साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

  • बिहीबार, १ भदौ, २०७४
  • 9 months ago
  • नेपाल

काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

 

अहिले सीमा अतिक्रमण, कहिले नेपाली भुगोलमै आएर भारतीय प्रहरीको ज्यादति त कहिले भारतले बाँधेको बाँधका कारण डुबानमा पर्ने समस्या । समस्यै समस्यामा गुज्रिएका सुस्ताबासी पटक पटक भारतीय ज्यादतीको प्रतिकार गर्दै आएका छन् । अहिले फेरि सुस्ताबासीले अर्को साहस प्रकट गरेका छन्, आफ्नो भूगोल डुबेपछि सीमामा बाँधिएको बाँध भत्काउने ।

 

अहिले डुबानको समस्या मात्रै होइन, उनीले प्रायः भारतीय ज्यादती सहँदै आउनु परेको छ । सुस्तामा दुखेको नेपाली स्वाभिमानको सन्दर्भ थुप्रै छन् ।

 

भारतीय अतिक्रमणको मारमा सुस्ता

 

नारायणी नदीले घेरीएको नवलपरासीको सुस्ता ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा अवस्थित छ । सुस्तामा भारतीयको आँखा लागेको धेरै भइसक्यो । २०६२ सालदेखि नै भारतीयपक्षबाट सूस्ता अतिक्रमण हुँदै आएको थियो । हालसम्म भारतीयले नवलपरासीको सुस्ता क्षेत्रको करिब १४ हजार हेक्टर जमिन अतिक्रमण भईसकेको छ । बाँकी जमिनमा समेत उनीहरुको गिद्धे आँखा लागिरहेको छ । भारतीयहरु पूरै सुस्तालाई अतिक्रमण गर्न चाहन्छन् । र, सुस्तामा कब्जा जमाउने प्रयासमा छन् ।

 

भारतीय अतिक्रमणसँगै नारायणी नदीले वर्षेनी तटबाँध कटान गर्दा सुस्तामा बाढी पसेर लाखौंको क्षति हुने गरेको छ । बाढी नियत्रण गर्न तटबाँधलाई व्यवस्थित गराउन सुस्तावासीले पटकपटक माग गरेका छन् । तर, स्थिति अझै उस्तै छ ।

 

भारतीयको अतिक्रमणबाट आतंकीत सुस्तावासीको मर्मप्रति सरकार गैरजिम्मेवार बनेकोप्रति पनि उनीहरुले आक्रोश पोखिरहेका छन् । सुस्ताबासीहरुले सरकारसँग सिमानाको सिमांकन गराउन, अतिक्रममित जग्गा फिर्ता दिलाउन, जग्गाको पुनः नापीजोखा गरी लालपुर्जा दिलाउन, छुटेका व्यक्तिहरुलाई नागरिकता दिलाउन, बाटोका लागि झोलुङगे पुल, विद्युत, उच्च स्तरको विद्यालयको व्यवस्था, सेवा उपलब्धि स्वास्थ्य केन्द्र समेतको व्यवस्था मिलाउन माग गरिरहेका छन् । सन् २०६२ सालदेखि माग गरेका बुदाँहरु कार्यान्वयमा ल्याउनका लागि उनीहरुले विभिन्न चरणमा आन्दोलन गरिसकेका छन् ।

 

जोगाऔं सुस्ता

 

नेपालभूमीमा भारतीयहरुको आँखा गडेको छ । र त उनीहरु बारम्बार नेपाल भूमी अतिक्रमणको प्रायास गरिरहन्छन् । कहिले हतियारसहित एसएसवीका जवानहरुले नवलपरासीका सुस्तावासीलाई दिनदहाडै वस्तीमा पसेर यातना दिन्छन् त कहिले आँखै अगाडी आफ्नो भूमी अतिक्रमण गर्छन् । र पनि एसएसबीको ज्यादति रोक्न स्थानीय प्रशासनले खास कदम चाल्दैन ।

 

सुस्तावासी आफ्नो भूमी र आफ्नो सुरक्षाका लागि स्थानीय प्रशासन र सरकारसँग हारगुहार गर्छन् । तर, प्रशासनले उनीहरुको कुरा सुन्दैन । सरकारले उनीहरुको माग पूरा गर्न कुनै पहल गर्दैन । यसरी वर्षौदेखि सुस्ता दुखिरहेको छ । सुस्तावासी भारतीयले आफ्नो भूमि अतिक्रमण गर्न खोज्दा आफैं लड्छन् । आफ्नो माटो जोगाउँन भारतीयसँग आफैं भीड्छन् । उनीहरुले पछिल्लो पटक भारतीयले आफ्नो भूमीमाथि गरेको अतिक्रमणको विरोध गरेका छन् । प्रतिकार गरेका छन् । जसमा उनीहरु सफल भए ।

 

बारम्बार सुस्तमा भारतीयको हमला भइरहँदा पनि नवलपरासी प्रशासन भारतीयसँग कडा ढंगमा प्रस्तुत हुन सक्दैन । सुस्ताका नेपालीहरु धेरै कुरामा भारतको भर पर्नु पर्दछ । नेपालतर्फ आउन समेत उनीहरुलाई नारायणी नदी सबैभन्दा ठूलो वाधक बन्दछ ।

 

भारतीयहरुले सुुस्तावासीलाई विभिन्न आरोपहरु लागउँने गर्दछन् । कतै भारततिर कोही हरायो भने अपहरणको आरोप पनि सुस्तावासीले नै खेप्नु पर्छ । नेपाली प्रशासनको दरिलो उपस्थिती र नेपालबाट सुस्ता जाने सहज पहुच नभएको कारण सुस्तामा बस्ने नेपालीहरुले यस्तो पीडा बर्षैदेखि भोग्दै आएका छन् ।

 

प्रशासनले जेजस्तो वाताए पनि सुस्ताको पीडा वर्षौदेखि उस्तै छ । सुस्ता जोगाउँन सुस्तावासी मात्रै होइन, स्थानीय प्रशासन र सरकारले ठोस कदम चाल्न आवश्यक छ । दिनरात विदेशी सेनाको त्रासमा बाँचेर कुनै पनि नेपालीले स्वाभिमानको छाती फुलाउँन गाह्रो हुन्छ । त्यसैले, नेपालीत्व र स्वाभिमानका खातिर भारतसँगको सीमा विवादलाई कुटनीतिक तवरले समाधान गर्नु पर्दछ । ता, कि कुनै नेपालीले आफ्नो भूमिमा विदेशीले रजाईं गरेको देख्न नपरोस् । सूस्तावासीले आफ्नो भूमि अतिक्रणका विरुद्ध गरेको प्रतिकारलाई सबैले आ–आफ्नो ठाउँबाट साथ दिऔं । आफ्नो माटो जोगाऔं, स्वभिमानलाई अझ उँचो बनाऔं ।

 



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।