नयाँ वर्षको उपलक्ष्यमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक अफर

काठमाडाैं, चैत २९ । नेपाल टेलिकमले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत को योजनाहरु ल्याएको छ ।

 

कम्पनीले नववर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक अफर गरि तीन थरि याेजना ल्याएको हो ।

 

यस्ता छन् अफरः

 

१. रिचार्ज बोनस
रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस (Mpos) तथा रिचार्ज कार्ड मार्फत रु.१०० र २०० को कार्ड प्रयोग गर्दा १० प्रतिशत एवं रु.५०० र रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र यसको भ्यालिडिटि तीन दिनको हुनेछ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस २०७३ चैत्र ३० देखि २०७४ बैशाख १३ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ ।

 

 

२. डाटा प्याकेज
डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइको टेलिकमले जनाएकाे छ । अल टाइम डाटा प्याकेज अन्तर्गत रु.१००, २०० र ३०० मा ३० दिनको भ्यालिडिटि सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः ४०० एमबी, ८५० एमबी र १५०० एमबी डाटा भोल्यूम उपलब्ध गराइने टेलिकमले बताएकाे छ ।

 

नाइट डाटा प्याकेज अन्तर्गत रु.२०० र ३०० (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइने टेलिकमले जनाएकाे छ । यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एम बी ४.५ पैसा देखि २५ पैसा मात्र पर्नेछ ।

 

अल टाइम डाटा प्याकेज सेवा लिनका लागि DATA टाइप गरी आफुलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तैः ४०० एमबी डाटा लिनका लागि DATA400MB टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ भने नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न NIGHT टाइप गरी आफुलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तैः ६.५ जिबी डाटा लिनका लागि NIGTH6GB टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ ।

 

 

३. नाइट भ्वाइस प्याक
त्यसैगरी, नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई २०७३ चैत ३० गतेदेखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी रु.२५  मा सात दिनको भ्यालिडिटि सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने टेलिकमले जनाएकाे छ ।

 

नाइट भ्वाइस प्याक सेवा लिनका लागि NIGHTVOICE टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ ।

 



Your Comment

थप समाचार

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

  • 9 hours ago
काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • 9 hours ago
राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

क्यानवेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

  • 9 hours ago
ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

लण्डन । संसारभर रहेका गोर्खा गोर्खालीहरुलाई संगठित गर्दै गठन भएको ग्लोबल गोर्खा समाज नेटवर्कले गृहजिल्ला गोर्खा पुगेर आफ्नो पहिलो अधिवेसन गर्ने भएको छ ।


Loading...

भिडियो

hamropatro


नेपाल

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

जीवनशैली

अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

 अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

काठमाडौ, असार १३ । अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’

विचित्र विश्व

यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

एजेनसी–विश्वमा केही यस्ता राष्ट्रहरु रहेका जुन खानाका लागि चर्चीत रहेका छन् । तर, कतिपय देशमा यस्ता खानाहरु खाने गर्छन् तपाईलाई आश्चर्य लाग्न सक्छ । तपाई विश्वास पनि गर्न सक्नुहुन्न कि यस्तो खाना पनि खान सक्छन् ।