श्रीमती रिसाएर टेन्सनमा हुनुहुन्छ ? यी हुन् श्रीमती फकाउने टिप्सहरु

भनाइ नै छ बिनाश काले विपरित बुद्धि...रिसाएको बेलामा केही यस्तै अवस्था हुन्छ । मानिस रिसाएको बेला के सही के गलत सोच्दैन । उ खाली आफ्नो रिस देखाउनमात्र तत्पर रहन्छ । यस अवस्थामा भएका घटनाले पछिसम्म नराम्रो परिणाम दिने गर्छ ।

 

अझ यसको असर वैवाहिक जीवनमा धेरै नै हुन्छ । श्रीमान र श्रीमतीबीच वैचारिक मतभेद हुनु सामान्य कुरा हो । केही कुरामा मतभेदका कारण झगडा हुनु पनि सामान्य नै मानिन्छ । तर, उक्त रिसलाई नियन्त्रण गर्न सकिएन भने ठुलो दुर्घटना समेत निम्तिने गर्छ ।

 


अधिंकाश पुरुषहरुको एउटै समस्या भएको देखिन्छ कि उनीहरुको श्रीमतीलाई रिस धेरै उठ्छ । यस्तो अवस्थामा उनीहरुलाई मनाउन निकै गाह्रो पर्छ । कतिपय अवस्थामा त महिलाहरु निकै सेन्सेटिभ समेत भइदिन्छन् जसका कारण पुरुषहरुलाई समस्यासँग झेल्न निकै गाह्रो पर्छ ।

 


एउटा कुरा सदैव ध्यानमा राख्नुपर्छ, रिसाएको मानिससँग जहिले पनि शान्त व्यवहार गर्नुपर्छ । तर, रिसको स्वभाव भएका मानिसहरु यस्ता कुरालाई वास्था गर्न चाहादैनन् । दुवै जनाले रिसाहा स्वभाव देखाएमा अवस्था झन् खतरनाक बन्नेगर्छ ।

 


१. शान्तिसँग गरिएका हरेक काम सफल हुन्छन् । यदी तपाईकी श्रीमती रिसाएकी छिन् वा रिसाउने बानी छ भने सबैभन्दा पहिला आफु शान्त रहनुहोस् । तपाई पनि रिसाउनु भयो भने समस्या झन् जटिल बन्छ । यसकारण शान्त र संयम रहनुहोस् ।

 


२. कुनै पनि समस्याको हल निकाल्न छ भने त्यसबारे जान्न खोज्नुहोस् । जब समस्या नै पत्ता लगाइदैन भने समाधान कसरी खोज्नुहुन्छ । श्रीमतीको रिस शान्त गराउन पनि समस्या बुझ्न प्रयास गर्नुहोस् ।


३. जब श्रीमती रिसाएको समस्याबारे थाहा पाउनुहुन्छ, समाधानतिर लाग्नुहोस् । जतिसक्दो समाधानतिर लाग्नुुहुन्छ श्रीमतीको रिस शान्त हुने वातावरण बन्छ भने घरमा एउटा रमाइलो वातावरण बन्दै जान्छ ।


४. महिलाहरु प्राय पुरुषहरुले समय नदिएका कारण रिसाउने गर्छन् । पहिला उनीहरुको कुरा सुन्नुहोस् । सकिने अवस्था छ भने उनीहरुलाई बुझाउने प्रयास गर्नुहोस् । प्राय महिलाहरु साना साना कुरामा पनि धेरै रिसाउने गर्छन् । ती गल्तीहरुबाट उम्कने काम गर्नुहोस् ।


५. यदी तपाईको बच्चाहरु छन् भने उनीहरुसँग पनि उपाय लिनसक्नु हुन्छ । प्राय बच्चाहरुसँग महिला नजिक हुने गर्छन् । उनीहरुलाई पनि महिलाहरुको समस्याबारे थाहा हुन्छ । यसले पनि ठुलो मदत दिने काम गर्छ ।

 


Loading...

Your Comment


भिडियो


Related Post

यी अभिनेत्रीका कारण सलमान खानकी प्रेमिका टेन्सनमा !

  • 2 months ago
यी अभिनेत्रीका कारण सलमान खानकी प्रेमिका टेन्सनमा !

बलिउडका दंबग अभिनेता सलमान खान र कथित ग्रर्लफ्रेण्ड युलियाबीच एक अभिनेत्रीको प्रवेश भएको छ । यसका कारण युलिया टेन्सनमा रहेकी छिन् । उनी अरु कोही नभइ सलमान खानकी पुर्व प्रेमिका कटरीना कैफ हुन् ।

सावधानः तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा हुनुहुन्छ !

  • 6 months ago
सावधानः तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा हुनुहुन्छ !

काठमाडौँ । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपाईँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन

मोर्चा फकाउने प्रधानमन्त्रीका तीन उपाय

  • 1 month ago
मोर्चा फकाउने प्रधानमन्त्रीका तीन उपाय

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित नभई निर्वाचनमा जान नसकिने अडानमा छ । संशोधन प्रस्तावलाई टुँगो नलगाई निर्वाचनको मिति घोषणा गरे सोही दिन आन्द

hamropatro

नेपाल

व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे समुदाय

व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे समुदाय

डडेल्धुरा, १६ चैत । परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

 

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् ।

जीवनशैली

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

विचित्र विश्व

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।