के तपाईलाई थाहा छ ? यी खानेकुराले अत्याधिक कामवासना बढाउँछ

कतिपय मानसिहरु यौन चाहना नभएको भन्दै चिन्तित हुने गरेका छन् । उपचारका लागि स्वास्थ्य संस्थामा पनि धाउने गरेका छन् । कतिपय भने यस्ता विषयमा नखुल्ने हुनाले यस्ता समस्यामा सधै रुमल्लिरहेका हुन्छन् ।


शरीरलाई स्वस्थ राख्न र कामवासना बढाउन व्यक्तिले प्रयोग गर्ने खाने कुराले महत्वपूर्ण योगदान गरेका हुन्छन् । केही त्यस्ता खानेकुरा हुन्छन जसले कामवासना बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छन ।


नियमित रुपमा केरा खानाले कामवासना बढाउने विभिन्न अध्ययनले देखाएको छ । केरामा भिटामिन ए, बि, सी, पोटासियम लगायतका तत्व प्रसस्त मात्रामा पाइन्छ । भिटामिन बी र पोटासियमले शरीरमा सेक्स हर्मोन बढाउँछ । तसर्थ, केराको सेवनले पनि मानिसमा यौन चाहना बढाउन सहयोग गर्छ ।


त्यसैगरी, लसुनको नियमित सेवनले कामवासना बढाउँछ । लसुनमा पाइने एलिसिन नामक तत्वले यसमा भूमिका निर्वाह गर्ने अध्ययनहरुले प्रमाणित गरेका छन् ।


कुरिलो प्रशस्त मात्रामा पौष्टिक तत्व भएको तरकारी हो । यसले पनि मानिसमा यौन क्षमता बढाउन पनि ठूलो सहयोग गर्छ । यसमा विभिन्न खाले भिटामिनका साथै पोटासियम लगायतका तत्व पनि पाइन्छ । कुरिलोको तरकारी खादा शरीरमा रक्तसञ्चारलाई समेत नियमित र सन्तुलित गराउँछ ।


ओखर मानिसमा कामवासना बढाउने अर्को महत्वपूर्ण खानेकुरा हो । यससँगै, बदाम र काजुले पनि मानिसमा यौन चाहना बढाउन सहयोगगर्ने बताइएको छ ।


चकलेट खादा पनि मानिसमा यौन क्षमतामा वृद्धि हुने विज्ञहरुले बताएका छन् । चकलेटमा फेनिलेथाइलामाइन तथा सेरोटोनिन नामक तत्व पाइन्छ । यसले शरीरमा उर्जा बढाउनुका साथै चरम आनन्द प्राप्तिमा सहयोग गर्छ ।


तराइमा पाइने घुँघीको सेवनले पनि मानिसमा यौनक्षमता बढाउन सहयोग गर्छ । अन्य सी फूडको सेवनले पनि मानिसमा यौनक्षमतामा वृद्धि गर्ने विज्ञहरुले बताएका छन् । 
यसैगरी, तुलसीको पातको रस नियमित खाने गर्नाले मानिको यौनक्षमतामा वृद्धि हुन्छ ।


कतिपय मानसिले खुर्सानी त्यति मन पराउँदैनन् । तर, खुर्सानीको सेवनले पनि मानिसमा कामवासना वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । खुर्सानीमा पाइने क्याप्साइसिन तत्वले यसमा भूमिका निर्वाह गर्छ ।


त्यसैगरी, वाइनको सेवनले महिला र पुरुष दुबैमा कामवासना तथा यौन क्षमतामा वृद्धि गर्ने गर्छ ।

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 57 minutes ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।