मिस यू सिस, ब्याड्ली !

लामै समय भएको थियो, सम्पर्क नभएको । कहिले–कहिले ‘फेसबुक’मा भेटिए पनि दुई महिनाजति भएको थियो होला निर्धक्क खुल्न÷बोल्न नपाएको । पढाइ–काम, काम–पढाइ । दुई जना मात्रै भए पनि घरव्यवहारले थिचिरहने । सधैंको हतारो, भेटेको बेला बोल्न पनि समयले नै छेकिदिने ।

 

म यहाँ (विदेश) आएको दुई वर्षभन्दा बढी भयो । कुनै सम्बन्ध नै नभएजसरी छोडेर आएँ, त्यो पनि बिहे नै गरेर । त्यति धेरै आत्मीय सम्बन्ध यति छिट्टै छोडेर परदेशिएली भनेर कल्पनासम्म थिएन होला । ‘हतारमा निर्णय नगर’ उसले बारम्बार भनी । समयले जता डो¥यायो म त्यतै बगेँ । भेलमा बगेका मूढाझैं । कसैसँग गुनासो गरिनँ, आफैंसँग पनि ।


०००


दिदी हो ऊ । तर, व्यवहारमा त्योभन्दा धेरै माथि, आमाझैं । आमालाई ‘बुबाको स्वास्नी’पट्टिबाट कहिल्यै नसोचेझैं ऊ पनि कुनै दिन ‘भिनाजूको स्वास्नी’ होली भनेर मैले कहिल्यै सोचिन । सायद उसले पनि ‘ज्वाइँको स्वास्नी’ होली भनेर कहिल्यै सोचिन होला । म असमयमै ‘बहिनी’ कम, ‘ज्वाइँकी स्वास्नी’ बढी हुन पुगेँ । दुई वर्षको मात्रै अन्तर छ हामीमा । तर, उसले कहिल्यै मलाई दुई वर्षको मात्रै अन्तर हो भनेर महसुस हुन दिइन । एउटै स्कुल पढ्यौं । पहिलो दिन उसकै हात समाएर स्कुल लैजादाँ आफू खुबै ठूलो मान्छे भएझैं तोते बोलीमा ‘नानू धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ है’ भनेकी थिई । मैले त्यसबेला खै के भने याद छैन । तोते बोलीमै ‘हुन्च’ भनेँ होला । लम्बेतान गाडीको लाइन छिचोलेर स्कुल जानुपर्दा ऊ आफूलाई ठूली नै भएको जस्तो गरेर हात समाउँथी । म झड्कारेर फुत्किन्थेँ । बुर्कुसी मार्थें ।


०००


आज भेटियौं ‘स्काइप’मा । के भेटियौं भन्नु, एकअर्कामा रेटियौं भन्दा हुन्छ । निर्धक्क खुल्नुको आतुरता थियो । तर, सकिएन । राम्रोसँग एकअर्काको मुहार पनि हेर्न नसक्नेजस्ता भएछौं, पारपाचुके गरेका श्रीमान्–श्रीमतीजस्तै । ‘वेभक्याम’ तिर नहेरी केही शब्द मात्रै बोल्यौं । बाँकी सबै–सबै आँखा र त्यहाँबाट झर्ने तरलले बोल्यो । जति सम्हाल्न खोज्यो, त्यति नै कमजोर भइदिँदो रहेछ मन ! प्रविधिले नजिक ल्याइदिए पनि नजिक हुन सकेनौं । र, खुल्न पनि । सुँक्कसुँक्कका बीच बेस्सरी चिच्याउँदै औपचारिकता पनि नसाटी छुट्टियौं । धेरै कुरा गर्छु भन्ठानेकी थिएँ । तर, छेकिदियो आँसुले । सायद त्यस्तै भयो उसलाई पनि ।


०००


दुवैले स्कुल सक्यौं, दुई वर्षको फरकमा । समयले जवान बनाउँदै लग्यो । झनै नजिक भयौं भावनामा । दिदी–बहिनीको सम्बन्धलाई समयले साथीजस्तै अझ त्योभन्दा पनि माथि उचालिदियो । भयौं एकअर्काको सुख–दुःख बुझ्ने सहृदयी । लुकाउनुपर्ने जति पनि लुकाउन नसक्ने भयौं । झरीपछिको आकाशझैं खुल्थ्यौं । ‘तिमेरु, एकअर्कालाई यति धेरै माया नगर’ मम्मी भन्नुहुन्थ्यो, ‘छोरी मान्छेको जात एक दिन छुट्टिनै पर्छ । त्यो बेला गाह्रो होला ।’ हामी एक स्वरमा भन्थ्यौं, ‘यो सम्बन्ध, यो घर छोडेर काहीं जाँदैनौं ।’ तर त्यो बचनमा मै प्रतिबद्ध हुन सकिनँ । हुन त ऊ पनि कसैलाई माया गर्थी । ‘उसैसँग जीवन बिताउँछु’ पनि भन्थी । ‘मैले त्यो सम्बन्ध बचाउन सकिनँ’ भन्दै एक दिन ऊ निस्फिक्री रोई, मेरै काखमा । मैले मात्रै कापाल सुमसुम्याइदिँदै आँसु पुछिदिएँ । सम्झाउने शब्द थिएनन् मसँग । प्रेमोत्कर्षमा जीवन अरुलाई नै सुम्पने निर्णय गरेपछि जन्मघर छोडें । र, देश पनि । अहिले सात समुन्द्रवारिपारि भएका छौं ।


०००


उसलाई आज स्काइपमा भेट्दा कहिल्यै नभएजस्तो भयो । प्रसुति व्यथाले छटपटाइरहेकी महिला जस्तो । मुटु बोझिलो बन्यो । छाती ढुक्क फुल्यो । रिंगटा लाग्यो । यसअघि कहिल्यै यस्तो भएको थिएन । हतार–हतार काम सकाएर फर्किएकाले पनि होलाजस्तो लाग्यो । ‘दस मिनेटपछि टन्न कुरा गर्ने है पुन्टु’ ऊ ‘साइन आउट’ भई । मैले आफूलाई सामान्य बनाउन खोजें ।


तर सकिन । सौरभले कागती पानी ल्याइदियो । एक घुट्कोमै सकाएँ । तर, पनि तिख्र्रा नमरेजस्तो भइरह्यो । ‘बेड’मा पल्टिएँ । आँखैमा आएर टाँस्सियो उसको मुहार । सिनेमाका रिलझैं घुमे बाल्यावस्थादेखि नछुट्टिँदासम्म एक–एक क्षण । डाँको छाडेर नै रुन आयो, रोएँ । सौरभले सान्त्वना दिदै आँसु पुछिदिन खोज्यो । सम्झनाको आँसु बगोस् भनेर मैले पुछ्न दिइन।


०००


म टाढा भएयता उसले ‘फेसबुक वाल’मा मप्रतिको माया असरल्ल पोखिरही । म भने चाहेर पनि सक्दिनथें । काम–पढाइ र पढाइ–काम कामका कारण । ‘मेरी महारानी’ भन्दै ऊ बच्चाबेलाका फोटोहरु ‘ट्याग’ गरिरहन्थी । देख्नेबित्तिकै आँखा रसाउँथे । आँसु पनि आफ्नो माटोमा नखस्ने ठाउँमा ऊ मलाई अक्सर रुवाइरहन्थी । तर, पनि मैले कहिल्यै ‘त्यसो नगर, म आँसु रोक्नै सक्दिनँ’ भनिनँ । उसको असीम प्रेमप्रति आफ्नै आँसु फिक्काजस्तै लाग्यो ।

 

‘मिसिङ यू प्यारी सो मच, फिलिङ सो एलोन । गड ब्लेस यू माई चाइल्ड । लट्स अफ लभ एण्ड माइ ब्लेसिङ ।’ उसले असंख्य पटक यस्तै लेखी । दसैं, तिहार, तीज प्रत्येक पर्वमा ‘तिमीबिना खल्लो भयो, मैले त सपिङ पनि गरिनँ’ भन्थी । दसैंको फूलपातीको अघिल्लो दिन मेसेज बक्समा ‘नानू, तिमी के गर्दै छौ ? सपिङ जाने भनेको छिट्टै आऊ ।’ आँखैभित्र आँसु लुकाएर घण्टौं रोएको थिएँ त्यसदिन ।


०००


बाचाअनुसार नै दस मिनेटमै ऊ ‘लगइन’ भई । तर, कुरा गर्ने हिम्मतै भएन । मलिनो स्वर हुँदै फेरि सुरु भयो दुईतर्फी रुवाइ । लाग्थ्यो, को लामो समयसम्म रुने भन्नेमा प्रतिस्पर्धामा छौं हामी । फेरि आँसुले रोकिदिए शब्दहरु । शब्दविहीन रहँदारहँदै विगत सम्झें । पानीपोखरी सम्झें, जहाँ हामी हुर्कियौं । टिचिङ हस्पिटल सम्झें, जहाँ हामी छोइडुम खेल्थ्याैं । फूलबारीमा सजिएका फूल चोथ्र्यौं । एक दिन झण्डै पाले दाइको फेला नपरेको ! सम्झें सँगै काटेका गल्ली र सडकहरु । आइसक्रिम र पानीपुरी । उन्मत्त खुसी भएको क्षण, निमेषमै रिसाएको क्षण ।

 

एक सासमै बिर्सनु पर्ने कुरा पनि सबै सम्झें । र, सम्झिएँ अहिलेको भौतिक दूरी । अनि फेरि सम्झिएँ मबिनाकी उनी र यो पहिलो विदेश यात्रा ! चरी हुँदो हुँ त पखेटा फिजाउँदै छिनमै उनीसम्म पुग्थें होला । तर,... । झ्याप्प अँगालो हालेर रोइदिउँजस्तो लाग्यो । पानी परिरहेको सडकमा हुन्थें त रोइदिन्थें । आँसु त लुकाइदिन्थ्यो, बर्सिएको पानीले । मन हो किन मान्थ्यो र ! सुँक्क गरे, सँगै खस्यो दुई आँखाबाट एक–एक थोपा आँसु । हुन त आँसु पानीजस्तै हो । तर, यसमा पानी कम, भावना बढी हुँदोरहेछ । पछि सौरभ भन्दै थियो, ‘तिमीभन्दा बढी दिदी रुनुभयो ।’ आँसुले फेरि एक पटक ‘रिन्यू’ ग¥यौं पुराना सम्बन्ध । र, नाप्यौं त्यसभित्रका गहिराइ ।


०००

 

ऊ दिदीबाट ‘भिनाजूको स्वास्नी’ बन्ने दिन फेरि यसरी नै आँसुबीच सम्बन्धको गहिराइ नापिएला । त्यो दिन छिट्टै आउँदै छ । सायद मंसिरमै । त्यसउता सम्झनाले यति धेरै नचिमोट्ला । बिहान फेसबुक ‘लगइन’ गरेपछि देखें, ‘आइ मिस यू नानू, नाउ आइ कुड नट टक टू यू मोर । विकज ...।’ मध्यरातको म्यासेज रहेछ ।

 

‘यू मेकिङ मि स्याड बाई कमिङ सम ह्वाट नियर मि... आइ नो योर्स टियर्स स्पोक यू, मिस्ड मि अ लट ह्वेइन यू आर सपिङ, इन्जिोयिङ इन ब्यूटिफूल ...। थ्याङ्स फर टक... नेभर सेड यू डिडी... वान से...आइ मिस यू दिज्यू ।’ मैले रिप्लाइ गरें ।

 

उसको आँसु मध्यरातमा र मेरो एकाबिहानै शब्दमा बदलियो, ‘मिस यू सिस, ब्याड्ली !’

 

 



    Your Comment

    थप समाचार

    बर्डफ्लुले घाटा बेहोरेका कृषक गौतमलाई निम्बसले दियो तीन लाख ३८ हजार

    • 5 minutes ago
    बर्डफ्लुले घाटा बेहोरेका कृषक गौतमलाई निम्बसले दियो तीन लाख ३८ हजार

    काठमाडौं, साउन ११ । कृषि क्षेत्रको लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरु उत्पादन गर्दै आएको निम्बस कम्पनीले ‘शक्ति सहयोगी हात’ कार्यक्रम अन्तर्गत बर्डफ्लुबाट क्षति बेहोरेका कृषकलाई

    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    • 35 minutes ago
    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

    २६ जना सैनिक मारिए

    • 44 minutes ago
    २६ जना सैनिक मारिए

    कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ ।



    भिडियो

    hamropatro

    नेपाल

    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

    जीवनशैली

    बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

    बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

    हरेक आमा बुबाले आफ्नो बच्चाको राम्रो भविष्यको लागि उनीहरुमा असल बानीब्यहोरा को विकास हो भन्ने चाहन्छन् । बच्चाको नराम्रो बानी हटाउन आमाबाबुले आफ्नो बच्चालाई गाली पनि गर्छन् ।

    विचित्र विश्व

    यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

    यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

    बेइजिङ । रेष्टुरेन्टमा गएपछि आँफूलाई मन पर्ने खाना खाने चाहना सबैलाई हुन्छ । आँफूलाई मन पर्ने खानाको चक्करमा हामी यो कुरामा ध्यान दिँदैनौ कि जे हामी खान लागिरहेका छौं र त्यो हाम्रो स्वास्थको लागि ठिक छ कि छैन ।