रौनक शिवरात्रिको...

  • मंगलबार, १ फागुन, २०७४
  • 1 week ago
  • नेपाल

 

काठमाडौँ , फागुन १ । महाशिवरात्रि पर्वका अवसरमा आज यहाँका प्रसिद्ध शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

 

सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरका चारै ढोका त्यहाँको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुला राखेको छ ।

 

लाम बसेको एक घण्टामै सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको समितिका वरिष्ठ उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।


भक्तजनका लागि डोलेश्वरकोे पञ्चस्नान गर्न र चारै प्रहर पूजा गर्न सशुल्क व्यवस्था गरिएको जानकारी दिए । स्वयंसेवकका रुपमा नेपाल स्काउट र सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । मन्दिरमा स्वास्थ्य शिविर पनि आयोजना गरिएको छ ।

 

महाशिवरात्रि पर्वका लागि भारतबाट आएका ४०० नागा बाबा एवं साधुसन्तलाई खानेबस्ने व्यवस्थाका साथै धुनी बाल्न दाउराको व्यवस्था गरिएको छ ।

 

बुधबार बिदाइ गरिने जोगीहरुलाई दक्षिणास्वरुप ‘क’ वर्गकालाई रु एक हजार १११, ‘ख’ वर्गकालाई रु ७७७ र ‘ग’ वर्गकालाई रु ५५५ सहित एक एक थान कम्बल एवं धोती दिइनेछ ।

 

आशापुरीमा मेला

 

परापूर्वकालदेखि नै मनको इच्छा पूरा गर्ने महादेवका रुपमा परिचित सिपाडोलको प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि आज दर्शनार्थीको घुइँचो लागेको छ ।

 

काभ्रेपलाञ्चोकको सिमाना नैचालसँग जोडिएको आशापुरी महादेव मन्दिरमा आज दर्शनार्थीका साथै रुद्री पाठ र होम गर्नेको समेत भीड लागेको छ । सहज दर्शनका लागि स्वयंसेवक परिचालन गरेर व्यवस्थापन गरिएको छ ।

 

आशापुरीसम्म कालोपत्रे सडकको पहुँच पुगेपछि दर्शनार्थीको भीड बढेको छ । डोलेश्वर आउने भक्तजन आशापुरी र आशापुरी आउने भक्तजन डोलेश्वर आउने भएकाले पनि दुवै मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको बताइएको छ ।

 

कैलाशनाथमा उस्तै

 

सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित कैलाशनाथ महादेव मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।

 

एक सय ५५ फिट अग्लो कैलाशनाथ महादेव मन्दिरमा दर्शनार्थीको भीडलाई ध्यानमा राखी दोहोरो आवागमनको व्यवस्था गरिएको सञ्चालक कमल जैनले जानकारी दिए ।

 

उनले भने, “विगत वर्षमा जस्तै यस वर्ष पनि एक लाख दर्शनार्थी आउने अनुमान गरेर सहज रुपमा दर्शन गर्ने व्यवस्था गरिएको छ, ।

 

भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेका छौँ ।” महाशिवरात्रि, संक्रान्ति र मंगलबार एकैदिन परेकाले आजको दिनलाई यहाँ विशेष दिनका रुपमा लिइएको छ ।

 

शिवालयमा दर्शनार्थीको भीड


महाशिवरात्रिका अवसरमा आज पोखरा र आसपासका शिवालयमा दर्शनार्थीको भीड लागेको छ ।

 

बिहानैदेखि पोखरा र आसपासका छोरेपाटनस्थित गुप्तेश्वर महादेव मन्दिर, विन्ध्यवासिनी परिसरस्थित शिवालय, भलामस्थित हरिहर महादेव मन्दिर, भरतपोखरी सिलिङ्गेस्थित सिद्देश्वर महादेव मन्दिर, मासबारस्थित पुस्करेश्वर महादेव मन्दिरलगायतका शिवालयमा दर्शनार्थीको भीड लागेको हो ।

 

महाशिवरात्रिका दिन भगवान् शिवलाई जल र गाईको दूध चढाएमा मनोकांक्षा पूरा हुने जनश्विास छ ।

 


सामाजिक सद्भाव, सुख शान्ति र समृद्धिको कामना गर्दै सिलिङ्गे महिला चेतना समूहले आज बरमाझथरस्थित सिद्धेश्वर शिव मन्दिरमा सामूहिक रुद्री लागाएको समूहकी अध्यक्ष कर्णकुमारी महतले जानकारी दिए ।


नागेश्वर र वाणेश्वरमा भीड


महाशिवरात्रिका अवसरमा कामपा–३२, पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर र बालाजु गोलढुङ्गास्थित वाणेश्वरमा आज बिहानैदेखि भीड लागेको छ ।

 

सो शिवालयमा भारतीय साधुहरुको पनि सहभागिता रहेको नागेश्वर तथा वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताए ।

 

तीन सय वर्ष पुरानो नागेश्वर (गर्ग ऋषिले तपस्या गरेको स्थल)मा दर्शन गर्नाले कालसर्प दोष र मुद्दामामिलाजस्ता झण्झट हट्ने तथा वाणेश्वर (पुरानो मृगस्थली पनि भनिने वाणासुरले तपस्या गरेको स्थल) मा दर्शन गर्नाले आसुरी प्रवृत्ति हट्ने मान्यता रहेको बताए । नागेश्वर तीन सय वर्ष र वाणेश्वर वर्ष पुरानो मन्दिर मानिन्छन् ।

 

शम्भुनाथ मन्दिरमा भीड


हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा जिल्लाका शिवालयमा आज बिहानैदेखि हिन्दूधर्मालम्बीको भीड लागेको छ ।

 

शम्भुनाथ नगरपालिकास्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको शम्भुनाथ महादेव मन्दिरमा पनिआज बिहानैदेखि पूजार्चनाका लागि भीड लागेको छ ।

 

आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिष्ठान्न तथा फलफूलसहित रंगीचंगी लुगा लगाई महिला, पुरुष, बालबालिका र वृद्धवृद्धा शम्भुनाथ मन्दिरमा दर्शनका लागि लामबद्ध छन् ।

 

विभिन्न ध्वजापताकाले सिँगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको विहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत शहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी आज बिहानै सहभागी भएका छन्् ।

 

त्यस्तै राजविराज नगरपालिका– १ मा रहेको शिव मन्दिर, महदेवा गाउँपालिकास्थित शिव मन्दिर, हनुमानगर कंकालनी नगरपालिका – २ मा रहेको महादेव मन्दिर तथा कञ्चनरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

 

महाशिवरात्रिमा पशुपतिमा भक्तजनको भीड

 

सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

 

बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए ।


पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

 

दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ । यसवर्ष कति भक्तजनले दर्शन गरे भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह खटाइएको कोषले जनाएको छ ।


यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।



Your Comment

थप समाचार

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 8 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 9 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका

यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

  • 16 minutes ago
यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

एजेन्सी । बलिउड अभिनेत्रीहरुको फिल्मी उद्योगमा लामो यात्रा गरिसकेका छन् । अब उनीहरु फिल्ममा बोल्ड सिन दिन पनि पछि पर्दैनन् ।


Loading...

भिडियो

hamropatro

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि