सुकी विवादमा परिन्, राष्ट्रसंघीय महासभामा नजाने

 

यांगुन, २८ भदौ । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छिन् । उनले उक्त सभामा आफ्नो उपस्थिति रद्द गरेकाे म्यानमार सरकारले जनाएको छ । 

म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिकका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएको छ । जसका कारण उहाँले उक्त भ्रमण नै रद्द गरेकाे बताइएको छ । 

म्यानमारको रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा व्यापक विवाद सुरु भएको छ । 

यस विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पनि छलफल हुने भएको छ । उक्त विवादले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पनि विवादमा तानेको छ । 

म्यानमार सरकारका प्रवक्ता जा एचतेले भने– विदेशमन्त्री एवम् म्यानमारका राज्य सल्लाहकार सुकीले संयुक्त राष्ट्रसंघीय महासभामा आफ्नो उपस्थिति जनाउने छैन, उनले सो भ्रमण रद्द गरेका छन् । 

उनी आगामी हप्ता संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जाने कार्यक्रम रहेको थियो । सो सभामा उनी उपस्थित नहुने कुरा सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएकाे हो । 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् । विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन् । 

गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको छ । सो विवादका कारण रोहिङगाले देश छोडेका छन् । जसका कारण म्यानमारमा ठूलो राजनीतिक तनाव पनि सुरु भएको छ । 

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि तीन लाख पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ । 

उता म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ । 

म्यानमारका विदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादति गरेको भनी दुष्प्रचार मात्र गरिएको बताउदै आएका छन् । 

यसै विषयमा छलफलका लागि राष्ट्रसंघीय सुरक्षा परिषदले पनि बुधबार आकस्मिक बैठक बोलाएको छ । रोहिङ्गा समुदायका नागरिकमाथि भएको यस कार्यका बारेमा सो बैठकमा छलफल हुने बताइएको छ । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले पनि सोमबार गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । उक्त आयोगका प्रमुख जियाद राद अल हुसेनले म्यानमारको उक्त समुदायमाथिको ज्यादती नियोजित भएको बताएका थिए । 

उक्त आयोगले रोहिङ्गामाथिको ज्यादतीको बारेमा अध्ययनका लागि राष्ट्रसंघले प्रतिनिधि पठाउने तयारी गरिरहेको जानकारी दिनुभएको छ । उहाँले म्यानमारको सरकारले नै नागरिकको सुरक्षा गर्न नसकेको देखिएको पनि बताए छ । 



Your Comment

थप समाचार

उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

  • 14 minutes ago
उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

सोल, ६ असोज । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । 

यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

  • 26 minutes ago
 यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको व्यक्तिगत जीन्दगीसँग जोडिएको एउटा समाचारले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

  • 27 minutes ago
चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

एजेन्सी । म्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरेपछि वायन रुनीका फ्यानहरु आश्चर्य चकित परेका थिए । तर, म्यानुमा खेल्ने समय नपाएपछि र प्रशिक्षक जोसे मोओरिनोको रोजाइको पहिलो खेलाडी बन्न नसकेपछि वायन रुनी


Loading...

भिडियो

hamropatro

नेपाल

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

जीवनशैली

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

एजेन्सी । नवरात्रिका नौ दिनसम्म पूजा गरिने हिन्दु परम्परा रहँदै आएको छ । साथै नवरात्रिमा व्रत बस्ने पनि प्रचलन रहँदै आएको छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनकनै हुन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ