाइटमा अगष्ट देखि जुलाई सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयको आधारमा पुरस्कृत रचनाको छनौट गर्दछ ।

 

यस अघि साताको साहित्य पुरस्कार रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली र बोनम प्रतापका रचनाहरूलाई प्रदान गरिएको थियो ।

 

प्रोल्लास सिन्धुलिय ‘साताको साहित्य पुरस्कार’ प्राप्त गर्ने छैटौँ लेखक हुन् ।



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 16 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 54 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 57 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।