को बन्दैछ ०१७ को वर्षव्यक्तिः डोनाल्ड ट्रम्पदेखि किम जोङ उनसम्म

एजेन्सी । सन् २०१७ साल सकिनै लाग्दा अमेरिकाको विश्वचर्चित पत्रिका टाइम म्यागेजिनले हरेक वर्ष झैँ यसपटक पनि १० जना वर्ष व्यक्तिका फाइनलिस्टको नाम सार्वजनिक गरेको छ । म्यागेजिनको सर्टलिस्टमा २०१७ को वर्ष व्यक्तिका लागि उत्तर कोरियाका राष्ट्रपति देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ समेतको नाम छ ।

 

टाइम म्यागेजिनको सर्टलिस्टमा परेका १० व्यक्तिः

 

१. डोनाल्ड ट्रम्प

 

सन् २०१६ को वर्ष व्यक्ति बनिसकेका ट्रम्पको नाम यस वर्ष पनि चर्चामै रह्यो । विभिन्न क्षेत्रमा विवादास्पद निर्णय गर्दै उनी २०१७ सालभरी विवादमुक्त बन्न सकेनन् । उत्तर कोरियासँगको वाकयुद्ध देखि कतारमाथि साउदी अरब नेतृत्वका देशहरुले लगाएको नाकाबन्दीको समर्थनसम्मका विषयले उनलाई विवादमा पारिरह्यो ।

 

 

२. सी जिनपिङ

 

चिनियाँ राष्ट्रपति सी जिनपिङले यस वर्ष विवादरहित दोस्रो कार्यकाल सुरु गरे । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनबाट उनको नाम र सिद्धान्त पार्टी विधानमा थपिएपछि उनी माओजत्तिकै शक्तिशाली नेताको रुपमा चिनिएका छन् । यससँगै उनले अमेरिकालाई नै विश्वशक्तिबाट विस्थापित पार्ने प्रयास गरिरहेको भन्दै उनको चर्चा विश्वभरी छ ।

 

 

३. किम जोङ उन

 

एक साताअघि मात्रै अमेरिकासम्म प्रहार गर्नसक्ने क्षेप्यास्त्र परिक्षण गर्दै चर्चा र विवादमा परेका उत्तर कोरियाली नेता किम जोङ उन सन् २०१७ भरी विवादबाट मुक्त हुन सकेनन् । अमेरिकासँग वाकयुद्ध गर्दैआएका किम पछिल्लो वर्ष आणविक हतियार प्राप्तिको दिशामा महत्वपूर्ण सफलता हात पारेका बताउँदैआएका छन् । वर्षभरी नै उनले आफ्नै क्षेप्यास्त्र परीक्षण गरिरहे । गत सेप्टेम्बरमा त उनले हाइड्रोजन बम विस्फोट गराएपछि आणविक युद्धको त्रास विश्वभरी फैलियो ।

 

 

४. युवराज मोहम्मद बिन सलमान

 

साउदी अरबका युवराज मोहम्मद बिन सलमान पनि चर्चामै छन् । ३२ वर्षे युवराजले देशका शक्तिशाली व्यक्तिहरुलाई नै भ्रष्टाचार आरोपमा गिरफ्तार गराएपछि एकाएक चर्चामा आएका हुन् ।

 

 

५. जेफ बेजोस

 

अमेजनका प्रमुख कार्यकारी जेफ बेजोस सन् २०१७ मा संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको सम्पत्तिले केही समय १०० अर्ब डलरको सीमा पनि नाघेको बताइएको थियो ।

 

 

६.प्याटी जेन्किन्स

 

वन्डर वुमन फिल्म निर्देशक जेन्किन्स भने यस वर्ष एक सफल फिल्मकर्मीको रुपमा सबैभन्दा बढी चर्चामा रहिन् । उनको फिल्म रिलिज भएको पहिलो सातामै १० करोड डलरभन्दा बढी रकम कमाउन सफल भएपछि पनि उनको चर्चा झन चुलियो ।

 

 

७. रोबर्ड म्युलर

 

रोबर्ड एक शक्तिशाली अमेरिकी वकिल हुन् । एफबिआइका निर्देशक जेम्स कोमेलाई ट्रम्पले बर्खास्त गरेपछि ट्रम्पको चुनावी अभियान र रुसको सम्बन्धबारे छानबिन गर्न विशेष वकिलका रुपमा नियुक्त भएका थिए उनी । यही क्रममा पनि उनको कामको चर्चा विश्वभर फैलियो । उक्त अभियोगबारे उनले अहिलेसम्म चार जनाविरुद्ध आरोप दायर गरिसकेका छन् ।

 

 

८. कोलिन केपरनिक

 

कोलिन एक प्रभावशाली अमेरिकन फुटबलर हुन् । गत वर्ष अश्वेतहरुमाथि प्रहरी बर्बरताको विरोध गर्दै उनले राष्ट्रियगानको समयमा घुँडा टेकेर प्रदर्शन गरेपछि उनको पक्षमा थुप्रै फुटवलका फ्यान समाहित भए । यस वर्ष उनी कुनै टोलीमा नभए पनि विरोध गर्ने उनको सृजनात्मक शैलीको विश्वभर प्रशंसा भएको छ ।

 

 

९. ह्यासट्याग मी टु आन्दोलन

 

 

हलिउडका शक्तिशाली निर्माता हार्भी वाइन्स्टिनको यौन दुव्र्ययवहारको खुलासा भएपछि यसविरुद्धको अभियानमा विश्वभरका महिलाहरु सहभागी भए । हलिउडमै दर्जनभन्दा बढी व्यक्तिविरुद्ध आवाज उठे । यही आन्दोलनलाई पनि टाइम म्यागेजिनले विश्वभर प्रभावशाली समुहको रुपमा मनोनयन गरेको हो ।

 

 

१०. ड्रिमर्स

 

यो पनि एक सामाजिक अभियान नै हो । जुन ट्रम्प प्रशासनले बाराक ओबामाको कार्यकालको ‘डिफर्ड एक्सन फर चिल्ड्रेन अराइभल प्रोग्राम’ अन्त्य गर्नसक्ने भएपछि उठेको थियो । ट्रम्प प्रशासनले जनविरोधी अभियान गरेपछिको ‘मुभमेन्ट’ लाई पनि टाइमले एक प्रभावशाली समूहको रुपमा राखेको हो ।

 

सन् १९२७ देखि हरेक वर्ष विश्वभर प्रभावशाली व्यक्ति, समूवा वा विचार छान्दै आएको टाइम म्यागेजिनले यही बुधबार सन् २०१७ को वर्षव्यक्ति छान्दैछ ।

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।