चिज बर्गर !

आमाको कोख भित्र त म मांशहारी थिएँ । आमाका कोषहरूमा संचित शक्तिकै कारण संभव भएको थियो मेरो संरचना । म जन्मिएको केही महिनामै हजुरबुबा बित्नुभएछ । हजुरबुबा बितेपछि एकजना बैष्णव महाराजजीले सम्पूर्ण परिवारमाथि बैष्णव मन्त्र छर्किदिनुभएछ । त्यसपछि सपरिवार शाकाहारी । हजुरबुवाले मेरो सम्झना थोरै भएपनि लिएर जानुभयो । मैले लिन पाइन । सम्झिन सक्ने भएको भएपनि जन्मिएपछिको एक दुई महिनामा खुबै के गरियो होला र ! हजुरबा पण्डित हुनुहुन्थ्यो ।

 

निकै सानो उमेरमा स्वर्गद्धारी पुगेर संस्कृत पढ्नुभएको । जिल्लामै चर्चित पण्डित । हजुरआमासँगको एउटा ब्ल्याक एण्ड ह्वाइट फोटो भित्तामा थियो । घरमा र गाउँमा हजुरबाका बारेमा सुनेका प्रसंगहरूलाई त्यही फोटो हेर्दे कल्पना गर्थें । हजुरबालाई हुक्का निकै मन पथ्र्यो रे । हजुरबा त पक्कै स्वर्ग जानुभयो होला । नातीको ठेगान छैन । झुक्किएर स्वर्ग पुगेँ भने, हजुरबासँग म पनि परिचय गरम्ला । भनम्ला म कान्छो नाती । सोधम्ला त्यता हजुरबालाई मनपर्ने हुक्काको ब्यवस्था छ कि छैन ? अनी बल्ल सुनाम्ला, मेरो चिज बर्गरको कथा ।

 

म २४ बर्षको उमेरसम्म अल्प शाकाहारी थिएँ । अल्प यस अर्थमा कि मैले नौ कक्षामा पढ्दा कुखुराको अण्डा चाखेँ । ब्वइल्ड एग । डम्बरबहादुर सरले कृषि पढाउनुहुन्थ्यो । दिउसो खाजा खाँदा उहाँलाई अण्डा र चनाको तरकारी बाहेक केही चाँहिदैनथ्यो । अण्डाप्रतिको मोह जगाउने काम शायद डम्बर सरले नै गर्नुभो । त्यसपछि गोकुल । ऊ हाम्रो ट्रली ट्रयाक्टरको ड्राइभर थियो । कुरो खुब मिल्थ्यो । पोखराको पुर्णिमा हलमा गाबिन्दा र करिश्मा कपुरको कुली नं १ पनि उसैले देखाएको थियो । घर पुग्दा बहाना बनाउन खुब सिपालु थियो । सिम्पानीमा अण्डा किन्थ्यो र प्लाष्टिकमा दुइटा अण्डा ट्रयाक्टरको अगाडिको पानी हाल्ने ठाउँमा राखिदिन्थ्यो । त्योपनि ठुलो चारपाटे कित्ली जस्तै थियो । लामो समय गुडेपछि पानी उम्लिरहन्थ्यो । ट्रयाक्टरको थुथुनो छुँन खोज्दा हातमा मजाले पोल्थ्यो । त्यसपछि अण्डा निकै मन पर्न थाल्यो ।

 

नौ कक्षामै पढ्दा एक दिन बिहान दिदीले खरबारीमा घाँस काट्न जाँदा कालिजका चारवटा अण्डा भेट्टाइछ । दिदीलाई मैले अण्डा खान्छु भन्ने थाहा थिएन । तर, घरको ब्लक फ्याक्ट्रिमा कामगर्ने दाइहरूले खालान्, भनेर ल्याइछ । दिदीले अण्डा उमाली । कामगर्ने मध्येका एक जना थिए, लल्कु दाई । सप्तरीका । उनले मेरै अगाडि उत्साहित भएर अण्डालाई छेउबाट फुटाले । भित्र मलाई मनपर्ने अण्डाको सेतो र पहेँलो भाग थिएनन्, बरु कालिजको निकै सानो बच्चो थियो । म रन्थनिएँ । दिदी पनि एकछिन् अध्यारी भइ । लल्कुदाइ पनि अण्डालाई प्लेटमै छोडेर कामतिर लागे । त्यसपछि मैले सिड्नी नआइन्जेलसम्म अण्डा खाइन ।

 

भोक यसरी लागेको थियो कि, बर्गर लगभग सकिने बेलामा बर्गरको गन्ध अलि फरक लाग्यो । अडिएँ । बाँकी टुक्रालाई ओल्टाइ पल्टाइ हेरेँ । चिज त रैछ तर पातलो स्लाइसमात्र । चिजसँगसँगै अर्को पत्र पकौडाको जस्तो रङको खै के थियो । अब भने मनमा चिसो पस्यो । काउन्टरमा सोधिहालेँ । सहजै भनिदियो ।‘इट्स अ बिफ !’

 

झुक्किएर केहीपटक मेरो मुखमा मासु परेको थियो । पकौडा जस्तो मिट बल र मःमको स्वरुपमा । मासु नै त कसरी खान सक्लान है मान्छेहरूले । मनमा लागिरहन्थ्यो । मासु भातसँग मुछेर यसरी मानीसहरूले स्वाद लिइ लिइ खाइरहेको दृश्य कसरी वास्तविक होला ? कसरी खानसकेका भातसँग मासु ? २००७ मा अष्ट्रेलिया आएँ । मेरो रुममेट सन्तोषलाई कुखुराको मासु निकै मन पथ्र्यो । तरकारी र मासुको मुल्य बराबर थियो । कुखुराको मासु त अझै सस्तो । मासु मन पर्नेहरूलाई यता दशैँ कुर्नु परेन । मलाई यो कुराले सकस हुन लाग्यो । एकदिन कामबाट थाकेर फोर्टिच्युड भ्यालीको कोठाभित्र छिरेँ । सन्तोषले कुखुरा नै बनाएको रहेछ । भोकले भाउन्निएको थिएँ । स्टेशनको नजिकैको म्याकडोनल्ड तिर लागेँ । शुरुशुरुमा बाहिर फास्टफुडमा धेरै पैसा खर्च गर्न अन्कनाइन्थ्यो । चिकेन बर्गर, ह्याम बर्गर, विफ बर्गरको कुनामा मेरो भोक मेट्ने ‘चिज बर्गर’ लेखेको देखेँ । मलाई चिज निकै मन पथ्र्यो ।

 

पाउरोटी र चीजको कल्पना गर्दा भोकको पारो झन् चढ्यो । पैसा पनि निकै सस्तो । मात्र २ डलर । त्यतीमा अरु कुनै बर्गर थिएन । बर्गर अर्डर गरेर कुर्चिमा बसेँ । बर्गर आयो । मैले बर्गर भित्र के छ भन्ने नहेरिकनै बर्गर टोक्न थालेँ । चिज अलि फरक स्वादको हुँदो रहेछ जस्तो लाग्यो । भोक यसरी लागेको थियो कि, बर्गर लगभग सकिने बेलामा बर्गरको गन्ध अलि फरक लाग्यो । अडिएँ । बाँकी टुक्रालाई ओल्टाइ पल्टाइ हेरेँ । चिज त रैछ तर पातलो स्लाइसमात्र । चिजसँगसँगै अर्को पत्र पकौडाको जस्तो कलरको खै के थियो । अब भने मनमा चिसो पस्यो । काउन्टरमा सोधि हालेँ । उसले सहजै जवाफ दियाे- ‘इट्स अ बिफ !’

 

काउन्टरको स्टाफका लागि यो कुनै क्लाइमेक्स सिन जस्तो लागेन । सहजै भनिदियो । मेरा लागि भने, डड्याङ डुडुङ ब्याकग्राउण्ड म्युजिक चाहिने खालको सिन भइदियो । जुरुक्क उठेँ । बाँकी टुक्रा बर्गर बिनमा फालेँ । भ्यालीको मलको बीचको बाटोमा, थिच्दा पिउन पिल्ने भुल्भुले पानीको धारो थियो । गएर पानी पिएँ । घाँटीमा त अलिकति सितल भयो । तर, अन्त जताजतै उकुस—मुकुस भयो ।

 

मेरो कथा सुन्दा, हजुरबाले सोध्नुहोला ।


‘यो बिफ भनेको के हो र कान्छा ?’


म भनम्ला, ‘गौमाता’ ।

 

nisprabhsaji@gmail.com

 



    Your Comment

    Related Post

    के तपाई सुनको बर्गर खाने ?

    • 2 months ago
    के तपाई सुनको बर्गर खाने ?

    यदि तपाईले ६२ डलर अर्थात करीब ७ हजारमा २४ क्यारेट सुनले सजाएको बर्गर खान चाहानुहुन्छ भने

    तेत्तीस लाखको चिज बिक्री

    • 3 months ago
    तेत्तीस लाखको चिज बिक्री

    म्याग्दी, फागुन १३ । घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले एक वर्षको अवधिमा रु ३३ लाखको चिज बिक्री गरेको छ ।

    विदेशबाट फर्केर चिज उद्योग

    • 10 months ago
    विदेशबाट फर्केर चिज उद्योग

    म्याग्दी । राम्चे गाविस– ४ मा चिज उत्पादन उद्योग सञ्चालनमा आएको छ ।


    भिडियो


    Loading...
    hamropatro


    नेपाल

    “ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”

    “ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”

    काठमाडौँ, जेठ ११ । अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्वयन भएको नेपाली जनताले हेर्न चाहेका छन् ।

    जीवनशैली

    विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

    विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

    एजेन्सी–धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् । यो गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् । समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् ।

    विचित्र विश्व

    पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

    पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

    एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।