पृथ्वीनारायण शाहः नायक कि खलनायक ?

नेपाल राज्यको अस्तित्व पृथ्वीनारायण शाह जन्मनु भन्दा धेरै अगाडी देखि थियो । प्राचिन धर्म ग्रन्थ, शिलालेख र पुराणहरुलाई आधार मान्ने हो भने इशापूर्व ५ सय देखि ६ सय पूर्व नै यसको स्थापना भएको हो भन्ने पुष्टी हुन्छ । नेपालको अस्तित्व चाहे त्यो कौटिल्यको अर्थशास्त्रमा होस् वा महाभारतको वनपर्वमा प्रष्टसँग वर्णन गरेको पाइन्छ । त्यतिमात्र हैन भारतीय सम्राट समुन्द्र गुप्तले इलाहावाद अभिलेखमा नेपाल भिन्दै राज्य हो भनेर उल्लेख गरेको पाइन्छ ।

 

नेपाललाई सत्ययुगमा सत्यावती, त्रेतायुगमा तपोवन, द्वापर युगमा मुक्तिसोपान र कलियुगमा नेपाल भनिएको हो भन्ने कुरा पौराणिक ग्रन्थहरुमा वर्णन गरेको पाइन्छ । इतिहासमा २५०० वर्ष अगाडि नै किराँतहरुले, त्यसपछि लिच्छिविहरूले, अनि मल्लहरुले शासन गरेको इतिहास हामीकहाँ छ । त्यसपछि शाहहरूको उदय हुन्छ । त्यसैले राजा पृथ्वीनारायण शाह नेपालका न पहिलो राजा हुन् न त अन्तिम नै । तर उनी आधुनिक नेपालको जग बसाउने चैँ पहिलो राजा हुन् । त्यसमा दुईमत छैन ।

 

माथिको परिचयपछि उनीमाथि लागेका आरोपहरू हेरौं । ति जायज छन् वा छैनन् ? आज एउटा अचम्मलाग्दो प्रश्न नेपाली समाजमा र राजनैतिक वृतमा उब्जिएको अझ भनौँ उब्जाएर प्रयोग गर्न खोजिएको छ । त्यो हो पृथ्वीनारायण शाहको अस्तित्व माथि प्रश्न चिन्ह ।

 

नेपालको जग बसाउने वा एकीकरण गर्ने कर्ता माथिको आक्रमण र दुइसय पचास बर्ष देखि अनवरत एउटा स्वत्रन्त्र र सार्वभौम रूपमा आफ्नो अस्तित्व बचाई राख्न सफल नेपाल राष्ट्रको जगमाथि आजको दिनमा प्रश्न चिन्न खडा गरिएको छ । यसको अस्तित्वमा धावा बोल्न लगाउने काम भएको छ ।

 

रुखको हाँगामा बसेर फेद काट्ने काम आजका अदूरदर्शी राजनैतिक नेतृत्वले गर्दैछ । जुन कुरा देश र जनताका लागि अपाच्य, सार्वभौमिकताका लागि खतरा, आन्तरिक राजनीतिमा कलह, उत्ताउलो जातीय राजनीति र त्यसको अतिवाद, क्षत्रीय राजनीतिमा अस्थिरता निम्त्याउने संकेत समाजमा देखिइसकेको छ ।

 

यसले नेपाली समाजको अनेकता माथिको एकतामा धावा बोलेको छ । राष्ट्रियतालाई कमजोर बनाउने काम गरेको छ । विभिन्न जात जातिहरूको सम्बन्धको कडीलाई खुकुलो बनाइदिएको छ । समुदायहरूबीचको सद्भाव बिथोलिदिने काम गरेको छ ।

 

समाजमा स्थापित मूल्य र मान्यताहरू बन्नका लागि शताब्दी लाग्छ तर भत्किनलाई निमेष पनि लाग्दैन । परिणामको हेक्का नराखी गरिएको कामले भविष्यमा सद्भाव भन्दा उद्दण्डता निमत्याउने भय हुन्छ ।

 

आजको नेतृत्वले के हेक्का राख्नु पर्छ भने नेपाली जनताले इतिहासमा गरेका सबै आन्दोलनहरू निरंकुशताको विरुद्धमा, अधिकार र स्वतन्त्रताका पक्षमा थिए । चाहे त्यो २००७ सालको राणाविरोधी आन्दोलन होस्, २०१७ को कु विरुद्ध होस्, २०३६ को जनमत संग्रह होस्, २०४६ को आन्दोलन, माओवादी विद्रोह, २०६२–६३ को आन्दोलन होस् वा मधेस आदोलन । यी आन्दोलनहरुले यो देशको एकीकरणकर्तालाई मान्नु हुदैँन भनेर कहाँ निर भन्यो ?

 

दुई चारजना जसले भने तिनीहरु गलत थिए । प्राचिन सम्पदा र मूर्तिहरू भत्काउनुपर्छ भनेर कसले भन्न सक्छ ? के एक मुट्ठी मानिसका लागि मात्रै पृथ्वीनारयाण शाह नायक हुन् अनि अरूका लागि खलनायक हुन् ? ऐतिहासिक सम्पदालाई संरक्षण गर्ने कि नामेट पार्ने ? इतिहास बिर्सिने कि त्यसलाई एउटा पाठको रुपमा लिएर सुधार गर्दै अगाडी बढ्ने ?

 

पृथ्वीनारायण शाह मात्र हैन, किराँती राजा यलम्बरका शालिक र उनीसँग जोडिएका सम्पदाहरू, त्यसैगरी लिच्छिवी र मल्लकालका सम्पदाहरूको संरक्षण र सम्वद्र्धन गर्नु पर्छ । सबै सामु चिनाउनु पर्छ हाम्रा भोजपुरा र मैथिलीलाई । कुनै भाषाभाषी र जातजाति छुट्नु हुँदैन । ती सबैको उठान नेपाललको उठान हो । नेपालीको उठान हो ।

 

आरोपहरू लागिसकेपछि त्यसको खण्डन जरुरी हुन्छ । अठारौं शताब्दीको सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक बनोट र सोचलाई आजको दिनसँग तुलना गरेर जसरी पृथ्वीनारायण शाहलाई एक जातिवादी र निरङ्कुश राजाको पदवी भिराउने जबर्जस्त काम हुँदैछ । यी विषालु विचारबाट नेपाली समाजलाई, आजको नयाँ पुस्तालाई बचाउन जरुरी छ ।

 

जर्जर सामन्ती प्रथाबाट गुज्रिएको त्यो बेलाको अँध्यारो समाजको राजनैतिक नेतृत्व बत्तीस गुनले संम्पन्न हुन सक्ने कुरै भएन । त्यस्तो पात्र साहित्यकारले कल्पना गरेको ‘साइ फाई’ चलचित्रमा मात्रै हुन्छ । गुण र दोषका आधारमा मानिसलाई उसको आलोचना वा विवेचना गरियो भने त्यो वैज्ञानिक र समय सापेक्ष ठहरिन्छ । एकतर्फी रुपमा, तर्कहरू सत्यमा आधारित नगराईकन, तटस्थ रूपमा विवेचना नगरिकन सतही भरमा वा अर्काको उक्साहटमा मात्रै एउटा व्यक्ति जसले समग्र नेपाल नामको राष्ट्रको निर्माण ग¥यो, उसलाई आक्रमण गरिनु कति न्यायोचित छ ?

 

आजको दिनमा हामी को हौँ ? कहाँबाट आएका हौँ ? हाम्रो परिचय के हो ? विश्वमान चित्रमा नेपाल कसरी र कहिले स्थापित भयो ? यी माथिका प्रश्नहरू हरेक नेपालीसँग जोडिएको छ, उसको भेषभूषा, भाषा, संस्कृतिसँग जोडिएको छ । समग्रमा उसको पहिचानसँग जोडिएको छ । सारमा नेपालको नेपाली भनेर जोडिएको हुन्छ ।

 

समाज विकासका क्रममा साम्रज्यहरूका उदय र पतन अवस्वम्भावी हुन्छ र इतिहासले सधैँ जित्नेहरूलाई नायक मान्छ । उसैको गाथा सुनौलो अक्षरमा लेखिदिन्छ र आउने पुस्तौंपुस्तासम्म त्यहि परम्परा सर्दै जान्छ । सत्य यहि हो भनेर इस्थापित हुन्छ । तर हार्नेहरु भने खलनायकमा परिणत हुन्छन र समयले आफ्नो पैन्तालामुनि पुरिदिन्छ । केहि समयमा इतिहासबाट हराएर जान्छ ।
इतिहास र समाजशास्त्र अध्ययन गर्ने पण्डितहरूले समयको यो क्रुर तर तितो यथार्थलाई बारम्बार हामी सामु त्यसै गरी प्रस्तुत गरेका छन् । यहि यथार्थबाट नेपालका हार्ने र जित्ने सबै राजाहरू गुज्रिनु पर्ने हुन्छ । किनकि समयले कसैलाई सानो ठुलो नभनी एउटै नियम लगाउन सक्ने क्षमता राख्दछ ।

 

दुइसय पचास बर्षअघि गरिएको राष्ट्रिय एकीकरणको महान् अभियान गलत थियो भने अहिले सम्म कसरी सबै जात र धर्मका नेपालीहरु मिलेर बसे होलान् ? त्यो राष्ट्रिय भाईचाराको जग के थियो जसलाई धेरै साम्रज्यहरूले हल्लाउन खोजेर पनि नामेट पार्न सकेनन । यतिधेरै जात, धर्म, भाषा, रंग, भेषभूषाको अस्तित्व यतिका समय सम्म पनि जिवितै कसरी रहे होलान ? कुन सिद्धान्तमा आधारित थियो त्यति लामो समयसम्मको गहिरो र हार्दिकताको सम्बन्ध ?

 

नेपाली राजनीतिका कुटिल पण्डित र समाजको नियम र गतिको ठेक्का लिएका केहि समाजशास्त्रीहरुले यो प्रश्नको उत्तर आजको दिनमा धुमधाम तरिकाले खोज्नु पर्ने भएको छ । समाजविज्ञान र भौतिक विज्ञानको नियम एउटै हुदैँन भन्ने हेक्का नभएका पण्डितहरूले आजको दिनमा आफुले भित्र्याएको अर्काका नीति, नियम र सिद्धान्त मात्रै ठीक अरु सबै बेठीक भनेजसरी ठोकुवा गरी ढोलक पिटदैछन र देश त्यहि तमासाको बन्दी मात्रै भएको छ । जुन अत्यन्तै लज्जास्पद र निन्दनीय छ ।

 

नेपाल राष्ट्र र त्यसको अस्तित्व रहुन्जेल त्यहाँ त्यसैका आधारभूत गुणहरु हुन्छन् र हुनुपर्छ । जुन दिन सुनमा सुनका तत्त्व र अणुहरु हुँदैनन् त्यो दिन सुन सुन रहदैन, अरु नै तत्व भैसकेको हुन्छ । समाज पनि त्यस्तै हो । जब त्यहाँ त्यो समाजका आधाभुत गुणहरू नामेट गरिन्छ भने त्यहाँ अर्कै तत्वको सिर्जना हुन पुग्छ र त्यो समाजको आफ्नो पहिचानको पनि अन्त्य हुन्छ । यो तितो सत्य इतिहासमा नामेट भएका धेरै देश, भाषा र तिनका बिलाएर गएका अनमोल संस्कृतिलाई हेरे छर्लङ्ग हुन्छ ।

 

अबको बाटो भनेर एउटा बृहत बहसको जरुरी देखिन्छ आज । समाज विकासको प्रक्रियालाई इन्कार नगर्ने हो भने इतिहास र वर्तमानले यहि बताउँछ कि एक्काइसौँ शताब्दीमा राजतन्त्र लोकोन्मुख तन्त्रहरूमा पर्दछ । यो शताब्दीको शासन पद्धतिमा राजतन्त्र पहिलो रोजाई होइन । त्यहि मान्यतालाई स्थापित गर्दै नेपालीहरूले आफुलाई गणतन्त्रमा प्रवेश गराए र एउटा नयाँ शासन पद्धतिको रोमान्चक प्रक्रियामा छन् ।

 

म फलानाको नाति हो भनेर शासन गर्ने समय हैन अहिले । रंग र नश्लको आधारमा शासन गर्ने परम्परा चिहानघारीमा पुरिएको छ । त्यसैले पृथ्वी जयन्ती राष्ट्रीय एकताको रुपमा मनाउन मनाउन दौरा, सुरुवाल र टोपी नै लगाउनु पर्छ भन्ने छैन । पृथ्वीनारायण शाह कछाड लगाउनेहरूका पनि हुन्, धोति लगाउनेहरूका पनि हुन्, गम्छा भिर्नेहरूका पनि हुन्, पूर्व मेची देखि महाकाली वा संसारभरी छरिएर रहेका नेपालीका हुन् र इतिहासको यो कटु यथार्थ तपाईं जुनसुकै सिद्धान्तको भक्त भएपनि नकार्न सक्नुहुन्न । जुनसुकै देशको नागरिकले पनि आफ्नै देशको इतिहासलाई नकार्न सक्ने धृष्टता गर्दैन ।

 

समग्रमा नेपाली जनताहरू एउटा थालीमा राखिएको सलाद जस्तै हुन्, जसको आफ्नो–आफ्नो परिचय छ । जसरी सलादमा गाँजर, मुला, सलगम, काँक्रा वा विभिन्न थरीका चिज मिलेर समग्रमा सलाद बन्छ त्यसैगरी विभिन्न जातजातिहरू मिलेर नेपाल बनेको छ । त्यो थाली नेपाल हो ।

 

इतिहासको कुनै समयमा चर्किएको त्यो थालीलाई पृथ्वीनारायण शाहले एक बनाउने काम गरेका थिए । त्यसपछि हामीले चर्काउने मात्रै काम ग¥यौं भने दोष चै किन उनकै टाउकोमाथि राख्ने ? हो आज फेरी सानै रुपमा भएपनि चर्किएको लक्षण देखा परेको छ । समाजमा विभेद छ, आर्थिक असमानता, जातभात र उँचनिच छ । मानिसहरुका पेट खाली छन् ।

 

अब नेपालमा रहेका हरेक भाषाभाषीहरूले आ–आफ्नो भाषा, संस्कृति, सम्पदा उत्खनन गर्ने, संरक्षण र सम्बद्र्धन गर्ने एउटा सुनौलो बेला आएको छ । विविधतामा एकता खोज्ने बेला हो यो । हाम्रा सय भन्दा धेरै जाती र बोलिने भाषाहरू हाम्रा सम्पति हुन् । यिनीहरुको सुरक्षा हामी सबैको दायित्व हो । एकले अर्कोलाई सिध्याउने हैन, ढुंगालाई माटोको भर माटोलाई ढुंगाको भनेजस्तो यहि विविधतामा हामी एक हुनुपर्छ । हामी धेरै किसिमका छौं र त फुलबारी जस्तो छ । रंग भरिएको छ । हरेक रंगले आफ्नो पहिचान पाओस्, हरेक भाषाले आफ्नो आत्मा पाओस्, जातका भरमा, रंगका भरमा, लिंगका भरमा विभेद नहोस् ।

 

हामीहरू धरै किसिमका छौं र पनि एक छौं । सबै जातजाती, भाषाभाषी साना साना झरना हौँ भने देश सिंगो मूल हो र समान अधिकार सहित सिंगो राष्ट्र नेपाल, बिना विभेद सबै नेपालीले सगर्व एक ढिक्का भएर बस्न सकुन् र यो एकताको सन्देश पुर्‍याउन २९६ औं पृथ्वी जयन्तीले अलिकति भएपनि योगदान गरोस् ।



Your Comment

थप समाचार

अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

  • 8 minutes ago
अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 16 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 1 hour ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।