क्रान्तिकारीसँगको झडपमा नेविसंघ नेतृको च्यापु फुस्कियो
- नेपालीपत्र
- सोमबार, २५ पुष, २०७३
- 1 year ago
- राजनीति

काठमाडौं, पुस २५ । भित्ते लेखनको विषयमा दुई विद्यार्थी संगठनबीच झडप हुँदा नेविसंघकी नेतृको च्यापु फस्किएको छ ।
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीले गरेको भित्ते लेखन नेपाली कांग्रेसकाे विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीले मेटेपछि तनाव उत्पन्न भएको थियो ।
त्यसपछि सो विवाद समाधान गर्न क्याम्पस प्रशासनसँग वार्ताको तयारी भएपनि वार्ताका लागि अर्को पक्ष उपस्थित नभएपछि क्रान्तिकारीका विद्यार्थीले प्रशासनका कर्मचारीहरुलाई क्याम्पसभित्रै थुनेका थिए ।
त्यसपछि नेविसंघका नेता कार्यकर्ताहरुले क्याम्पस प्रशासनका कर्मचारीहरुलाई छुटाउन भन्दै ताला फोड्न गएपछि दुई पक्षबीच झडप भएको हो ।
झडपका क्रममा क्रान्तिकारीका विद्यार्थीले ढुँगा प्रहार गरेका थिए । क्रान्तिकारीका विद्यार्थीले प्रहार गरेको सो ढुँगा लागेर नेविसंघकी नेतृ सीता मिजार घाइते भएकी हुन् ।
उनको च्यापुमा ढुँगाले लागेको थियो । ढुँगाले ठूलो घाउ बनाएपछि उनलाई उपचारका लागि बागबजारस्थित मोडल अस्पताल पुर्याइएको थियो ।
कमलपोखरी प्रहरी वृत्तका डिएसपी महेश थापाले दुई विद्यार्थी संगठनबीच भित्ते लेखनका विषयमा झडप भएको पुष्टि गरे ।
घटनाका बारेमा जानकारी दिंदै उनले भने–‘भित्ते लेखनका विषयमा झडप हुँदा नेपाल विद्यार्थी संघकी नेतृ सीता मिजार घाइते हुनुभएको छ । उहाँको उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भैसक्नुभएको छ ।’
डिएसपी थापाले बाहिर समाचारमा आएजस्तो छुरा प्रहार भने नभएको बताए । उनले भने–‘छुरा प्रहार भएको भन्ने खबर गलत हो । झडपका क्रममा ढुँगा प्रहारबाट मिजारको घाइते भएको हो ।’
थप समाचार
ओलीले वास्ता नगरेपछि गोपाल खड्का पुगे अमेरिका
- 1 minute ago

काठमाडौं । तेल भण्डारका लागि झापाको मेचीनगर, सर्लाहीको हरिपुर, चितवनको लोथर र रुपन्देहीको वसन्तपुरमा जग्गा खरिद गर्दा डेढ अर्ब रुपैयाँ अनियमितता गरेको मुद्दा खेप्दै आएक
एन्फाको निर्वाचन २२ गते नहुन पनि सक्ने
- 3 minutes ago
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन वैशाख २२ गते शनिबार हुने भएको छ । आइतबार बसेको एन्फाको निर्वाचन समितिको बैठकले उक्त मितिमा निर्वाचन गर्ने जनाएको हो । तर, निर्वाचन समितिले यदि उच्च अदा
सम्भोग गरिसकेपछि पीडा हुन्छ ? सावधान ! यसले ठूलो समस्याको रुप लिन सक्छ
- 12 minutes ago

एजेन्सी । सम्भोगपछि पीडा हुने समस्याबाट कैयौँ महिला गुज्रिरहेका हुन्छन् । अहिलेको अवस्थामा यो त्यति ठूलो चिन्ताको विषय नहुन सक्छ । तर, यसलाई नजरअन्दाज भने गर्नुहुँदैन ।
भिडियो
नेपाल
ओलीले वास्ता नगरेपछि गोपाल खड्का पुगे अमेरिका

काठमाडौं । तेल भण्डारका लागि झापाको मेचीनगर, सर्लाहीको हरिपुर, चितवनको लोथर र रुपन्देहीको वसन्तपुरमा जग्गा खरिद गर्दा डेढ अर्ब रुपैयाँ अनियमितता गरेको मुद्दा खेप्दै आएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अमेरिका पलायन भएका छन् ।
जीवनशैली
दुब्लो भएर चिन्तित हुनुहुन्छ ? खानुहोस्, यी खानेकुराहरु

एजेन्सी । खानामा आवश्यक मात्रामा भिटामिन तथा मिनरलयुक्त खाना समावेश नगर्नाले तथा अत्याधिक शारीरिक क्रियाकलापको कारण शरिरको तौल बढ्न पाउदैन ।
विचित्र विश्व
केही विचित्र तस्वीरहरु...

जमर्नीको बर्लिनमा आगामी सेप्टेम्बरमा आयोजना हुने आइ इएम फेस्टिबल अन्तर्गतको विश्वव्यापी फोटो प्रतियोगिताका लागि उत्कृष्ट १ सय तस्वीरहरु अन्तिम स्पर्धाका लागि छनोट भएका छन्।५ लाख ९०
Your Comment