नेपालः जुन देशको आकाश नै आफ्नो छैन

काठमाडौं, साउन २४ । हामी आफ्नो भूगोलमाथि आफ्नो ठानेर आकाश हेछौं र देखिदा हाम्रो आकाश छ पनि । तर, उपयोगिताको सिद्धान्तमा हामी आफ्नो आकाशविहीन छौं र हामीसँग हाम्रो आकाश छैन । यसको अर्थ नेपाल देशको आकाश छ तर उपयोगिताहीन । बेबारिसप्राय । प्राकृतिक स्रोतकै रुपमा हामीसँग हाम्रो आकास उपयोगको अधिकार छ तर हामी बर्षौवर्षदेखि आफ्नो अधिकारको न त उपयोग गर्नसकेका छौं न त रक्षा नै । जो हाम्रो आफ्नो कमजोरी हो ।

 

नेपालको भूगोलको आधारमा संयुक्त राष्ट्र संघ अन्तर्गतको इन्टरनेशनल टेलिकम्युनिकेशसन युनियन (आइटियु) ले अन्तरिक्षमा नेपालको स्पेशबारे पहिचान गरेको छ तर बर्षौ अघिदेखि उपलब्ध यो स्पेश, यो अधिकार: देशले उपयोगमा ल्याउन सकेको छैन न त सुरक्षित नै राख्न सकेको छ । यसकारण नेपाललाई आर्थिक ब्ययभार निकै बढिरहेको छ, प्रबिधीको उपयोगितामा असर परिरहेको छ र सुरक्षामा मामिलामा समेत गम्भीर असर परिररहेको छ । अर्थात् नेपालले आप्mनो आकासीय स्पेशको उपयोग गरेर अन्तरिक्षमा आप्mनै स्याटेलाईट राख्न नसक्दा यसबाट देश र नागरिकका जीवनमा गम्भीर प्रकृतिका असरहरु परिरहेको छ ।

 

स्थिति यतिसम्मको छ कि, नेपालमा ककस्ले, के के प्रयोजनका लागि, आकाशलाई माध्यम बनाएर यसको दुरुपयोग गरिरहेको छ भन्ने तथ्यवाट समेत सरकार बेखबर छ । आइटियुले नेपाललाई ५० डिग्री इस्ट र १२३ दशमलव ३ डिग्री इष्टमा स्याटेलाइट राख्ने स्पेश उपलब्ध गराएको छ । तर, नेपालले यो स्पेश उपयोग गर्न सकेको छैन ।

 

भूगोल अनुपातमा आफ्नो आकाशीय अधिकार पाए पनि नेपालले आप्mनो अन्तरिक्षस्पेश उपयोगमा अ िसमान्य पनि काम गर्न सकेको छैन । यसबाट नेपालको आकाश बेबारिसप्रायको स्थितिमा खेर गइरहेको छ ।

 

 

गम्भीर गम्भीर असर

 

देशको सुरक्षा मामिलामा गम्भीर असर परेसँगै बार्षिक अरबौंअरब रकम यही प्रयोजनका लागि विदेश गइरहेको छ । विश्वमा नेपाल मात्रै यस्तो देश हो, जसलाई जुनसुकै देशको स्याटेलाइट प्रयोग गर्न छुट छ । अन्य देशमा जथाभावी स्याटेलाइट प्रयोग गर्नु अपराध मानिन्छ तर नेपालमा यससम्बन्धी नियमकानुन नहुँदा कस्ले कुन कुन देशका स्याटेलाइट प्रयोग गरिरहेको छ ? यसबारे सरकार नै अनभिज्ञ हुँदा आर्थिक क्षति मात्रै होइन देशकै सूचनाको स्रोत समेत चुहावट भइरहेको छ ।

 

इन्टरनेट प्रविधिको किनवेचमा अहिले धेरै दलालहरु नेपालमा सक्रिय छन् । अहिले एसिया स्याट, थाइकम, एपीस्टार, इन्टेल स्याटजस्ता कम्पनीहरुलाई नेपालले वार्षिक अरबभन्दा बढी रकम बुझाइरहेको छ । स्याटेलाइटको शुल्कबापत नेपालमा सन्चालित टेलिभिजनहरुले मात्रै बार्षिक अर्ब भन्दा बढी रकम तिर्ने गरेको मन्त्रालयको अध्ययनले देखाएको छ । त्यस्तै इन्टरनेट सेवाप्रदायक विभिन्न कम्पनीले व्याण्डविथबापत विदेशी कम्पनीलाई बार्षिक ५ अर्ब भन्दा बढी रकम तिर्ने गरेका छन् ।

 

विदेशबाट सञ्चालन भएका वेबसाइट नेपालमा खोलेपछि ब्यान्डविथको शुल्क विदेश पठाउनुपर्ने हुन्छ । सामाजिक सञ्जाल, इमेल, भिडियो उपलब्ध गराउने लगायतका अधिकांश वेबसाइट विदेशी छन् । नेपालले स्याटलाइट र अप्टिकल फाइबरको माध्यमबाट ब्यान्डविथ प्रयोग गर्दै आएको छ । इन्टरनेट सेवामा ठूलो हिस्सा राख्ने नेपाल टेलिकम, एनसेल, डिस होम, सफ्टवेयर कम्पनीहरुले अलगै अरबौ रकम तिरिरहेका छन् ।

 

इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या बढ्दै गएपछि बढी ब्यान्डविथ खरिद गर्ने क्रम बढ्दै गएको छ । जस्ले नेपालबाट धेरै धेरै ठूलो रकम विदेशिएको छ । अर्को सवाल, राष्ट्रको सुरक्षामा समेत आप्mनो आकाशको उपयोग नहुदा गम्भीर असर परिरहेको छ । साथै भने देशबाट भइरहेको यति ठूलो क्षति, असर वा हानीबारेको जानकारी भएर पनि नेपालको कुनैपनि सरकारलाई केही पनि मतलब भएन । यसको कारण हो, सरकारमा आउनेहरु जान्दैनन्, कानुन नै छैन वा यी सव थाहा भएर पनि केही गर्न नसक्ने अवस्थामा छ देश ।

 

पहल मात्रै

 

नेपालले आप्mनो आकाशमा स्याटेलाइट राख्ने प्रक्रियालाई बर्षौ पहिले देखि नै अगाडि बढाएको हो तर यो प्रयास सिर्पm झारा टार्ने प्रकृतिको भन्दा माथि उठ्न सकेको छैन । २०५१ सालमा झलनाथ खनाल सञ्चारमन्त्री हुँदा जेनेभामा भएको आइटियुको सम्मेलनमा उनले नेपालको अर्विटल स्लट प्रयोग गर्ने विषय उठाएका थिए । तर उनी सरकारबाट हटेपछि अर्विटल स्लट प्रयोग गर्ने विषय पनि पछाडि धकेलिएको थियो ।

 

त्यसपछि सन् २००० ताका सञ्चार राज्यमन्त्री रहेका दिलेन्द्र बडुले यो विषयलाई अगाडि ल्याएका थिए तर यो पनि उनी जिम्मेवारीबाट बाहिरिएसगै पछि हट्यो । त्यसपछि तत्कालिन सञ्चारमन्त्री राजकिशोर यादवले अर्विटल स्लट प्रयोगमा ल्याउने विषयलाई राजनीतिक नाराकै रुपमा अगाडि बढाए तर पनि अहिलेसम्म अर्विटल स्लट प्रयोगमा आउन सकेको छैन । शंकरप्रसाद कोइराला अर्थमन्त्री हुँदाताका पनि यो मुद्दा उठ्यो तर दीर्घकालीन बिषय भएको भन्दै चुनावी सरकार सञ्चारमन्त्री माधव पौडेलले यसलाई अगाडि बढाएन् ।

 

सरकारले अर्विटल स्लटलाई प्रयोगमा कसरी ल्याउन सकिन्छ भनेर सन्चार मन्त्रालयका सहसचिव नारायणप्रसाद सन्जेलको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले अर्विटल स्टलको प्रयोगलाई राष्ट्रिय योजनाकै रुपमा अगाडि बढाउनु पर्ने, अलगै प्रशासनिक संरचना बनाइनु पर्ने, बजेट ठूलो खर्च लाग्ने भएकाले अन्र्तराष्ट्रिय परामर्शदाता नियुक्त गरि यसको व्यवसायिक र व्यहारिक सम्भाव्यता अध्ययन गरिनुपर्ने, निजी क्षेत्रसँग मिलेर सरकार अगाडि बढ्नुपर्ने तथा आइटियुले उपलब्ध गराएको स्पेश उपयुक्त छ या छैन भन्ने बिषयमा विस्तृत अध्ययन हुनुपर्ने सुझाव दिएको छ ।

 

यसरी अहिलेसम्म नेपालले आप्mनो आकाश उपयोग गर्नेबारे औसत पहल र छलफल मात्र गरिरहेको छ, पटक पटकका मन्त्रीहरुले औसत गन्थन गरेपनि नेपालले अन्तरिक्षमा आप्mनो स्याटेलाइट राख्नेबारे गहकिलो प्रयास नगरेबाट हाम्रो आर्थिक क्षति भ्mन् झन् बढिरहनेछ, राष्ट्रिय सुरक्षा झन् खतराउन्मुख छ र हामी संसारको परिवर्तनको कुनैपनि गतिमा समेटिन नसक्नेगरी खुम्चिदै गइरहेका छौं ।

 

बिषयमा पहल मात्रै गरिरहेको छ भएको छ यसका लागि सार्थक पहल हुन जरुरी छ । देशको सुरक्षासँगको गभ्भीर मामिला पनि सरकार सचेत र सतर्क बनेको छैन ।

 

 



    Your Comment

    थप समाचार

    बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

    • 37 minutes ago
    बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

    स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

    आजबाट राजधानीमा साफ यू १५ फुटबल

    • 55 minutes ago
    आजबाट राजधानीमा साफ यू १५ फुटबल

    काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

    उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

    • 1 hour ago
    उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

    बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

    साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

    काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

    जीवनशैली

    यी हुन् भिन्टी खाँद हुने सात फाइदा

    यी हुन् भिन्टी खाँद हुने सात फाइदा

    भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

    विचित्र विश्व

    कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

    कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

    एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।