सिन्धुपाल्चोकको मतपेटिका सुरक्षामा शंका बढ्यो, मत प्रभावित पार्न ठूलो चलखेल भइरहेको खुलासा

सिन्धुपाल्चोक, मंसिर १७ । पहिलो चरणमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको सिन्धुपाल्चोकमा मतपेटिकाको सुरक्षामा गम्भीर आशंका उत्पन्न भएको उम्मेदवार तथा विभिन्न पार्टीका नेता÷कार्यकर्ताले बताएका छन् । खासगरी कांग्रेस गठबन्धनका उम्मेदवारहरुले विभिन्न प्रलोभनमा मतपेटिका नै हेरफेर गर्ने चलखेल गरिरहेको वामपन्थी गठबन्धनका उम्मेदवार तथा कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

 

सत्ता र शक्तिको दूरुपयोग गरी कांग्रेस गठबन्धनका उम्मेदवारले प्रशासनलाई नै प्रभावित पार्ने प्रयास गरेको सूचना प्राप्त भएको वामपन्थी गठबन्धनका नेता तथा कार्यकर्ताले बताएका छन् । विश्वस्थ सूचना स्रोतका आधारमा मतपेटिका हेरफेर गर्ने प्रयास भइरहेको स्रोतको दाबी छ । मतपरिणाम प्रभावित हुनेगरी मतपेटिका हेरफेर गर्न करोडौं रुपैयाँको चलखेल भइरहेको बताइएको छ ।

 

वामतालमेलपछि सिन्धुपाल्चोकका सबै अर्थात् ६ वटै निर्वाचन क्षेत्रमा वामगठबन्धनको जित निश्चित भएपछि कांग्रेस गठबन्धनले मतपेटिका नै यताउता पर्नेगरी चलखेल गरेको आरोप लगाइएको छ ।

 

यसअघि पनि सिन्धुपाल्चोकको मतपेटिका सुरक्षामा शंका भएपछि जिल्ला सुरक्षा समितिको वैठक बसेर मतपेटिकाको थप सुरक्षा योजना बनाइएको थियो । खासगरी सिन्धुपाल्चोकका एसपी मोहन पोख्रेललाई विगतदेखि नै कांग्रेसलाई सहयोग गर्दै आएको आरोप लागेको थियो ।

 

पहिलो चरणअन्तर्गत ३२ जिल्लामा भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमध्ये सिन्धुपाल्चोकको निर्वाचनलाई खासचासोका साथ हेरिएको छ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर एकमा पूर्वसञ्चारमन्त्री एवम् माओवादीका प्रभावशाली नेता अग्निप्रसाद सापकोटा र बहालवाला सञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतबीच चुनावी प्रतिस्पर्धा भएको छ । त्यस्तै दुई नम्बर निर्वाचन क्षेत्रमा राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणा र एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङबीच चुनावी प्रतिस्पर्धा भएको छ ।

 

त्यस्तै प्रतिनिधिसभा १(१)मा बामगठबन्धनका उम्मेदवार एवम् एमाले पोलिट्ब्युरो सदस्य अरुण नेपालसँग कांग्रेस गठबन्धनबाट व्यापारी विष्णु खत्री, १(२)मा वामगठबन्धनबाट एमालेका लोकप्रिय नेता सरेश नेपालसँग कांग्रेसी गठबन्धनबाट व्यापारी राजेन्द्रकुमार श्रेष्ठले चुनावी प्रतिस्पर्धा गरेका छन् ।

 

प्रतिनिधिसभा २(१)मा वामगठबन्धनबाट माओवादीका युवा नेता युवराज दुलालसँग कांग्रेसका विकास लामा र २(२)मा माओवादी नेता दावा लामासँग कांग्रेस गठबन्धनबाट निमा लामाले चुनाव लडेका छन् ।

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।