गायक तिगेलाको प्रस्तुतिमा झुम्यो आसफोर्ड

  • मंगलबार, २८ कार्तिक, २०७४
  • 2 months ago
  • युके

लन्डन । गतसाता केन्टको आसफोर्डमा आयोजित एक सांस्कृतिक कार्यक्रममा गायक सुजन तिगेला लिम्बुले सागितिक वातावरणलाई झुमझुम र उत्तेजित बनाएर वाहवाही बटुलेका छन ।

 

कार्यक्रममा गायक तिगेलाले के सारो ब्यूटी लुंङामा ज्यू, माया पनि गरिरहु लाग्यो छापाँ पनि परिरहु लाग्यो, फेसबुकमा रिक्वेष्ट पठाएको, पश्चिमे कौरा लगायतका गीतहरु प्रस्तुत गरे । पहिलो चरणमा सुमधुर गीतहरु पस्किए भने दोस्रो चरणमा नचाउने गीतहरु प्रस्तुत गरेका थिए ।

 

पछिल्लो समय धेरै चर्चामा आउन सफल तिगेला हाईपीचका गीत गाउने नेपालका गायकहरु मध्ये अब्बल मानिन्छन् । उनका ५ वटा गीति एल्बम बजारमा छन । हङकङ, युके लगायतका ठाँउहरुको सांगितिक यात्रामा उनी अहिले ब्यस्त बनेका छन् ।

 

सो अवसरमा गायक तिगेलालाई किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रीय समिति, आसफोर्ड शाखा, फोक्स्टोन शाखा, क्यान्टवरी शाखा, केन्ट वेष्ट शाखा लगायतले सम्मानपत्र प्रदान गरेkaa थिए ।

 

केहि साताअघि युके आएका लिम्बु भाषाकी लोकप्रिय गायिका मनु नेम्बाङ र नवगायिका तारा थेवे संगसगै तिगेला कार्यक्रमहरुमा सहभागि बन्दै आएका छन् । माङगेना चुम्लङको निमन्त्रणामा युके आईपुगेका गायक तिगेलाले युकेमा झण्डै एक दर्जन सांगितिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिएर दर्शकहरुबाट माया पाईरहेका छन् ।

 

उनका अर्को एकल सांगितिक साँझ यहि २३ नोभेम्बरका दिन आसफोर्ड टाउनको गोर्खा भिल्ला रेष्टुरेष्टमा हुने भएको छ ।

 

- राजु सुब्बाबाट



    Your Comment

    थप समाचार

    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    • 4 hours ago
    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    • 4 hours ago
    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    • 7 hours ago
    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

    जीवनशैली

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।