घाँटीको समस्याले सताइरहेकाे छ ? अपनाउनुहाेस यी घरेलु औषधी

धेरै मानिसहरुलाई चिसो मौसममा घाँटी सुक्ने, घाँटी खसखसाउने, जिब्रोको तल्लो हिस्सामा सरसराँउने जस्ता समस्याहरु देखिन्छन् । यदी तपाईलाई पनि चिसो मौसममा घाँटीको समस्याले दुःख दिइरहेको छ भने अपनाउनुहोस यस्ता घरेलु तरिकाहरु


१. मह


एक चम्चा मह पिइसकेपछि थोरै पानी पिउनुहोस । यसले घाँटीलाई तुरुन्त राहत मिल्छ । कफको समस्या बाट पनि आराम मिल्छ । तपाईले चाहानुभएमा कागतीको रस र मह मिसाएर पनि पिउनसक्नु हुन्छ ।


२. तुलसीको चिया पिउनुहोस


घाँटीमा धेरै खसखस भएमा तुलसीको चियाले धेरै राहत दिन सक्छ । यसले घाँटीको सबै समस्याहरु टाढा भाग्छन् र यसको कुनै पनि साइड इफेक्ट हुँदैन् ।


३. क्यान्डी


घाँटीमा खसखस भएमा क्यान्डीको सेवन गर्नुहोस । बजारमा घाँटी दुखेको ठिक गर्ने कैयौं प्रकारका क्यान्डी आँउछन् । यसले धेरै राहत दिन्छ र घाँटी सुन्निएको पनि ठिक हुन्छ । तर, एक दिनमा जम्मा ५ वटा क्यान्डी सेवन गर्नु ठिक हुन्छ ।


४. सुप पिउनुहोस
तातो तातो सुप पिउनाले घाँटीलाई चिसो पुग्छ । घाँटीमा खसखस हुँदा तपाईको शरिर डिहाइड्रेट हुन्छ र तपाईलाई तरल पदार्थको आवश्यकता हुन्छ । सुप पिउनुहोस यसले घाँटीको समस्या कम हुन्छ तपाईलाई राहत मिल्छ ।


५. पत्ताको रस


पालकको पत्ताको रस निकालेर त्यसले कुल्ला गर्नाले घाँटी दुखेको कम हुन्छ । आँपको पातलाई पोलेर त्यसको धुँवा सुँघ्नाले पनि आराम मिल्छ । तेज पत्तालाई पानीमा उमालेर त्यसलाई कुल्ला गर्नुहोस घाँटीको समस्या कम हुन्छ ।


६. लौकाको रस
लौकाको रस निकालेर त्यसमा थोरै मह र चिनी मिसाएर पिउनाले पनि घाँटीको पिडाबाट राहत मिल्छ ।

 



Your Comment

थप समाचार

विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

  • 2 hours ago
विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

काठमाडौँ, १३ साउन । बिहीबार राजधानीको विद्यालयबाटै हराएका एक बालकको अझै पत्तो लाग्न सकेको छैन । 

बार्सिलोनामा रेल दुर्घटना

  • 2 hours ago
बार्सिलोनामा रेल दुर्घटना

बार्सेलोना (स्पेन), १३ साउन । स्पेनको बार्सेलोनामा शुक्रबार बिहान रेल दुर्घटनामा परी ५६ जना यात्रु घाइते भएको जनाइएको छ । 



भिडियो

hamropatro

नेपाल

टाटा सुमो दुर्घटनामा चौध घाइते

टाटा सुमो दुर्घटनामा चौध घाइते

पाँचथर, साउन १३ । सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् ।

जीवनशैली

यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

एजेन्सी । बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ ।