यी हुन् विश्वका १० विचित्र मानिस, कसैले विमान खाए, कोही हालसम्म निदाएका छैनन्

विश्वमा यस्ता कैयौं विचित्रका मानिसहरु छन् जसको बारेमा सुन्दा हामीलाई अनौठो लाग्छ । यस्ता विचित्रका मानिसहरु मध्ये कोही तीन दशकभन्दा बढी सुतेका छैनन् त कसैले सिङ्गै विमान खाएका छन् ।


यी हुन् विश्वका सबैभन्दा १० विचित्रका मानिसहरुः


१. हाइनोक

थाइल्यान्डका ६४ वर्षिया नोकलाई हाइनोक नामले चिनिन्छ । उनले नसुतको तीन दशक भयो । उनी सन् १९७३ मा एक रात सुत्न नसकेपछि त्यसपछि लगातार ११ हजार ७ सय रात सुतेका छैनन् ।


२. सन्जु भगत

नागपुर भारतका सन्जु भगतको पेट धेरै ठूलो थियो । त्यसकारण उनलाई धेरै गाह्रो हुन थाल्यो । सन् १९९९ मा डाक्टरले उनको पेटको अपरेसन गरेका थिए । त्यति बेला थाहा भयो कि उनको पेटमा उनको जुम्ल्याहा भाइ रहेछ । यस्तो विचित्रको मेडिकल अवस्था धेरै दुर्लभ हुन्छ । जहाँ एक भ्रुण अर्को भ्रुण भित्र फसेको हुन्छ र त्यो आफ्नो होस्टको परजीविको रुपमा बाँचिरहन्छ र पछि होस्टलाई नै असर पुर्याउन सक्छ ।


३. सोइची योकोइ

सोइची योकोइ एक जापानी सैनिक थिए । उनी दोस्रो युद्धको बेलामा गुआम टापुमा खटाइएका थिए । सन् १९४४ मा अमेरिकी सेनाले त्यो टापु कब्जा गर्यो र उनी लुके । उनी विश्वयुद्द सकिएको २८ वर्षसम्म पनि त्यही टापुमा जंगलको भुमिगत गुफामा लुकिरहे । सन् १९७२ मा योकोइलाई त्यस टापुका दुई बासिन्दाले भेटे र पछि जापान फर्काइए ।


४. मेहरान करिमी नासेरी


मेहरान करिमी नासेरी एक इरानी शरणार्थी हुन सन् जो १९८८ देखी फ्रान्सको चाल्र्स डे गल्ले एअरपोर्टको टर्मिनलवानमा बसिरहेका छन् । उनी आफ्नो देशबाट निकालिएपछि उनले धेरै युरोपियन देशहरु सँग शरण मागे तर कसैले उनलाई शरण दिएनन् ।


५. मातायोशी मित्सुओ


मातायोशी मित्सुओ एक सनकी जापानी राजनितिज्ञ हुन् । आफैलाई भगवान् जिसस क्राइस्ट ठान्छन् । उनको कार्यक्रमअनुसार उनले आफ्नो अन्तिम निर्णय क्राइस्टले झै सुनाउने छन् जब उनी जापानी प्रधानमन्त्री बन्नेछन् । उनले धेरै निर्वाचनहरुमा भाग लिए पनि कहिल्यै जितेका छैनन् ।


६. लाल बिहारी


लाल बिहारी भारतको उत्तर प्रदेशका एक किसान हुन् जसलाई सन् १९७६ देखी १९९४ सम्म मृत घोषित गरिएको थियो । सन् उनको काकाले उनको जमिन हत्याउनको लागि सरकारी कर्मचारीलाई घुस खुवाएर उनको मृत्यु दर्ता गरेको उनले पछि मात्रै थाहा पाए । त्यसपछि उनले मैत्रिक संघ खोले जहाँ उनीजस्तो अफिसियल मृत घोषित भएका २००० जना सदस्य छन् र उनीहरु आफू जिवित रहेको प्रमाणित गर्न लडिरहेका छन् ।


७. डेभिड इके

पूर्व फुटबल खेलाडी तथा बिबिसी टेलिभिजनका कार्यक्रम प्रस्तोता डेभड इके सन् १९९० देखी एक अनुसन्धान गरिरहेका छन् जो मान्छन कि यो विश्व सरिसृप मानवहरुले नियन्त्रण गरेका छन् । उनकाअनुसार जर्ज डब्लु बुस, बेलायती महारानी एलिजाबेथ द्धित्तिय, क्रिस क्रिस्टोफरसन सरिसृप मानवहरुका वंशज हुन् । उनले आफ्नो तर्क प्रस्तुत गर्दै १५ वटा किताबहरु लेखेका छन् ।


८. डेभिड एलेन बडेन

डेभिड एलेन बडेन एक अमेरिकी नागरिक हुन जो आफैले घोषणा गरेको पोप माइकल प्रथम हुन् । पछिल्लो समयमा निर्वाचित ६ जना पोपहरु अयोग्य भएको भन्दै उनलाई आफु र आफ्नो बुबाआमा सहित ६ जनाले सन् १९९० मा पोप घोषणा गरेका हुन् ।


९.योसिरो नाकामात्सु

जापानका योसिरो नाकामात्सु उर्फ डा. नाकामात्स त्यस्ता आविष्कारक हुन जसले ३ हजार भन्दा बढी चिजहरु आविष्कार गरेका छन् । उनले लगातार ३४ वर्षसम्म आफुले खाएका सबै खानाहरुको फोटो खिचेर अनुसन्धान गरेका छन् ।


१०. मिचेल लोलिटो

मिचेल लोलिटा एक फ्रान्सेली व्यक्ति हुन् जसले सिङ्गै विमान खाएका छन् । उनी हामीले खान नसक्ने सबै चिजहरु खाइदिन्छन् । उनले विभिन्न धातुहरु, सिसा, रबर, टेलिभिजन, साइकल र सिङ्गै विमान खाएका छन् । उनलाई उक्त विमान खाइ सक्न सन् १९७८ देखी १९८० सम्म दुई वर्ष लागेको थियो ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 10 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 48 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 51 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।