विमानस्थल सुरक्षामा चुनौती खडा गर्ने एक व्यक्तिलाई सेनाले गोली हान्यो

फ्रान्स, चैत । पेरिसको अर्ली विमानस्थलमा सेनाको हतियार खोस्ने प्रयास गर्ने एक युवामाथि सेनाले प्रत्याक्रमण गर्दा आक्रमणकारीको मृत्यु भएको फ्रान्सको गृहमन्त्रालयले जनाएको छ ।

 

शनिबार विमानस्थलमा सैनिकको हतियार खोस्ने प्रयास गरेपछि विमानस्थलमा पुगेका हजारौँ हवाईयात्रु सुरक्षार्थ भागदौड गर्दा विमानस्थलको वातावरण त्रासदीपूर्ण देखिएको थियो भने केहीबेर विमानस्थलका गतिविधि अवरुद्ध बनेका थिए ।

 

घटनामा आक्रमणकारीको मृत्यु भए पनि अन्य कोही पनि घाइते नभएको विमानस्थल स्रोतले जनाएको छ ।

 

फ्रान्समा सन् २०१५ को जनवरीमा इस्लामिक जिहादी समूहद्वारा गराइएका शृङ्खलाबद्ध आक्रमणमा २३० जनाको मृत्यु भएपछि फ्रान्सले सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा विभिन्न स्थानमा तैनाथ गर्दै आएको छ ।

 

फ्रान्समा आगामी अफ्रिल २३ मा राष्ट्रपतिका लागि पहिलो प्रतिस्पर्धा हुँदैछ र यहाँका मतदातामा मतदानमा सहभागी हुने क्रममा सुरक्षाको त्रास कायम रहँदै आएको छ ।

 

बेलायती राजकुमार विलियम र उहाँकी श्रीमती केटको फ्रान्सका लागि भएको औपचारिक भ्रमणको दोस्रो दिन भएको यस आक्रमण प्रयासले पेरिसवासीलाई यसवर्ष फेरि तर्साएको छ ।

 

फ्रान्सका गृहमन्त्री ब्रनोले रेक्सले बताएअनुसार विमानस्थलमा शनिबार मारिएका व्यक्ति पेरिसको उत्तरी क्षेत्रमा प्रहरीमाथि गरेको आक्रमणसँग आबद्ध रहेको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको थियो ।

 

उक्त व्यक्तिले सेनाका एक जवानसँगबाट हतियार खोसी एक पसलमा लुकिरहेका बेला सुरक्षाकर्मीद्वारा गरिएको कारबाहीमा उसको मृत्यु भएको हो । रासस÷एएफपी



Your Comment

Loading...

भिडियो


Related Post

गस्तीमा हिँडेको प्रहरीमाथि गोली प्रहार

  • 1 year ago
गस्तीमा हिँडेको प्रहरीमाथि गोली प्रहार

जुम्ला । सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ । विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा हिजो राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया

प्रधानमन्त्रीले भने, 'राष्ट्रिय सुरक्षाको जग बलियो छ'

  • 1 year ago
प्रधानमन्त्रीले भने, 'राष्ट्रिय सुरक्षाको जग बलियो छ'

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सर्वोपरी राख्ने आधुनिक, सभ्य र लोकतान्त्रिक समाजका मूल्यमान्यतालाई नेपाली समाजले आत्मसात् गरेर राष्ट्रिय सुरक्षामा बलियो जग खडा गरेको बताएका छन् । उनले

ट्रम्पले सिरियाली सरकारविरुद्ध आक्रमण गर्ने आदेश दिए लगत्तै अमेरिकी सेनाले हान्यो ५० क्रुज मिसाइल

  • 2 weeks ago
ट्रम्पले सिरियाली सरकारविरुद्ध आक्रमण गर्ने आदेश दिए लगत्तै अमेरिकी सेनाले हान्यो ५० क्रुज मिसाइल

सिरियामा हालै भएको रासायनिक हतियार आक्रमणमा मर्नेहरुको संख्या बढिरहेको छ । उक्त पिडाबाट गुज्रिरहेको सिरियामाथि विहिबार राति अमेरिकाले ठुलो हवाइ आक्रमण गरेको छ ।

hamropatro


नेपाल

एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

धनगढी, वैशाख १० । पेट्रोलियम पदार्थ भण्डारण गर्न बेला बखत ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा छ ।

 

सात लाख ६० हजार लि क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए पनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले बताए । “निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भयो”, डङ्गोलले भने, “डिजेल भण्डारण गर्ने भनेर खाली गरिएको भए पनि अहिलेसम्म निर्णय हुन नसक्दा ट्यांकी बन्द अवस्थामा छ ।”

जीवनशैली

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।