भगवान शिवजीकी छोरी पनि थिइन्, चर्चित छन् कुमार र गणेश तर को थिइन् छोरी ?

एजेन्सी । भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ। भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

 

आज हामी तपाईँहरूलाई शिवपरिवारकी पुत्रीको बारेमा जानकारी दिन गैरहेका छौँः

 

भगवान शिव

 

भगवान शिव परिवारका मूख्य सदस्य हुन्। शिवलाई सृष्टिको प्राण मानिन्छ। शिवबिनाको सृष्टि मृत संसार जस्तै हुन्छ, त्यसैकारण नै उनलाई ‘कालको पनि काल( महाकाल’ भनिन्छ।

 

ब्रह्मा, विष्णु र शिवका नामलाई सृष्टि, पालन र संहारसँग जोडिएपनि तीनै तत्व एकै भएको तथा शिवतत्वले पालनपोषणको काम पनि गर्ने भएकाले शास्त्रीय रूपमा शिव तत्वको महत्व बढि छ। शिवले प्राण पनि दिन्छन्, जीवन पनि दिन्छन् र संहार पनि गर्छन्।

 

भगवान शिवकी पुत्री

 

भगवान शिवकी पुत्रीको नाम ‘अशोक सुन्दरी’ हो। पौराणिक कथा र केहि मान्यताका अनुसार, माता पार्वतीले आफ्नो एक्लोपनलाई टाढा राख्नको लागि ‘कल्पवृक्ष’ ९सबैको इच्छा पूर्ण गर्ने रूख० सँग कन्याप्राप्तिको वरदान मागिन्, जसको फलस्वरूप अशोक सुन्दरीको जन्म भयो।

 

अशोक सुन्दरीको विवाह परमपराक्रमी राजा नहूषसँग भएको थियो। माता पार्वतीको वरदानले अशोक सुन्दरी ‘ययाति’ जस्ता वीर पुत्र र सय रूपवती कन्याहरूका माता बनिन्।



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 2 hours ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि