युनिभर्सिटी अफ सफोकका कोर्सहरु अब साउथ लण्डन एकेडेमीमा

अगस्ट २२ मा 'ओपन डे'

  • शनिबार, २८ साउन, २०७४
  • 5 days ago
  • युके

लण्डन । लण्डनको वीलवीचस्थित साउथ लण्डन एकेडेमीमा अब युनिभर्सिटी अफ सफोकका कोर्सहरु पनि सञ्चालन हुने भएका छन् ।


युनिभर्सिटीसंगको प्रत्यक्ष सहकार्यमा ती कोर्सहरु सञ्चालन गर्न लागिएको एकेडेमीले जनाएको छ ।


एफडिए हेल्थ केयर प्राक्टिस (एक्युट केयर), एफडिए हेल्थ केयर प्राक्टिस (लंग टर्म केयर), बिए अनर्स बिजनेस म्यानेजमेन्ट लगायतका युनिभर्सिटी कोर्स अब साउथ लण्डनमा अध्यापन गराइनेछन् ।

 

यी कोर्सहरु सरकारबाट 'फण्डेड' भएकाले 'होम स्टुडेण्ट' (बेलायतको स्थायी बसोबास अधिकार भएका विद्यार्थी )हरुको लागि 'स्टुण्डेन्ट लोन' को समेत व्यवस्था हुन्छ ।

 

यहि अक्टोबर सेसनबाट यी कोर्सहरु सञ्चालन हुनेछन् भने आउंदो वर्षको जनवरीबाट थप कोर्सहरु पनि सञ्चालन गर्ने तयारी साउथ लण्डन एकेडेमीको छ ।

 

युनिभर्सिटीको प्रत्यक्ष सहभागितामा नै यी कोर्सहरु सञ्चालन हुने एकेडेमीले बताएको छ । जसका लागि युनिभर्सिटीका प्रोफेसरहरु नै साउथ लण्डन एकेडेमीमा आएर कक्षाहरु सञ्चालन गर्नेछन् ।


यी युनिभर्सिटी कोर्सहरु गर्ने विद्यार्थीहरुलाई सफोक युनिभर्सिटीको मुख्य क्याम्पसका सबै रिसोर्स हरुमा पनि पूर्ण पहुंच रहनेछ ।


यसैबीच यीनै कोर्सहरुबारे थप जानकारी गराउने उद्धेश्यले यहि अगस्ट २२ तारिख मंगलबार दिउंसो ३ देखि ५ बजेसम्म साउथ लण्डन एकेडेमीमा 'ओपन डे' सञ्चालान हुंदैछ । त्यस अवसरमा युनिभर्सिटीकै कर्मचारी तथा प्राध्यापकहरु आएर कोर्सहरुबारे विस्तृत जानकारी गराउने कार्यक्रम छ । सो कार्यक्रममा सहभागी हुन ईच्छुक सबैलाई साउथ लण्डन एकेडेमीले आव्हान गरेको छ ।



    Your Comment

    थप समाचार

    बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

    • 30 minutes ago
    बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

    स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

    आजबाट राजधानीमा साफ यू १५ फुटबल

    • 48 minutes ago
    आजबाट राजधानीमा साफ यू १५ फुटबल

    काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

    उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

    • 1 hour ago
    उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

    बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

    साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

    काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

    जीवनशैली

    यी हुन् भिन्टी खाँद हुने सात फाइदा

    यी हुन् भिन्टी खाँद हुने सात फाइदा

    भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

    विचित्र विश्व

    कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

    कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

    एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।