पृथ्वीनारायणसँग जोडिएको एउटा चर्चित कविताः बीसे नगर्चीकाे बयान

मालिक !

म यो गोरखा राज्यमा

अढाइ सय वर्षपछि बौलाएँ

मेरो टाउको फनफनी घुमिरहेछ

जमिन आकाशतिर

आकाश जमिनतिर भइरहेछ

आँखा तिरमिर तिरमिर भएर

हजूरको शिर दशवटा देखिरहेछु

खोइ मेरो पैताला कहाँनिर छ

कहाँनिर छ बीसे नगर्ची

 


मालिक !

म बौलाएँ

मैले त महाराजको सेवा गर्नुपर्ने

इतिहासको रक्षा गर्नुपर्न

यो गोरखकालीको पाऊ छोएर

नुनको सोझो हुनुपर्ने

अढाइ सय वर्षपछि आज के भयो मलाईरु

यो बीसेलाई दशा लाग्यो मालिक१

म बौलाएँ !

 

नाथे मेरी स्वास्नी न हो मारिएकी

नाथे मेरी छोरी न हो बलात्कृत भएकी

नाथे यो बीसेको झुप्रो न हो जलाइएको

यतिमै यो बीसे उफ्रिनु पर्ने

थुइक्क बीसे !

 

म बौलाएँ मालिक !

म बौलाएँ

मेरो हात भाँचियो

अब म हजूरका भारदारहरुलाई लवेदा सिउन सक्दिनँ

नर्सिङ्गा फुक्न, सनाइ बजाउन

अथवा कुनै मङ्गलगान वा मृत्यु गीत गाउन सक्दिनँ

मेरो खुट्टा भाँचियो

अब म हजूरको राज्यको पहरा गर्न सक्दिनँ

मेरो दिमागै ठीकमा छैन

अब म ठीक्कले बोल्न सक्दिनँ

मालिक ! म बौलाएँ

 

मालिक !

यो गोरखा राज्य अघि उभिएका

हिजोका ती अग्ला अग्ला पहाडहरु

आज कसरी यस्तरी होचाहोचा भए ?

हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरु

आज कसरी यस्तरी खुनी र कुरुप भए ?

दरौदी किन उल्टो बगेको देख्छु ?

यो दरबारै किन खण्डहर जस्तो देख्छु ?

म बौलाएँ मालिक ! म बौलाएँ !

 

मालिक !

हजूरको तरवारले टाउको काट्छ कि फूल

भ्रममा परें म।

हजूरको बन्दुकले विचार ढाल्छ कि मान्छे

भ्रममा परेँ म।

यसलाई प्रजाले बनायो कि राजाले

भ्रममा परेँ म।

अढाइ सय वर्षदेखि म तपाईँसमक्ष छु मालिक

म कसरी आतङ्ककारी हुन सक्छु

म केवल बौलाएँ मालिक

बौलाएँ

हो, मैले मालिकको दिव्योपदेश पालन गरिन हुँला

रक्सी खाएर

यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला

भानुभक्त बाजेको गीत र मेरा सियो बराबर हो भनेँ हुँला

मैले सिएको सुकिला लुगा ओढेकाहरुलाई

मेरो नाङ्गो आङ देखाएँ हुँला

बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुँला

 

मालिक

मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ

अढाइ सय वर्षेखि मैले तुनेका थाङ्नामा हुर्केका

मेरा दर सन्तानहरु कहाँकहाँ पुगे

मैले

खोज्न चाहे हुँला

मेरा औंलामा खोपिएका छ्यान्द्रा रगतहरुले मलाई

उक्सायो

तरबारले आर्जेको मुलुकभन्दा

मैले धागोले उनेको मुलुक विशाल ठानेँ हुँला

 

मालिक

यस माटोको इतिहाससँगै म हजूरको राष्ट्रमा छु

म कसरी अराष्ट्रिय हुन सक्छु

म साँच्चै बौलाएँ मालिक

साँच्चै बौलाएँ

मेरो टाउको फनफनी घुमिरहेछ

जमिन आकाशतिर

आकाश जमिनतिर भइरहेछ

आँखा तिरमिर तिरमिर भएर

हजूरको शिर दशवटा देखिरहेछु

खोइ मेरो पैतला कहाँनिर छ

कहाँनिर छ बीसे नगर्ची

 

मालिक

म बौलाएँ !



Your Comment

थप समाचार

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

  • 2 minutes ago
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 36 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

  • 38 minutes ago
जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।