सिन्धुपाल्चोकमा ‘भीषण भिडन्त’को खतरा, प्रशासन निरीह भएको आरोप

सिन्धुपाल्चोक, कात्तिक २८ । तीनदिन अघि सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा कांग्रेस र बामगबन्धनका कार्यकर्ताबीच हानाहान भयो । कांग्रेस कार्यकर्ता एवम् नामुद डन सगुन श्रेष्ठको कुटाईबाट केही एमाले र माओवादीका कार्यकर्ता घाइते भए । अहिले सिन्धुपाल्चोकका कांग्रेसी युवाहरुको लिड गरिरहेका सगुनले बामगठबन्धनका कार्यकर्तालाई पेस्तोलको नालले मुखमा हिर्काएको घाइतेले बताएका छन् । 

 

यसै पनि सुरक्षाका दृष्ट्रिले संवेशनशील मानिएको सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर एकमा उक्त घटनापछिको स्थिति जटिल बनेको छ । कांग्रेसको तरुण र बामगठबन्धनको बामफाेर्सबीच कुनै पनि गम्भीर प्रकृतिको झडप हुने सम्भावना बढेको बताइएको छ ।

 

कांग्रेसी कार्यकर्ता तथा ‘डन’हरु खुलेयाम हातहतियारसहित चुनावी प्रचार हिँडेको कुराबारे सिन्धुपाल्चोक प्रशासनले पनि जानकारी रहेको बताइसकेको छ । तर, नियन्त्रण गर्न प्रशासनले सकेको छैन । एमाले माओवादीले भने प्रशासन मुकदर्शक बनेको आरोप लगाएका छन् । बहालवाला सञ्चारमन्त्री एवम् उक्त क्षेत्रका कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतको दबावका कारण प्रशासन निरीह बनेको बामगठबन्धनका नेताहरुले बताएका छन् ।

 

चुनाव जित्न जे पनि गर्ने कांग्रेसको रणनीति

 

अति खर्चिलो ढंगलमा चुनावी प्रचारलाई आक्रामक बनाएको कांग्रेसले चुनाव जित्न ‘जे पनि गर्ने’ रणनीति अपनाएको छ । चुनाव जित्न मनी र मसलको व्यापक प्रयोग गर्ने कुरा कांग्रेसी नेताहरुले खुलेयाम बनाउँदै हिँडेका छन् ।

 

सकेसम्म फकाउने, लगाउने र नभए आक्रमणमै उत्रन पनि तयार रहन कांग्रेसले आफ्ना कार्यकर्तालाई कडा निर्देशन दिएको बताइएको छ । त्यस्तै उम्मेदवार बस्नेतले बारम्बार ह्याकुलाले पलेरै चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

 

अग्निको आक्रोशः बस्नेतको जाँङ फटाएर सिस्नोघारीमा फालिदिन्छौं

 

बस्नेतले बारम्बार पेलेरै चुनाव जित्ने बताएपछि आक्रोशित भएका माओवादी नेता एवम् उक्त क्षेत्रका बामपन्थी उम्मेदवार अग्निप्रसाद सापकोटाले ‘यस्तै गरी निहुँ खोज्दै गए बस्नेतको जाँङ फटाएर सिस्नेघारीमा फालिदिने’ बताएका छन् ।

 

सोमबार बाह्रविसेमा बापन्थी युवा दस्तालाई मार्चपास गराएपछिको सभालाई सम्बोधन गर्दै सापकोटाले सिन्धुपाल्चोकको प्रशासन समेत कांग्रेससँग मिलेको आरोप लगाएका छन् । सुकुटे रिसोर्टमा भएको झडपको उजुरी लिन समेत प्रहरीले नमानेको भन्दै आक्रोशित भएका सापकोटाले ‘चुनावपछि पनि जागिर खाने वातावरण बनाउन’ सिन्धुपाल्चोक प्रहरी प्रमुखलाई आग्रह गरे ।

 

युवाहरु ‘झडपका लागि तयार’

 

कांग्रेसका युवा कार्यकर्ताले जे पनि गर्न सक्ने भने पनि बामपन्थी युवाहरुले पनि आफूहरु प्रतिकारका लागि तयार भएको प्रतिक्रिया दिएका छन् । युवासंघ सिन्धुपाल्चोकका अध्यक्ष राजकुमार सुवेदीले भने, ‘हामी सहनसकुन्जेल मात्रै सहन्छौं । हाम्रो धैर्यताको बाँध टुट्यो भने जे पनि हुन सक्छ ।’

 



Your Comment

थप समाचार

प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

  • 9 hours ago
प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

  • 9 hours ago
चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

चितवन, माघ ७ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन’, गत पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं

तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

  • 10 hours ago
तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

चितवन, माघ ७ । तिनाउ विकास बैंक, नारायणगढ शाखाले आफ्नो कार्यालय भरतपुर–१, मेनरोडबाट भरतपुर–३, शहीदचोकमा स्थानान्तरण गरेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

काठमाण्डौ, माघ ७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।