हरियोको महिना साउनः पुरुषभक्ति कि प्रेमको प्रतिक ?

साउन महिना सुरु भएको छ । महिलाहरुले हातमा लगाएका हरिया चुरा र मेहन्दीले प्राकृतिक सौन्दर्यमा थप सौन्दर्य थपेको छ ।

 

साउन महिना प्राकृतिक रुपमा पनि हरियोकै महिना हो । यस समयमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ । नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् ।


वर्षा, प्रेम र झरीको सँगम साउन महिना, महिलाहरुका लागि विशेष महिना । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दी मात्र होईन विवाहित देखि अविवाहित महिलाहरुसम्म सोमवार व्रत बस्ने गर्दछन् । हरेक वर्ष आउने साउन महिना महिलाहरुका लागि विशेष हुने गर्दछ ।


धार्मिक, तथा साँस्कृतिक मान्यता अनुसार साउन महिनालाई महत्वपूर्ण मानिन्छ । हरिया चुरा, पहेलो वस्त्र, हातमा गाढा मेहन्दी त्यसमाथि हरिया पहिरनलाई महिलाहरुको विशेष चाडको रुपमा लिन सकिन्छ । असारमा खेत रोपाईमा व्यस्त हुने महिलहरुले यस समयमा आपसमा खुसीयाली साटफेर गर्ने मौका पाउँदछन् ।


पौराणिक मान्यता अनुसार साउन महिना देवताहरुका पनि देबता महादेब शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । हिमालयन पार्वतीले साउन महिनाभर निराहर रहि कठोर व्रत बसेर भगवान शीवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना बिशेष हुन गयो भन्ने पनि बुढापाकाहरुको मुखबाट सुन्ने गरिन्छ ।

 

हुन त शिवको पूजाआजा बालाचर्तुदशी – मंसिर, माघे संक्रान्ति – माघ, शिवरात्री – फागुन अक्षय तृतीया – बैशाखजस्ता अरु महिनामा पनि विशेष रुपमा हुन्छ । यद्यपि महिनाभरीनै शिवको पूजा हुने महिना भने साउन मात्र हो ।


वर्षायाम चलिरहेको हुँदा शास्त्रमा बताइए अनुसार धान रोप्नु, साउने संक्रान्तिमा लुतो फाल्नु, साउने सोमबमरका दिन ब्रत बस्नु आदि काम भने पिता पुर्खादेखिको विश्वासमा साउन महिनामानै गरिन्छ । विवाहित भए श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति, अविवाहित भए असल श्रीमान पाउने उद्देश्यले साउनभरी भगवान शिवको पूजा – आरधना गरि ब्रत बस्ने गर्छन् । साउने सोमबार बिद्याका लागि पनि राम्रो मानिन्छ ।


शिवजिको पूजा–आरधना गर्दा महिलाहरुलाई असल श्रीमान प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । साउन महिनामा बढी वर्षा हुने, झरी पर्ने र किटाणुको संक्रमण हुने हुँदा तुलो फाल्ने चलन पनि छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु, लसुन एवं उत्तेजित हुने खाना खानु हुदैन ।


यहि मान्यता अनुसार नेपाली महिलाहरुले पनि साउन महिनालाई विशेष चाडका रुपमा मनाउन थालेको हो । साउन महिनामा विशेष गरी शिवको पूरा गर्दछ । अझ बढी साउन महिनाको सोमबार महिलाहरुका लागि विशेष हुने गर्दछ । सोमबार शीवजी प्रशन्न बनाउन पानी पनि नखाइकन व्रत बस्ने गर्दछ ।

 

वर्षा, प्रेम र झरीको संगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागि अर्को महित्वको महिना हो । झरीमा रुझदै हिड्दा छुट्टै आनन्दको अनुभूति पैदा हुन्छ । प्रेमीपे्रमीको जोडीहरुमा नयाँ उमङग छाउँछ । यसबेल्ऽा हाँसेको प्रकृतिको त्यो चम्किलो अनुहारले मानिसमा शक्ति, साहस, सुख प्राप्ति गरिदिन्छ भन्ने एक प्रकारको अनगन्तिी भावहरु रहेका छन् ।


विवाहितहरु आफ्नो सुहाग यथावत् रहोस् भन्ने चाहना अनुसार र सन्तान भएकाहरु उनीहरुको दिर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछ भने अविवाहितहरु असल श्रीमान पाउन् भनेर व्रत बस्ने गर्छन् । साउनको प्रचण्ड गर्मीमा भोकभोकै बसि आफ्नो कुनै प्रवाहनै नगरी व्रत बस्ने, शिवालयहरुमा पूजा गर्ने कामले आत्मिय शान्ति प्राप्त हुने कुरा र भौतिक रुपले हेर्दा पनि उचित नै देखिन्छ, अझ आध्यात्मिक दृष्टिकोणले विशेष महत्व हुनलक्ला ।


वास्तवमा हरियो रंग प्रेम र वातावरणको प्रतिक मानिन्छ । त्यस्तै हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा पुजिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टिका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न सकिन्छ । प्राकृतिक रुपमा साउन महिनालाई हरियालीको उपनाम दिइन्छ । धान रोप्नु, लुतो फाल्नु, शीवको ब्रत बस्नु साउन महिनाको विशेषताको रुपमा लिइन्छ ।


हरियो प्रेम र वातावरणको प्रतिक हो । त्यस्तै रातो सौभाग्यको प्रतीक हो भने पहेलो पवित्रताको प्रतीक मानिन्छ । त्यसैले साउन महिनमा रातो, हरियो र पहेल्ऽो सम्मीश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति गाढा मेहन्दीको रंग बस्यो त्यति नै श्रीमानको माया पाइन्छ भन्ने जनविश्वास नेपाली समाजमा रहेको छ । यसैलाई सावित गदै साउनलाई महिलाहरुको विशेष बनाउन थालेका हुन् ।


सोमबारे ब्रतले महिलाहरुमा आपसी सद्भावको पाठ सिक्ने मौका पाएको छ । भने महिलाहरुबीचको दुरीलाई लामो बनाइदिएको छ । सोमबारको ब्रत भावनाका अतिरिक्त रचनात्मक पनि बनेको छ । त्यस्तै आधुनिकताको पर्याय पनि बनेको छ । हातमा सुन्दर मेहन्दीको रचना गर्नु हाम्रो परम्परा प्रतिको एक हिस्सा हो । श्रीमानप्रतिको प्रगाढ माया र पारिवारीक सुख दिने हुनाल्ऽे अन्य धर्मका जातजातीका महिलाहरु पनि यस चाडलाई सकारात्मक ढङगबाट मनाउन थालेका छन् ।


हरियो वस्त्र, हरियो चुरा, हरियो पोते हत्केलाभरी मेहन्दीले सजिएका किशोर किशोरी, युवती र प्रौढ हरुलाई देख्दा हिन्दु संकार, संस्कृति र विश्वास अझ गाढा बन्दै गएको हामी अनुमान गर्न सक्दछौँ । हरिया चुरा किन लगाउने र लगाउदा के हुन्छ भन्ने थाहा नभएपनि साउन महिना भरि हरिया चुरा र मेहेँन्दी लगाउनेहरु धेरै मात्रामा भेटिने गर्दछ । विवाह गरिसकेकाहरुले आफ्नो श्रीमान्को आयू लामो हुन्छ भनेर र विवाह नगरेकाहरुले असल श्रीमान प्राप्त गर्ने धार्मिक आस्था रहि आएको छ । यस्तै धार्मिक परम्परा र आस्थाका कारण यस महिना भरि नै महिलाहरुले ब्रत पनि बस्ने गर्दछ ।


यो साउन महिनामा हरिया चुरा लगाउनु हातभरि मेहेन्दी लगाउनु र पहेलो वस्त्र लगाएर हिडेनुलाई हामी आफ्नो संस्कृतिप्रतिको सकारात्मक प्रभाव भन्ने ठान्छौ । तर पनि यति साउन महिना भरि मात्र नभई दिनहुँ रुपमा यस्ता पहिरनहरुले सजिदिदा आफ्नो संस्कृति लोप हुने स्थितिमा बच्ने थियो ।

 

साउनमा ब्रत बस्ने कुरा त एक हिसाबले राम्रो कुरा पनि हो । विज्ञानले पनि पुष्टि गरेको छ कि एक स्वस्थ्य मानिस हप्तामा एक दिन ब्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाईदा नै गर्दछ । तर असक्त तथा बिरामी पनि सोमबार भन्दै सकि नसकि ब्रत बसेको देख्दा कता कता काउकुती लागेर आउँछ अनि सहानुभुती पनि हुन्छ उनीहरूप्रति । आँफू अस्वस्थ्य छ भने आखिर ब्रत के का लागि रु यस्ता कल्पित र देखासिकि परम्परालाई हटाएर सभ्य समाजको परिपाटी बनाउनु आवश्यक छ । आफ्नो संस्कृति तथा प्रचलन हो भन्दै अन्धो भक्त भएर अनुशरण गर्नु के उचित हुन्छ र ?



Your Comment

थप समाचार

बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

  • 3 hours ago
बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

लमजुङ समाज यूकेको १० औं वार्षिकोत्सवका लागि बेलायत आउन लागेकी गायिका दुरा यही नोभेम्बर २२ तारिख बुधवार बिहान लन्डन आइपुग्ने कार्यक्रम छ ।

बेलायतका नेपाली इन्जिनियरलाई तालिम

  • 4 hours ago
बेलायतका नेपाली इन्जिनियरलाई तालिम

३० जना बिभिन्न क्षेत्रका इन्जिनियरहरुको उपस्थिती रहेको कार्यक्रममा क्रसरेल प्रोजेक्ट्का बरिस्ठ इन्जिनीयर बिजय बज्राचार्यले तालिम प्रदान गरेका थिए ।

कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

  • 7 hours ago
कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

एजेन्सी । बलिउडमा हाइटका कारण चर्चामा आउने अभिनेत्री पनि रहेका छन् । हाइटका कारण कतिपय हिरोसँग फिल्म खेल्न पनि समस्या पर्ने गरेको छ । बलिउडमा अग्लो हिरो र होची हिरोइनको ट्रेण्ड निकै चर्चीत रहेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

डा. महतलाई बम प्रहार गर्ने विप्लव कार्यकर्ता समातिए

डा. महतलाई बम प्रहार गर्ने विप्लव कार्यकर्ता समातिए

नुवाकोट, मंसिर ४ । प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवार डा. रामशरण महत र प्रदेश नम्बर २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने अभियोगमा नेकपा विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विचित्र विश्व

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् ।