अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओइरो, नेपाल टप लिष्टमा

Photo-ACU

सिड्नी । अष्ट्रेलियाले यो वर्ष हालसम्मकै सबैभन्दा धेरै संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी  भित्र्याएकोछ । 

 

अष्ट्रेलिया सरकारले अर्थतन्त्र सुधार्ने उदेश्यका साथ अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा सहजीकरण गर्दै हालसम्माकै सबैभन्दा बढी वद्यार्थी भित्र्याउन सफल भएको हो ।

 

हालै अष्ट्रेलियन सरकरले जारी गरेको तथ्यांकका अनुसार यो वर्ष सबैभन्दा बढी ७ लाख ८ हजार विद्यार्थीले अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थामा भर्ना भएका छन् । यो संख्या अघिल्लो वर्षको यहि अवधिको भन्दा १३ प्रतिशतले बढी हो । विभिन्न शैक्षिक संस्थामा भर्ना भएका कुल संख्यामध्ये विश्वविद्यालयमा करिब ३ लाख ३८ हजार विद्यार्थी भर्ना भएका छन्, जुन अघिल्लो वर्षको यहि अवधीभन्दा १५ प्रतिशतले बढी हो ।

 

नेपालबाट कति ?

 

अष्ट्रेलिया पढ्न आउने अधिकांश विद्यार्थी एसियन मुलका रहेका छन् । तथ्यांक अनुसार छिमेकी मुलुक चीनबाट सबैभन्दा बढी विद्यार्थी अष्ट्रेलिया अध्ययनका लागि आउने गरेका छन् । त्यस्तै चीनलाई पछ्याउँदै भारत दोस्रो स्थानमा रहेको छ भने भारतको पछिपछि नेपाल रहेको छ । चीन र भारतबाट आउने अधिकांश विद्यार्थी गुणस्तरीय उच्च शिक्षाका लागि आउँछन् । नेपालबाट भने अधिकांश विद्यार्थी त्यहाँको राजनीतिक परिस्थितीबाट आजित भएर संभावनाको खोजी गर्दै अष्ट्रेलिया आउने गरेका छन् । त्यसपछि भियतनाम, मलेसिया, भियतनाम, पाकिस्तान, इण्डोनेसिया, हङकङ लगायतका देशबाट अधिकांश विद्यार्थी अष्ट्रेलिया भित्रने गरेका छन् ।

 

विद्यार्थी अष्ट्रेलियन अर्थतन्त्रको खम्बा


अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भरपर्दो आर्थिक स्रोतको माध्ययम बनाएको छ । अघिल्लो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब २८ अर्ब डलर बराबरको योगदान पुर्याएको तथ्यांक छ भने यो वर्ष त्यो बढेर ३० अर्ब डलर भन्दा बढी पुगेको अनुमान छ । आम्दानी अष्ट्रेलियाको प्रमुख आम्दानीका स्रोत कोइला र फलाम खानीबाट हुनेपछिको तेस्रो हो ।


यो वर्ष अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी बढ्नुलाई बेलायतको युरो जोनबाट बर्हिगमन र अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रवासीप्रति लिएको नीतिलाई मुख्य कारण मानिएको छ ।
तर अष्ट्रेलियाका प्रोफेसरहरुभने अष्ट्रेलियाको गुणस्तरीय शिक्षा नै विद्यार्थीहरु यहाँ आउनुको प्रमुख कारण मान्छन् । अमेरिका र बेलायतमा भन्दा अष्ट्रेलियामा पढाई सस्तो भएकाले अष्ट्रेलिया एसियन विद्यार्थीहरुको प्रमुख गन्तव्य भएमो उनीहरुको तर्क छ ।



    Your Comment

    थप समाचार

    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    • 4 hours ago
    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    • 4 hours ago
    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    • 7 hours ago
    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

    जीवनशैली

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।