अष्ट्रेलियाका लागि विद्यार्थी भिजा सम्बन्धि नियममा केही परिवर्तन , यस्ता छन् नयाँ व्यवस्था

सिड्नी । अष्ट्रेलियाले हालै विद्यार्थी भिसा सम्बन्धि नियममा केही परिवर्तन ल्याएको छ । फेब्रुवरी १ तारिखदेखी कार्यन्वयनमा आएका केही परिवर्तित नियमहरुले अध्यागमन र विद्यार्थी दुवैका लागि सहज भिजा आवेदनमा सहजता हुने विश्वास लिएको छ । यी हुने अध्यागमनले परिवर्तन गरेका नयाँ नियमः


१. सबै कागजात समयमै अनिवार्य बुझाउनुपर्ने


अध्यागमनले ल्याएको यो नियमले सबैलाई सहज वातावरण निर्माण गर्ने विश्वास लिइएको छ । यो नियम अनुसार विद्यार्थीले भिजा आवेदन दिने समयमा नै सबै आवश्यक कागजात अध्यागमनलाई बुझाउनुपर्छ । यदि कागजात अपुग भएको अवस्थामा भिजा रिजेक्ट गरिदिनसक्ने अधिकार केस अफिसरलाई दिइएको छ ।

 

अष्ट्रेलिया अध्ययन परामर्शसंस्था ग्लोबल कन्सल्टका निर्देशक दिपक क्षेत्री भन्छन्, ‘यो नियम अनुसार विद्यार्थीले सबै कागजात भिजा आवेदन दिएको समयमा बुझाउनुपर्छ । मानौं विद्यार्थी भर्ना भएको कलेज एसेस्मेण्ट लेभल ३ को छ भने विद्यार्थीले आर्थिक, आम्दानी, सम्पत्ति लगायतका सबै कागजात अनिवार्य रुपमा एकैसाथ अध्यागमनमा बुझाएको हुनपर्दछ । यसका साथै मेडिकल तथा अन्य कागजात पनि साथै बुझाउनु पर्दछ । यसअघि विद्यार्थीले नबुझाएको अवस्थामा केस अफिसरले एडिसनल डक्युमेण्ट भनी माग्ने गर्दथ्यो । तर अब त्यस्तो हुँदैन । पुरा आवश्यक कागजात नभेटेको अवस्थामा भिजा सिधै रिजेक्ट गरिदिनसक्छ । डक्युमेण्ट माग्नुपर्ने बाध्यता केस अफिसरलाई हटेको छ ।’


नयाँ नियमले विद्यार्थीको भिसा आवेदनको निर्णय चाँडै हुने र केस अफिसरले पनि छिटो काम गर्न पाउने विश्वास लिएको पनि माइग्रेसन एजेण्ट क्षेत्रीले बताए ।

 

२.विद्यार्थीको अष्ट्रेलियामा खर्च बढ्यो


यस्तै अष्ट्रेलिया सरकारले अष्ट्रेलिया आउन चाहाने वद्यार्थीको यहाँ बस्दाको खर्च पनि बढाएको छ । अर्थात अब भिजा आवेदन दिंदा सरकारले तोकेको अष्ट्रेलिया बस्दा लाग्ने नयाँ न्यूनतम खर्च विद्यार्थीले बेहोर्न सक्छु भनेर प्रमाण देखाउनुपर्ने हुन्छ ।


नयाँ व्यवस्था अनुसार अब अष्ट्रेलिया आउने विद्यार्थीले वार्षिक वसोवासको खर्च वापत २० हजार २ सय ९० डलर खर्च गर्नसक्ने प्रमाण देखाउनुपर्छ । यो भनेको करिब १६ लाख नेपाली रुपैयाँ हुन आउँछ । त्यस्तै डिपेण्डेण्ट या अभिभावकका लागि ७ हजार १ सय अष्ट्रेलियन डलर खर्च प्रमाण स्वरुप देखाउनुपर्ने हुन्छ ।


यी नियमहरु फेब्रुवरी १ अघि आवेदन दिएका विद्यार्थीहरुमा भने लागु हुँदैन ।



    Your Comment

    थप समाचार

    पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

    • 30 minutes ago
    पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

    एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

    जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

    • 33 minutes ago
    जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

    काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह

    बार्सिलोना स्टार लियोनल मेस्सीको ‘प्रेम कथा’

    • 40 minutes ago
    बार्सिलोना स्टार लियोनल मेस्सीको ‘प्रेम कथा’

    एजेन्सी । सबैले पछिल्लो पटक लियोन मेस्सीको लब स्टोरी जान्न चाहेका समेत छन् । व्यवसायिक फुटबल खेल्ने कतिपय खेलाडीहरुको विवाह तथा डिभोर्सको चर्चा मिडियामा भइ नै रहे । तर, लव अफेयरका मामिलामा गम्भिर रहेक


    Loading...
    The British College

    भिडियो

    hamropatro

    नेपाल

    मैदान बाहिर निकालियाे मालिन्दाे एयरकाे जहाज, अन्तर्राष्ट्रिय उडान सुचारू

    मैदान बाहिर निकालियाे मालिन्दाे एयरकाे जहाज, अन्तर्राष्ट्रिय उडान सुचारू

    काठमाडौँ । मलेशियाको लागि उडान भर्ने क्रममा विमान धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानिएको छ ।

    जीवनशैली

    कुन राशिका मानिसहरु अत्यन्त धनी ?

    कुन राशिका मानिसहरु अत्यन्त धनी ?

    एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

     

    संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

    विचित्र विश्व

    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

    विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।