के तपाईं पनि दैनिक सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नुहुन्छ ?

सेल्फी कस्तो देखिएला भनेर तपाईंलाई चिन्ता लाग्छ ? त्यसो हो भने सजग हुनुहोस्, केही वर्षयताका विभिन्न अनुसन्धानले सेल्फीलाई मानसिक अस्वस्थतासँग जोडेका छन् ।


केही समयअघि लण्डनका एक मनोचिकित्सक डा. डेभिड भिलले लगातार सेल्फी खिचिरहनु बानी नभएर ‘बडी डिस्मर्फिक डिसअर्डर’ को लक्षण भएको दाबी गरेका थिए । यसका बिरामीले आफ्नो रुपमा काल्पनिक खराबी देख्छन् ।


उनले भनेका छन्, ‘क्यामेरा फोनको विकास भएयता मकहाँ आउने तीनमध्ये दुई बडी डिसमर्फिक डिसअर्डर भएका बिरामी खुरुखुरु सेल्फी खिच्ने र सामाजिक सञ्जालका साइटहरुमा अपलोड गर्ने इच्छाले ग्रस्त हुन्छन् ।’


यस्तै एक घटनामा बेलायती किशोर ड्यानी बोम्यानले आत्महत्याको प्रयास गरे किनभने उनी आफूले खिचेको सेल्फीमा आफ्नो रुप देखेर असन्तुष्ट भएका थिए । उनी केटीहरुलाई आकर्षित गर्न यति बेचैन थिए कि उनले ‘पर्फेक्ट’ सेल्फी खिच्नका लागि दैनिक १० घन्टाभन्दा बढी समय बिताए र २ सय भन्दा बढी सेल्फी खिचे ।


उनले स्कुल छोडे, घरबाट निस्किन छोडे र अन्ततः आत्महत्याको प्रयास गरे । ‘म निरन्तर पर्फेक्ट सेल्फीको खोजीमा थिएँ । र जब यस्तो सेल्फी खिच्न सक्तिनँ भन्ने महसुस भयो, मलाई मर्न मन लाग्यो,’ ती किशोरको भनाइलाई सन्डे मिररले उद्दृत गरेको छ ।


हालै लण्डनकी एक अर्की मनोचिकित्सक लिन्डा पापाडोपोलसले पनि ‘इटिङ डिसअर्डर’ तथा अन्य मानसिक रोगसँग सेल्फी सम्बन्धित भएको बताएकी छन् । उनका अनुसार सेल्फीका कारण मानिसहरु सामाजिक सञ्जालमा बढी समय बिताउने र आफूलाई एक वस्तुका रुपमा विश्लेषण गर्ने गर्दछन् । उनले मानिसहरुलाई सुन्दरतामा मात्र केन्द्रित नभई अन्य गुणमा पनि ध्यान दिन आग्रह गरेकी छन् ।


‘हामीलाई थाहा छ, ‘बडी इमेज इटिङ डिसअर्डर’ बढेको छ । सहश्राब्दीमा जन्मिएकाहरुमा सबैभन्दा उच्च डिप्रेसन छ,’ उनी भन्छिन्, ‘सेल्फी संस्कृतिमा पहिचानको एडिटिङ र रिएडिटिङ हुने गरेको हामी देख्छौं । गितारको साथमा सेल्फी खिचौं ? खुट्टा देखाउँ कि नदेखाउँ ? यो एपबाट कि त्यो एपबाट ?’


खासगरी किशोरकिशोरी सेल्फीका कारण बढी समस्यामा पर्ने गरेका छन् । सेलिब्रेटीहरुको देखासिकी गर्ने क्रम बढेसँगै यसले ल्याउने मानसिक तनाव पनि बढ्दो छ । यस विषयमा सोसल मिडिया स्टारहरुले पनि सचेतता अपनाउनुपर्ने पापाडोपोलसको भनाइ छ ।


यस्ता समस्याबाट मुक्तिका लागि आपसी कुराकानी सबैभन्दा भरपर्दो तरिका रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सोच्नुस्, पढ्नुस्, कुरा गर्नुस् । यी चीजबाट तपाईंलाई सहज अनुभव गर्न सक्नुहुनेछ ।’



Your Comment

थप समाचार

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

  • 3 seconds ago
पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 9 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 10 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका


Loading...

भिडियो

hamropatro

नेपाल

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि